उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन्
२३ जेष्ठ २०८३
•
४ मिनेट पाठ
उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन्
पहिले उनी तत्कालीन विद्रोही माओवादीले गठन गरेको जनमुक्ति सेनाका कम्पनी कमान्डर थिए। देशमा आमूल परिवर्तनको नारासहित उनी २६ वर्षको उमेरमै माओवादी ‘जनयुद्ध’मा होमिएका थिए। उनी हुन्– कालिकोटका वीरेन्द्रबहादुर भण्डारा । आमूल परिवर्तनका लागि माओवादीमा लागेर विभिन्न मोर्चामा युद्ध लडेका उनी आशाअनुसार उपलब्धि हासिल नभएपछि ‘त्यो युद्ध र परिवर्तनको नारा माछा–माछा भ्यागुतो बन्न पुगेको’ बताउँछन्।




जनताको मुक्तिका लागि बन्दुक बोकेर जंगलजंगल हिँडेका, युद्धमोर्चामा भिडेका भण्डारा अहिले जीवनको अर्को मोर्चामा छन्, जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको संघर्ष छ। अहिले उनी जिविकोपार्जनका लागि माछा बिक्री गर्छन्। प्रतिदिन न्यूनतम २५ केजी माछा बिक्री गर्ने उनी यसबाट वार्षिक ६ लाख बढी रुपैयाँ आम्दानी हुने बताउँछन्। एक समय परिवर्तनको सपना बोकेर बन्दुक समातेका उनका हातमा अहिले तिला नदीका माछा हुन्छन्।

उनी भन्छन्, ‘जीवनको दिशा फेरिएको छ तर संघर्ष भने उस्तै छ। त्यतिबेला बम, गोला र बारुद बोकेर हिँडिन्थ्यो, अहिले बिक्रीका लागि माछा बोकेर हिँड्नुपरेको छ।’

उनको मोटरसाइकल पछाडि ड्रम हुन्छ। त्यही ड्रमभित्र माछा राखेर उनी दैनिक बजारका होटल तथा घरघरमा माछा बेच्न पुग्छन्। विगतमा माओवादी जिन्दावाद भन्दै परिवर्तनका लागि जनताका गीत गाउँदै हिँड्ने गरेका उनी अहिले ‘ए हजुर, तिला नदीका असला जातका सफा माछा राख्नुस्’ भन्दै घरघर र होटलमा पुग्छन्। समयले उनको परिचय बदलिदिए पनि श्रमप्रतिको विश्वास भने अझै उस्तै छ। ‘जनमुक्ति सेनामा जुम्ला, सिन्धुली, अछाम, बाजुरा, अर्घाखाँची, बेनी, पाल्पा, बाँकेको कसुम र गणेशपुर, रुकुमको खारालगायत ४९ स्थानका युद्धमा म सहभागी भएको थिएँ,’ उनी भन्छन्, ‘अहिले तिला र कर्णाली नदीका विभिन्न जातका माछा बेच्ने गरेको छु।’

माओवादी युद्ध छाडेर शान्ति प्रक्रियामा समाहित भएपछि पूर्वलडाकु भण्डाराले राज्यले दिएको ६ लाख रुपैयाँ लिएर स्वेच्छिक अवकाश रोजे। त्यसो त उनमा राजनीतिक सक्रियता अहिले पनि जीवित छ तर जुन सपना र नाराका साथ तत्कालीन राज्यपक्षविरुद्ध युद्ध लडिएको थियो त्यसलाई अहिले नेताहरूले छाडेको पूर्वजनमुक्ति सेनाका लडाकुहरूको आरोप छ। भण्डाराका शरीरमा युद्ध लड्दा लागेका गोलीका घाउ छन्। नेपाली जनतालाई युद्धका बेला बाँडिएका सपना अहिले नेताहरूले बिर्संदै गएको आरोप उनको छ। उनका अनुसार नेताहरू आफ्नो स्वार्थमा रमाउँदा जनयुद्धको भावना नै मेटिएको छ।

तत्कालीन माओवादीले परिवर्तनका लागि दिएका नाराले जनताको जीवन बदल्न नसकेको उनको निष्कर्ष छ। यसमा उनलाई दुःख पनि लागेको छ । त्यसैले उनी अब राजनीतिक क्रान्ति होइन आर्थिक क्रान्तिको कुरा गर्छन्। ‘जति राजनीतिक क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रहेछ,’ उनले भने, ‘त्यसैले मैले जीवनस्तर उठाउन व्यापार रोजें, आर्थिक क्रान्तिको बाटो रोजें।’

विगतमा  जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाकै कारण देशमा राजनीतिक परिवर्तन भएकोमा भने उनलाई केही सन्तोष छ । तर अहिले उनको विश्वास आफ्नै श्रम, पसिना र पौरखमा छ। ‘मेरो माछा व्यवसाय आर्थिक क्रान्तिमा जुट्नुपर्छ भन्ने सन्देश पनि हो,’ उनले भने, ‘आर्थिक समृद्धि पौरखमा नै हुने रहेछ।’

आफ्ना छिमेकी, आफन्त र साथीभाइहरू ठुलाठुला सपना बोकेर विदेश पलायन भएको देखेका उनी आफूमा विदेश जाने सोच कहिल्यै नआएको  बताउँछन्। उनी आफ्नो माछा व्यापार सन्तोषजनक भएको बताउँछन्।

भन्छन्, ‘आफ्नै माटोमा पसिना बगाएर भविष्य खोजिरहेको छु । बिहानै उठेर नाग्मा बजारबाट माछा ल्याएर जुम्ला बजार, कालिकोटको मान्म, जुम्लाको गोठिज्युला, पातारासीको लासी, सिञ्जाको नराकोट, तिलाको रारालिही र तातोपानी गाउँपालिकाको लिताकोट बजार पुग्छु। यसैमा सन्तुष्ट छु।’

उनले केजीको ८ सय रुपैयाँ दरले माछा खरिद गर्छन् र ग्राहकलाई प्रतिकेजी एक हजार रुपैयाँमा बेच्छन् । ‘मागे जति माछा पुर्‍याउन सकिँदैन, माग बढ्दो छ,’ उनले भने, ‘आफ्नै काम गरेर परिवारसँग बस्न पाउनुको खुसी बेग्लै हुँदो रहेछ।’

यस्तै कालिकोटका सुरेश शाही पनि माछा व्यापार गर्छन् । ४४ वर्षमा हिँड्दै गरेका उनले माछा बेच्न लागेको पाँच वर्ष बढी भएको सुनाए । उनले पनि तिला नदीका असला जातका माछा बेच्छन्। जुम्लाको सदरमुकाम खलंगामा रहेका होटल र घरमा उनी माछा बेच्न पुग्छन् । कालिकोट नाग्मा बजारका होटल, पसल र घरमा पनि माछा बेच्न पुग्ने गरेको उनी बताउँछन् । उनले मागअनुसार सबै गाउँबस्ती पुग्ने गरेको बताए। शाहीका अनुसार माछा बेचेर मासिक ४५ हजार रुपैयाँ आम्दानी हुन्छ। ‘मेरो छ जनाको परिवार छ । सबै घरखर्च र छोराछोरीको पढाइ खर्च यसबाटै चल्छ,’ उनले भने।

तर उनले माछा बेचेर कमाएको २१ लाख रुपैयाँ राखेको जुम्लाको दियालो सहकारी डुब्यो । सहकारी डुबेपछि बचत रकम नपाएको गुनासो उनले गरे। ‘पाँच वर्ष दुःख गरेर कमाएको पैसा सहकारीमा राखेको थिएँ,’ उनले भने, ‘अहिलेसम्म पाएको छैन।’

उनी आठ कक्षा पास हुन्। भन्छन्, ‘खेतीपाती पनि गर्छु। माछा बेचेर परिवारको जीविकोपार्जन गरिरहेको छु।’
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस