मधेसले ‘घण्टी’मा देखेको बालेनको तस्वीर
२४ फागुन २०८२
•
६ मिनेट पाठ
मधेसले ‘घण्टी’मा देखेको बालेनको तस्वीर
यसपालिको निर्वाचनले मधेस प्रदेशमा इतिहास मात्र बदलेको छैन्, इतिहास पनि बनाएको छ। मधेस ‘ताकत’ भएका मधेस केन्द्रित दलको ताकतलाई शून्यमा झारेर रास्वपाले लगभग क्लिन स्विप गरी इतिहास बनाएको छ।




मधेसमा प्रतिनिधिसभा सदस्यको ३२ सिट छन्। यी सबै सिटमा मधेस केन्द्रित दलको उपस्थिति शून्यमा पुगेको छ। मधेसमा ३१ सिट रास्वपा र एक सिट नेपाली कांग्रेसले जितेको छ।

२०४८ साल देखियता संसदमा मधेसका मुद्दा उठाउँदै आएका मधेसका राजनीतिक दलहरू यसपटक संसदमा देखिने छैनन्।  

सप्तरी ३ बाट जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन्। सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके), सिरहा ४ बाट जसपा नेपालका सहअध्यक्ष राजकिशोर यादव, महोत्तरी २ बाट जसपा नेपालका सरत्तसिंह भण्डारी, सर्लाही २ बाट राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पराजित भइसकेका छन्। मधेस केन्द्रित दलका अध्यक्षसहित सबै नेता आफ्नो आधार क्षेत्रमै पराजय भोग्नुपरेको यो पहिलो घटना हो।

हुन त, यसपालिको चुनावमा मधेस आधारित दलहरूको लहर देखिएको थिएन, मौसम पनि थिएन। यसपालि मधेस नेपालको अभिन्न हिस्सा हो र यसका सवाल, सरोकार र मुद्दाहरू राष्ट्रिय राजनीतिको मानचित्रमा अंकित हुनुपर्दछ भने भाष्य थियो। यी मुद्दालाई हामीले काँध हाल्नुपर्छ, स्वर दिनुपर्छ र आवाज बन्नुपर्छ भनेर 'बालेन फ्याक्टर' प्रयोग गरेर रास्वपाले मधेसमा लहर ल्याएको थियो। यही बुझाइले राष्ट्रिय डिस्कोर्सहरुमा मधेस छाएको थियो।

भदौको जेन–जी मुभमेन्टपछिको राष्ट्रिय डिस्कोर्समा मधेस हराइराखेको थियो तर चुनावका बेला मधेस फेरी तरंगित भयो। मधेसका कुनै पनि मुद्दा यस्ता छैनन् कि गैर मधेस भूगोलका मानिसका लागि असहज अप्ठेरो महसुस होस्। संघीयतालाई समावेशी, प्रभावकारी र जनताप्रति उदरदायित्वको राजनीतिका कुरा, बक्सिसको राजनीतिभन्दा सहभागिताका कुरा, हिस्सेदारीका कुरामा गैरमधेस भूगोलका मानिसले पनि महसुस चुनावकै बेला गर्यो। यस पटकचाहिँ मधेसका लागि मधेसी दल नै हुनुपर्ने मान्यता मत्थर भएको थियो।

०७९ को चुनावमा सप्तरी–२ मा सिके राउत र उपेन्द्र यादवबीच प्रतिस्पर्धा भएको थियो। उपेन्द्रलाई हराएकाले राउतको राजनीतिक उचाइ बढेको थियो भने जनमत मधेसमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको थियो  र त्यहीबाट राउतको संसदीय यात्रा प्रारम्भ भएको थियो  तर तीन वर्षमै उनी र जनमत पार्टी शून्यमा खुम्चिनुपरेको छ।

०६३ माघमा भएको मधेस विद्रोहको नेतृत्व गरी राष्ट्रिय राजनीतिमा स्थापित भएका उपेन्द्र यादव ०६४ र ०७० को पहिलो तथा दोस्रो संविधानसभा चुनाव तथा ०७४ को प्रतिनिधिसभा चुनावमा लगातार विजयी भएका थिए । ०७९ मा राउतसँग हारेपछि यादव उपनिर्वाचनमा बारा–२ बाट चुनाव जितेर संसदमा पुगेका थिए ।

यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरमले ०६४ को संविधानसभामा प्रत्यक्षतर्फका २ सय ४० मध्ये ३० सिट र समानुपातिकतर्फ २२ गरी ५२ सिट जितेको थियो। मन्त्रिपरिषदमा मनोनित हुने २६ मध्ये २ जनासहित पहिलो संविधानसभामा फोरमको ५४ सिट थियो। त्यसको १८ वर्ष पछाडि भएको चुनावमा यादवले नेतृत्व गरेको जसपा नेपालको सिट संख्या शून्यमा पुगेको छ ।

राजनीतिक विश्लेषक तुलानारायण साहका अनुसार यस पटकको चुनावले इतिहास फेरेको बताउँछन्। यसपालिको चुनावमा मधेसमा रास्वपाको क्लिनस्विपको प्रमुख कारक ‘बालेन फ्याक्टर’ रहेको साहको विश्लेषण छ। मधेसी चेहरा पहिलोपटक प्रधानमन्त्री बन्दैछ भने फ्याक्टरले मधेसको मन र मतमा लहर ल्याएको उनको भनाइ छ।

मधेसमा बालेनप्रेम र पुराना दलप्रतिको प्रतिक्रियात्मक मत दुवैले बलियो गरी मतदाताको मनोविज्ञानमा काम गरेपछि मधेसको परिणाम क्लिनिस्विपको अवस्थामा पुगेको उनको विश्लेषण छ। यस पटकको चुनावमा फलानोलाई हराउनु पनि पर्छ र फलानोलाई जिताउनु पनि पर्छ भने मतदाताको मनोविज्ञानमाले काम गरेको देखिएको छ। यस पटक बालेनमा मधेसले आफ्नो अनुहार र भरोसा देखेर मत खन्याइदिएको उनको विश्लेषण छ।

यसपालिको चुनावमा मधेसका मतदाताले मधेसी नेताको विगतको काम र गतिविधिलाई एउटा तराजुमा र बालेनको काम र गतिविधिलाई अर्को तराजुमा राखेर सुझबुझपूर्वक बाकसमा मत खन्याएको जस्तो देखिएको उनको भनाइ छ।

उनले यस चुनावी परिणामलाई इतिहाससँग जोड्दै विश्लेषण गर्छन्, आन्दोलनलगत्तै हुने निर्वाचनमा आन्दोलनरत पक्षतर्फ मतभार बढ्ने विगतले देखाएको छ। २००५ सालमा कांग्रेसले राणा शासनविरुद्ध आन्दोलनपछि २०१५ सालमा भएको निर्वाचनमा उसले दुई तिहाई बहुमत प्राप्त गरेको थियो।

२०४६ सालको आन्दोलन कांग्रेस र बाम मोर्चा मिलेर पञ्चायतविरुद्ध आन्दोलन गरे। २०४८ सालको निर्वाचनमा कांग्रेसले बहुमत पायो। त्यो बेलाको माले प्रमुख प्रतिपक्षी दल बन्याे। २०६२/ ६३ को आन्दोलनपछि २०६४ को संविधानसभा निर्वाचनमा माओवादीले धेरै सिट पायो र मधेसमा मधेसकेन्द्रित दलको जोडदार उदय भयो। मधेस आन्दोलनको रापतापमा मधेसकेन्द्रित दलको पक्षमामत गयो। २०७२ सालमा संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा एमाले–माओवादी गठबन्धनले संघीय सरकार बनाउने गरी बहुमत जित निकाल्यो। मधेसमा भने मधेसकेन्द्रित दलकै वर्चस्व रह्यो।

नेपाली राजनीतिमा मतदानको विश्लेषण गर्दै साह भन्छन्, ‘जेनजी आन्दोलनको नेता कोही नभए पनि चेहरा बालेनका थिए।’

मधेसका दूरदेहातका मतदाताको मनोविज्ञान जोड्दै साह भन्छन्, ‘मधेसका गाउँगाउँमा बालेन लोकप्रिय बन्नुका कारणहरू छन्। आममानिसमा बालेन स्वच्छ छविका छन्, उनले भ्रष्टाचार गर्दैनन् र काम मात्र गर्छन् भन्ने विश्वास छ।’

बालेन लोकप्रिय हुनुको अर्को कारण खोल्दै साहले भने, ‘छात्रवृत्तिको प्रभाव। यसले मधेसका दूरदेहातदेखि सहरसम्म निकै रोचक र भावनात्मक प्रभाव पारेको रहेछ। काठमाडौं महानगरपालिकामा बालेनले कडाइका साथ लागु गरेको छात्रवृत्तिको प्रभाव मधेसका गाउँसम्मै परेको रहेछ। बालेनले गर्दा काठमाडौंमा गरिब, विपन्न समुदायका जेहेनदार विद्यार्थीले पनि ठुला कलेजमा पढ्न पाए भन्ने छाप मधेसका जनतामा परेको थियो। जसको प्रतिक्रिया समेत यसपालिको मतलाई प्रभावित गरेको देखिन्छ।’

यिनै कारणले मधेसले बालेनलाई जात वा भूगोलको घेराभन्दा फराकिलो स्वरुपमा हेर्यो र मत पोख्यो। जेनजी आन्दोलनको एजेन्डा पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र पुस्तान्तरण थियो। ‘यी तीनवटै कुरा मधेसका जनताले बालेनमा देखे र भरोसाको मत बाकसमा खसाले’, साहले भने।

यसपालिको निर्वाचमा मत प्रभावित गर्ने अर्को प्रमुख फ्याक्टर पनि छ। त्यो हो जनसांख्यिक बनौट। नेपालको दुई तिहाई जनसंख्या (६५ प्रतिशत) ३५ वर्षमुनिका छन् र एक तिहाई मात्र ३५ वर्ष माथिका छन्। ३५ वर्षमुनिका जनसंख्याले नेतृत्वमा आउन इच्छा जेनजी विद्रोहमार्फत जाहेर गरेका थिए साह भन्छन्, ‘त्यो विद्रोहको एजेन्डा पुस्तान्तरन र सुशासन नै प्रमुख थियो।’

परम्परागत नेतृत्वबाट देशमा सुशासन बहाल हुन सकेन त्यसैले नयाँ पुस्ता नेतृत्वमा आउनुपर्छ भने मूल भाव थियो। जसलाई रास्वपाले आफ्नो मूल एजेन्डा बनाइदिए र बालेनलाई मुख्य चेहरा बनाएर चुनावी मौदानमा उत्रियो। जसको फाइदा उनलाई सोचेभन्दा बढ्दा भयो। विद्रोहको लिगेसी भएको नेता बालेन र विद्रोहको एजेन्डा ग्रहण गरिदिएको रास्वपाको मिलनले समेत यो चमत्कारिक परिणाम ल्याएको साहको विश्लेषण छ।

मतमार्फत रास्वापाले पाएको लोकप्रियतालाई उसले कायम राख्न सक्छ? यो प्रश्न पनि छ। मधेसमा मधेस केन्द्रित दल र देशमा कांग्रेस, एमाले लगायत दलले रिगेन गर्न सक्छन् वा सक्दैनन् भन्ने प्रश्नसँगै रास्वपाले यो हदसम्मको लोकप्रियता कायम राख्न सक्छन् वा सक्दैनन् भने प्रश्न पनि छ।

विश्लेषक साहका अनुसार निर्वाचनको परिणाम लहर वा तत्कालीन घटनाक्रमहरूले पनि निर्धारण गर्छ तर लोकप्रियता टिकाइराख्ने मुख्य विषय हो, संगठन। त्यसपछि नीति र सिद्धान्त आदि हुन। लिडरसिप पनि हो।

बालेन्द्र साह ‘बालेन’ लाई रास्वपाबाट अलगत गरेर अहिलेको चुनावी परिणामको कल्पना गर्न सकिदैन्। बालेनलाई माइनस गरेर यो चुनावी परिणामको कल्पना गर्न सकिदैन। त्यसैले चुनावको परिणाम तात्कालीन हुन सक्छ तर दल वा पार्टीको आयु तात्कालीन हुँदैन्। दलको आयुसँग धरै तत्त्व जोडिएका हुन्छन्। त्यसैले यो चुनावी परिणामले चुनाव हारेका दल समाप्त नै भयो भन्न मिल्दैन।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस