‘प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन, खस्किने पनि छैन’
२३ पौष २०८२
•
७ मिनेट पाठ
‘प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन, खस्किने पनि छैन’
नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल प्रहरीले निर्वाचन सुरक्षाका बारेमा विश्वस्त रहन आग्रह गरेको छ ।




निर्वाचन सुरक्षा, फरार अपराधी र लुटिएका हतियार पक्राउ र प्रहरीको मनोबललगायत विषयमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेसँग राससका नारायण न्यौपाने र अशोक घिमिरेले गरेको कुराकानीको सम्पादित अंशः

सिङ्गो मुलुक निर्वाचनमा होमिइसकेको छ, निर्वाचन आउन दुई महिनाभन्दा कम समय बाँकी छ । मुलुकको समग्र सुरक्षा अवस्था कस्तो छ ?

मुलुकको सुरक्षा व्यवस्था मजबुत छ । भरपर्दो सुरक्षा प्रबन्ध गरिएको छ । प्रहरीको सबै युनिटहरु सशक्त ढङ्गबाट परिचालित छन् । निर्वाचन लक्षित सुरक्षा गतिविधि सुरु भएका छन् । केन्द्र, प्रदेश तथा जिल्लास्तरसम्म निर्वाचन सेल गठन गरी प्रत्येक निर्वाचन सेलमा ‘फेकल पर्सन’ तोकी कार्यसम्पादन भइरहेको छ । निर्वाचनको वातावरण बनाउन मातहतका युनिटलाई निर्वाचन लक्षित गस्ती/पेट्रोलिङ, पिकेट, चेकिङलगायत कार्यमा प्रहरी परिचालन गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी कार्यालयको पुनःनिर्माण एवं सवारी साधनको व्यवस्थापनको कार्यलाई तीव्रता दिई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रयास गरिएको छ । सीमा क्षेत्रमा हुने घुसपैठ र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न नियमित अनुगमन र गस्ती गरिएको छ ।

फरक परिस्थितिमा हुन गइरहेको निर्वाचनमा विभिन्न पाटोबाट सुरक्षा चुनौती औँल्याइएको छ । यसलाई प्रहरी सङ्गठनले कसरी लिएको छ ?

निर्वाचनको समय नजिकिँदै गर्दा जेनजी युवा समूह, पुराना तथा नयाँ राजनीतिक दलबीचको मदभेद र द्वन्द्व बढ्न सक्छ । आन्दोलनपछिका राजनीतिक विभाजन र असहमतिका कारण विभिन्न पार्टी वा समूहले निर्वाचनलाई बहिष्कार वा अवरोध गर्नसक्ने सम्भावनाका साथै मतदाता, उम्मेदवार र निर्वाचन कर्मचारीलाई धम्की वा हिंसालाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ । निर्वाचन विरोधी समूहबाट हुनसक्ने गतिविधिलगायत जातीय, धार्मिक र साम्प्रदायिक समूहबाट हुनसक्ने अवाञ्छित क्रियाकलाप, सामाजिक सञ्जालबाट प्रवाह हुने गलत सूचनाले पार्ने प्रभावलाई पनि सुरक्षा सङ्गठनले चुनौतीका रुपमा लिएको छ ।

दुर्गम, विकट तथा हिमाली क्षेत्र र प्रतिकूल मौसमबाट सिर्जित हुने अवस्थाले पनि चुनौती थप्न सक्ने अनुमान छ । अहिलेसम्म समग्र रुपमा गम्भीर सुरक्षा चुनौती सामना गर्न परेको छैन । दैनिक सुरक्षा व्यवस्थापनका काम भइरहेको छ । यसका लागि गहृमन्त्रालय, प्रहरी प्रधान कार्यालय र मातहतका सबै युनिटसम्म सुरक्षा चुनौतीको पहिचान गर्ने र सोबमोजिम खतराको विश्लेषण गरेर योजना बनाउनेसम्मका काम भइरहेको छ । निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तयार छ । सोही आधारमा निर्वाचन लक्षित जिल्लास्तरका सुरक्षा योजना बनाई कार्यान्वयन भइरहेको छ।

जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र कारागारबाट फरार कैदीका कारण सुरक्षा चुनौती रहेको भनिएको छ । यसलाई प्रहरी सङठनले कसरी हेरेको छ ?

लुटिएका हतियार फिर्ता ल्याउन र कैदी एवं थुनुवालाई फर्काउन प्रहरी सङ्गठनले सम्पूर्ण प्रहरी जनशक्तिलाई परिचालित गरिसकेको छ । सुरक्षा सङ्गठनबीच एकीकृत र एकल रुपमा सम्पूर्ण संयन्त्रलाई यसै विषयमा केन्द्रित गरिएको छ । फरार अपराधी पक्राउ गर्ने, लुटिएका र हराएका हातहतियार बरामद गर्न नेपाल प्रहरीले विशेष अभियान नै सञ्चालन गरेको छ । दैनिकजसो फरार अपराधी, कैदीबन्दी र थुनुवा पक्राउ परिरहेका छन् । सूचना सङ्कलन र सङ्केत ‘एरिया’मा विशेष खनतलासी गर्ने काम भइरहेको छ । अधिकांश अपराधी र हातहतियार नियन्त्रणमा आइसकेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रहरीका अधिकांश भौतिक संरचना निशानामा परे । पुनःनिर्माणमा नागरिक तहबाट कस्तो सहयोग रह्यो ?

आन्दोलनका क्रममा जुन भौतिक क्षति भयो । त्यसपश्चात् पुनर्निर्माणमा नागरिक र प्रहरी सङ्गठनबीच घनिष्ठ  सहकार्य रह्यो । पुनःनिमाणका क्रममा नेपाल प्रहरी सङ्गठनले कमाएको जनविश्वास स्पष्ट देखियो । नागरिकहरु एकजुट भई त्यस्तो गम्भीर परिस्थितिबाट सहजरुपमा भौतिक संरचना पुनर्निर्माण गरिसकेका छौँ ।

आन्दोलनका क्रममा एक सय ४३ भवन पूर्ण र तीन सय १६ आंशिक गरी चार सय ५९ युनिटमा क्षति पुगेकामा अहिलेसम्म चार सय ४९ युनिट पुनःनिर्माण भई सञ्चालनमा आइसकेको छ । यसमा नागरिक सहकार्य र सहयोग अतुलनीय छ । सहयोगी मनप्रति प्रहरी संगठन सम्मान प्रकट गर्दछ । नागरिककै लागि प्रहरी अहोरात्र खटिइएको छ । नागरिक सुरक्षाका लागि नेपाल प्रहरीको स्थापना भएको हो । कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा अपराधको सफल अनुसन्धान गर्ने सन्दर्भमा प्रहरी सदा अगाडि छ । यो नै नागरिकको प्रहरीप्रतिको जनविश्वासको आधारस्तम्भ हो ।

पछिल्लो समय प्रहरीको मनोबल खस्केको भन्ने टिप्पणी भइरहेको छ ? यसलाई सङ्गठनले कसरी लिएको छ ?

प्रहरीको मनोबल उच्च छ । यो खस्केको कहिल्यै पनि थिएन र हुने पनि छैन । जेन-जी आन्दोलनपश्चात् प्रहरीको मनोबलका विषयमा धेरै टीकाटिप्पणी भए । हामीलाई ठूलो जनविश्वास प्राप्त भएको छ । नागरिकसँगको सहकार्यबाटै क्षतिग्रस्त भवनहरु पुनर्निर्माण गर्न सफल भएका छौँ । हाम्रा हरेक गतिविधि र क्रियाकलापमा आमनागरिकको साथ र सहयोग छ । नयाँ सङ्गठन प्रमुख आइसकेपछि आबद्ध प्रहरी कर्मचारीले प्राप्त गर्ने सेवा, सुविधा र सहुलियतमा पनि पहिलो प्राथमिकता राखेर विभिन्न कल्याणकारी योजना अघि सारिएको छ ।

कर्तव्य पालनाका सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीको परिवारलाई क्षतिपूर्ति, आर्थिक सहयोग र आश्रित परिवारलाई रोजगारीको प्रबन्ध गरिएको छ । घाइते प्रहरी कर्मचारीलाई उपचार खर्च, अन्य सेवासुविधालाई पनि उच्च प्राथमिकता दिइएको छ । नेपाल प्रहरीसँग विगतका चुनौतीपूर्ण अवस्थामा पनि निर्वाचनलाई सफल बनाएको अनुभव छ । त्यो अनुभव, सीप, ज्ञान र तालिमलाई यसपटकका निर्वाचनमा पूर्णरुपमा प्रयोग गरेर चुनावलाई भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउछौँ । नेपाल प्राप्त जिम्मेवारी पूरा गर्न अहोरात्र खटिइएको छ ।

हरेक निर्वाचन छोटो समयका लागि ‘निर्वाचन प्रहरी’ पनि भर्ना गर्ने गरिएको छ । यसपटक निर्वाचन प्रहरी भर्नाको प्रक्रिया कसरी अघि बढ्दैछ ?

निर्वाचनमा ७७ हजार प्रहरी परिचालित हुनेछन् । नेपाल प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले ‘निर्वाचन प्रहरी’ भर्ना गर्ने गरिएको छ । एक लाख ३३ हजार नौ सय ८० निर्वाचन प्रहरी (म्यादी) भर्ना गर्न प्रस्ताव गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि, २०८२ को स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ । सोहीबमोजिम भर्ना प्रक्रिया सुरु हुनेछ । त्यसलगत्तै तालिम सुरु गरिनेछ । तालिम समापनपछि सम्बन्धित निर्वाचन क्षेत्रमा उहाँहरुलाई खटाउँछौँ ।

भर्ना छनोटका आधार तयार भइसकेको छ । २०७९ र २०७४ को निर्वाचनमा खटिइएका ‘म्यादी प्रहरी’लाई छनोटमा प्राथमिकता दिइनेछ । त्यसैगरी पूर्वसुरक्षाकर्मी र पूर्ववन रक्षक, सुरक्षा निकायमा भर्ना हुनका लागि आधारभूत शारीरिक परीक्षा र स्वास्थ्य परीक्षण उत्तीर्ण भएकालाई पनि भर्ना लिइनेछ । फौजदारी अभियोग नलागेका, नैतिकवान्, १८ देखि ५४ वर्षसम्मका व्यक्तिलाई भर्ना प्रक्रियामा सहभागी गराउन प्रस्ताव गरिएको छ । निर्वाचन प्रहरीले नेपाल प्रहरीको जस्तै निर्वाचनलाई सफल बनाउन, यससँग सम्बन्धित हरेक गतिविधिमा भित्री घेरामै रहेर काम गर्नुपर्नेछ । तालिमका क्रममा उनीहरुलाई त्यससम्बन्धी आधारभूत काम, कर्तव्यका बारेमा जानकारी दिइनेछ ।

मतदातालाई निर्वाचनको समयमा सुरक्षाको प्रत्याभूति कसरी दिलाउनुहुन्छ ?

निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यरुपमा वर्गीकरण गरिएको छ । दुई हजार आठ सय ४५ वटा मतदानस्थललाई सामान्य, चार हजार चार सय ४२ मतदानस्थललाई संवेदशील र तीन हजार छ सय ८० वटा मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा हेरिएको छ । सोहीअनुसार नियमितरुपमा प्रहरी परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था मजबुद बनाउने काम भइसकेको छ ।

भयरहित, निश्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी सङ्गठन कटिबद्ध छ । सम्पूर्ण मतदाता, आमनागरिक र राजनीतिक दलको सुरक्षाका लागि प्रहरी तयार छ । शान्ति सुरक्षाको विषयलाई लिएर कसैले डर र त्रास मान्नुपर्ने अवस्था छैन । पूर्णरुपमा शान्ति, सुव्यवस्था र अमनचयन काम गराइसकेका छौँ । कानुन पालना गराउन नेपाल प्रहरी सदैव दत्तचित्त भएर खटिइएकै छ ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस