पछिल्लो समय टिकटक र रेडडिटमा भाइरल ‘नेपो किड्स’नामक गतिविधिले ठुलो हलचल ल्याएको छ। यो गतिविधिमार्फत राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैली (लक्जरी कार, महँगा ब्रान्डका पहिरन र विदेशको हिँड्डुल)माथि प्रश्न उठाइएको छ। भ्रष्टाचारमार्फत आर्जित सम्पत्तिले जनता र नेताका परिवारबिच आर्थिक असमानता पैदा भएको भन्दै प्रश्न उठाउने क्रम चलिरहेको छ।
‘जेनेरेसन जेड’ अर्थात् ‘जेन–जी’(सन् १९९७ देखि २०१२ सम्म जन्मिएको) पुस्ताले यो अभियान थालेको दाबी गरिएको छ। सामाजिक सञ्जालमा चलिरहेको अभियान अब त्यहाँबाट निस्किएर आज सडकमा ओरालेको छ।
सडकमा भ्रष्टाचारविरुद्ध सँगै सामाजिक सञ्जाल बन्दको आक्रोश र व्यक्तिको वैक्तिक स्वतन्त्रताको हनन लगायतका विषय लिएर जेन-जीले यो आन्दोलनको थालनी गरेका हुन्। यो आन्दोलनले चर्चा पाएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले समेत साथ दिएका छन्। तर दलले देखाएको प्रतिबद्धतामाथि भने उनीहरूले खण्डन गरेका छन्।
जेन-जी आन्दोलनको अभियानमा दत्तचित भएर लागेकी अभियान्ता तनुजा पाण्डे भन्छिन्, 'हाम्रो सडक आन्दोलन नितान्त जेन-जी पुस्ताको आक्रोश र राज्यप्रतिको असन्तुष्टि हो त्यसैले राज्यसत्तामा भएका नेताहरूले हाम्रो आन्दोलनको लागीि कुनै सहमति देखाउनु पर्दैन।'
उनले राज्यको सम्पत्तिको दोहन गरेर बेथितिको राजनीति गरी जेन-जी पुस्ताको भविष्यमाथि खेलवाड गर्नेहरूले फेरि आफूहरूलाई साथ दिन्छु भन्नु अमर्यादित भएको बताएन्। उनले भनिन्, 'हामीले समानताको हक खाजेका हौँ, सहानुभूति हैन, कुनै पनि दलका व्यक्तिहरू आएर हाम्रो शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्न हुँदैन।'
एकातिर संघर्षपूर्ण जीवनसँग लडिरहेका नेपाली र अर्कातिर नेताका सन्तानको जीवनशैली हेर्दा ठुलो खाँडल देखिँदै गएपछि ‘नेपो बेबी’ अभियानले जनआक्रोश बढाएको छ। विभिन्न देशमा यसको अभ्यास भइसकेको भए पनि नेपालमा भने यो पहिलोपटक हुँदैछ। जसले भ्रष्टाचारविरुद्ध मात्रै नभएर अहिलेको पुस्तालाई राजनीतिबारे जानकारी नै हुँदैन भन्नेहरूका लागि पनि चुनौती हुने देखिएको छ। यही जेन नी पुस्ताको आन्दोलनको अर्का समर्थक तथा अभियान्ता आदित्य कर्णले आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्न लागेको बताएका छन्।
पहिलोपटक रेडडिटमा सुरु गरिएको यो अभियानले यति छिटै ठुलो स्वरूप पाउने नपाउने निश्चित नहुँदा नहुँदै पनि यसले पाएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थनले उत्साह थपेको बताएका छन्। उनी भन्छन्, 'यो शान्तिपूर्ण आन्दोलन केवल जेन-जी को हो, यदि आन्दोलनमा कोही आएर अनावश्यक रूपमा अराजकता फैलाउने, उकास्ने जस्ता गतिविधि गर्छ भने त्यस्ता व्यक्ति वा समूहलाई प्रहरीले पक्राउ गर्न सक्छ वा नियन्त्रणमा लिन सक्छ, अन्यथा हामीमाथि कसैले हस्तक्षेप गर्ने अधिकार प्राप्त गरेको छैन।'
पहिलोपटक जेन-जी पुस्ताले राज्यसत्ताको विरोध गर्ने हिम्मत गरेसँगै अग्रजहरूले पनि साथ र समर्थन जनाएका छन्। विगतमा असमानताको कारणहरू राज्यसत्ताको दोहन भएको भाष्य भए पनि अहिलेको जेन-जी पुस्ताले यसलाई फरक रूपमा लिएको त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा उपप्राध्यापक प्रा डा दिपेश अधिकारीको भनाइ छ। 'जेनी-जी पुस्ताले असमानताको धारण नै परिवर्तन गरिदिएको बताएका छन्,' उनी थप्छन्, 'राज्य दोहन भएर सृजित भएको असमानतामा अन्याय भएको र नागरिकहरू आज पनि तुइनबाट खोला पार गर्नु परिरहेको अवस्थामा नेताका छोराछारीहरूले लेवियस जीवन बिताउँदा जेन-जीले गरेको यो आन्दोलन महत्वपूर्ण रहेको छ।' उनले जेन-जीले थालेको यो आन्दोलनले भविष्यमा पनि ठुलो अर्थ राख्ने बताए।