इटहरी उपमहानगरपालिकाका नागरिकले ९ वर्षअघिको बाढीले पुर्याएको क्षति बिर्सिएका छैनन् । हरेक बर्खाको बेला बुढी खोला नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बासीन्दा त्राहीमाम हुने गर्छन् । त्यसमा पनि इटहरी वडा नं. ३ को सुन्दरवस्ती, वडा नं. ४ को गैरीगाउँ र वडा नं. १० मा थुप्रै परिवार सुकुम्बासी बसोबास गर्छन् ।
बाढीले गर्दा इटहरीका बासीन्दा पटकपटक पीडित हुँदै आएका छन् । जसमा सवैभन्दा बढी पीडित हुने सुकुम्बासी नै पर्छन् । यसरी पीडित भएका बासीन्दा स्थानीय, प्रदेश र संघीय सरकारको आशामा बसेका छन् । यद्यपी, अलिहेसम्म दीर्घकालिन योजना कसैले पनि ल्याउन सकेको छैन् । यसपटक बनेको बालेन शाह नेतृत्वको सरकारसँग भने बढी नै आसावादी छन् । अर्कातिर इटहरी क्षेत्रबाट मात्रै अहिलेको सत्तारुढ दलमा चार जना सांसद छन् ।
इटहरी वडा नं. ४ का तिलक साहले भने, ‘आशा चाँहि छ, तर देखिने गरि त अहिलेसम्म केही गरेको याद छैन, हाम्रो ठूलो माग नै छैन, सुकुम्बासी भएकाले गर्दा बसेकै स्थानमा बस्ने व्यवस्था मिलाई दिए हुने थियो ।’ उनले मान्छेहरुबिच चर्चा हुँदा अहिलेको बालेन नेतृत्व सरकारले राम्रै गर्दैछ भनेर सुनेपनि के गर्दैछ आफूलाई भने खासै जानकारी नभएको बताए ।
‘आफू त सुकुम्बासी अनि सिटी चलाएर परिवार पाल्ने मान्छे, सिटी सफारीमा चाँहि धेरै कडाई नगरे हुने थियो,’ उनले भने, ‘बालेन सरकार आएपछि त झन कडाई गर्न थालिएको छ । कर पनि वर्षैपिच्छे बढेको बढ्यै छ ।’ उनले गरिब र दुःखीका लागि करमा सहुलियत हुुनुपर्ने बताए । ‘वर्षमा १४÷१५ हजार लाग्छ, हामी जस्ता गरिवलाई निकै गाह्रो हुन्छ,’ उनले भने, ‘अहिलेको सरकारले यसलाई घटाउनैपर्छ । चारैतिरबाट गरीवलाई मात्र मार्न भएन् ।’
उनले आफूले स्थानमा बस्न पाउनुपर्ने, इटहरीको बाढी नियन्त्रणका लागि पहल गर्नुपर्ने अनि गरीवका निम्ति कर सहुलियत हुनुपर्ने अहिलेको सरकारसँग माग गरे । इटहरी सामान्य पानी पर्दा डुबानमा पर्छ ।
२०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो । २०७८ सालमा आएको बाढीले चार जनाको मृत्यु भएको थियो । अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो ।
इटहरीको वडा नंं. ५ को जनता वस्तीमा पनि सुकुम्बासीको संख्या ठूलो छ । अन्य वडामा पनि थुप्रै ऐलानी जग्गामा अव्यवस्थित रुपमा सुकुम्बासी बसोबास गर्दै आएका छन् । सुकुम्बासीलाई काठमाडौंमा जस्तो डोजर आंतक नफैलाईकन सहज ढंगले व्यवस्थित गर्नुपर्ने अर्का सुकुम्बासी ज्ञानबहादुर विष्टले बताए ।
उत्ता, धरानका सुुकुम्बासीले पनि अहिले सरकारसँग शंका गरेर बेलाबखत प्रदर्र्शन गर्दै आएका छन् । धरान उपमहानगरपालिकाको अनुसार यहाँका २० वटै वडामा झण्डै १८ हजार हाराहारी घर परिवार सुकुम्बासी रहेका छन् । धरान उपमहानगरपालिकामा तीन खाले सुुकुम्बासी रहेका छन् । जसमा भूमिहिन तथा दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासी रहेका छन् ।
धरान उपमहानगरपालिका क्षेत्रमा सवैभन्दा बढी वडा नं. ५ मा सुकुम्बासी रहेका छन् । त्यसपछि बढी क्रमशः १७, ११, १५, १६ र ४ मा रहेका छन् । धरानको वडा नं. १, १२ र १८ मा भने सीमित परिवार मात्र सुकुम्बासी रहेका छन् ।
त्यसो त सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउँदा पीडित भएका परिवारलाई अहिले सम्म सरकारले क्षतीपूर्तिृ रकम निकासा गरीसकेको छैन् । वाढी पीडितलाई ‘प्याकेजमा’ १ अर्व ६० करोड रुपैया क्षतीपुर्ति दिने सरकारले निर्णय गरेको थियो । प्याकेज राहत रकममध्ये अझै थुप्रै रकम पाउन सकेका छैनन् पीडितहरुले ।
२०६५ भदौ–२ गते सप्तकोसी नदीले पुर्वी तटबन्ध भत्काएर तत्कालिन हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाबिस डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए । सप्तकोशी बाढीपीडित सुकुम्बासीका लागि पनि हरिपुरमा २९ विघा जग्गा खरीद गरेर केही परिवारका लागि बसोबासको व्यवस्था मिलाएको थियो । नेपाल सरकारले १ हजार ४ सय २२ परिवार सुकुम्बासीका लागि प्रतिपरिवार २५ हजार रुपैयासम्मको दुई कट्ठा जग्गा खरीद गरी राख्ने निर्णय भएपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् । त्यसैले बेला–बेलामा सप्तकोसी बाढीपीडित सुकुम्बासीले आन्दोलन चर्काउने गरेका छन् । त्यस क्षेत्रका सुकुम्बासीले पनि आफूहरुलाई व्यवस्थित गर्न माग गरेका छन् ।
२०६५ सालमा सप्तकोसीले तटबन्ध भत्काँउदै धार परिवर्तन गरेकोेमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो ।
क्षतीपुर्ति र मुआब्जाको माग राखेर २०२२ सालयता बराहक्षेत्र क्षेत्रका नागरिकले बेला बखत आन्दोलन चर्काउँदै आएका छन् । उनीहरुले पनि अहिलेको सरकारले कोशी पीडितका निम्ति ठोस योजना ल्याउनुपर्ने बताए ।
२०२२ सालयता सप्तकोसीले तत्कालिन तीन गाविसका ३ हजार नौ सय परिवार पीडित भएको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार आठ हजार ६ सय विघा खेतीयोग्य उर्वर भूमि कोसीले कटान गरेको छ । यो तथ्याङ्क पूर्व प्रशासक रामप्रसाद खतिवडाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले पनि तयार गरेको थियो ।
मधेसी टाइगर्सबाट विस्थापित पनि सरकारसँग आशावादी
२०६४ सालमा भूमिगत सशस्त्र गतिविधी गर्ने समूह मधेसी मुक्ति टाइगर्सको ज्याजतीबाट विस्थापित भएको समूहले पनि अहिलेको सरकारसँग आशावादी छ । सुनसरीको हरिपुरबाट विस्थापित भइ वराहक्षेत्र वडा नं. ३ मा ऐलानी जग्गामा बसोबास गर्दै आएको समूहले अहिलेको सरकारले पुर्नस्थापना वा केही बैकल्पिक व्यवस्था गरेर व्यवस्थान गर्नेमा आशावादी रहेको हो ।
विस्थापित भएकाहरूलाई केही वर्षअघि सिचाईं आयोजनाले हटाए पनि अहिले उनीहरू त्यही बस्दै आएका छन् । उनीहरु कि पुरानै ठाउँमा फर्किने वा नयाँ स्थायी बसोबासको व्यवस्था गरि दिन अहिलेको बालेन नेतृत्वको सरकारसमक्ष माग गरेका छन् । ‘आशै आशमा जीवन जाने भयो,’ विस्थापित कुलबहादुर माझीले भने, ‘हाम्रा पक्षमा सरकारले केही गर्छ कि भनेर आशा गरेर बसेका छौं, तर अहिलेसम्म कसैले चाँसो दिएनन् ।’
२०६४ कात्तिकमा हरिहरपुरका ५८ परिवार एकै दिन घर छाडेर हिँडेका थिए । त्यतिबेला एकैपटक विस्थापित भएका अहिले बराहक्षेत्र वडा नं. ३ मा १२ परिवार बस्दै आए पनि अरु भने बराहक्षेत्रकै चतरा, कोही मोरङको उर्लाबारी, लक्ष्मीमार्ग र झापाको विभिन्न स्थानमा छन् ।
मधेसी मुक्ति टाइगर्सका कार्यकर्ताले स्थानीयलाई पीडा दिनुका सार्थै २०६४ साल साउन १४ गते राति त टेकबहादुर कुवँरलाईं गोली हानेर हत्या नै गरेका थिए । मधेसी टाइगर्सको निसानामा बलराम गिरी पनि परेका थिए । टेकबहादुरलाई हत्या गरेको १३ दिनपछि परिवारकै सदस्यले बलरामलाई भगाएर अन्यत्रै राखेपछि बाँच्न सफल भएका थिए ।
निर्धक्कसँग गुनासो गर्ने वातावरण
केही समयअघि सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाको वेभसाइडमा बजेट अपलोड नभएको गुनासो प्रधानमन्त्री कार्यालयमा पुग्यो । तत्काल भोक्राहा नरसिंह कार्यालयलाई फोन आयो । नभन्दै प्राविधिक कारण बजेट नदेखिने भएको रहेछ, तत्काल सच्चाइएको लेखा प्रमुख दिपेन्द्र चौधरीले बताए ।
यस्तै, हावाहुरीले रामधुनी नगरपालिकाको नेपालको झण्डा च्यातेको भोलिपल्ट बिहानै प्रधानमन्त्री कार्यालयमा स्थानीयले गुनासो गरे । त्यसलगतै जिल्ला प्रशासन कार्यालय सुनसरीमार्पmत प्रमुख प्रशासकीय अधिकृत तेजप्रकाश यादवलाई फोन आयो । तत्काल उनले झण्डा नयाँ बनाएर त्यसको भिडियो प्रधानमन्त्री कार्यालयमा पठाए ।
पछिल्लो समय सरकारी कार्यालयमा हुने काममा पनि केही हदसम्म सुधार हुन थालेको छ । कतिपय कामहरु अनलाइनबाट पनि हुन थालेका छन् । खासगरेर विकृति र विसंगती नागरिकहरुले नियमनकारी निकायसँग सहज ढंगले राख्न थालेका छन् । यसलाई नागरिकमा आएको चेतनास्तर पनि मान्न सकिने कोशी गाउँपालिका वडा नं. ६ का अजित झाले बताए । पत्रकार समेत रहेका उनले नियमनकारी निकायमा गुनासो गरेपछि ती कामहरुमा सिरियस लिन थालिएको छ ।
केही न केही परिवर्तन हुने आशा रहेको इटहरी घर भएका नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व सभापति कृष्णविनोद लम्साललले बताए । उनले भने, ‘यसभन्दा अघिका नेताले धेरै बोले, बोलेका कुरा पुरा नभएपछि पत्याउन गाह्रो भो, अहिलेको प्रधानमन्त्रीले नबोलेरै केही हुन्छ कि भन्ने आशा छ ।’ उनले अहिलेको सरकारले सिस्टम बनाएर ठीक ढंगले अघि बढ्ने आशा छ । आच्छा राई ‘रसिक’ प्रतिष्ठान इटहरीका जगदीस सापकोटा भने अहिलेका सरकार मन्त्री अलमलमा परेको बताए । ‘अहिलेको सरकारले पक्कै केही गर्छ भन्ने चाँहि सवैलाई लागेकै छ, तर मन्त्री मण्डलका सदस्यहरुले परिपक्क ढंगले अघि बढेर काम गर्नुपर्ने देखिन्छ ।’