रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकहरूको सम्झनामा काठमाडौंको अनामनगरसहित देशभर दीप प्रज्वलन गरिएको छ।
बाढीको महाविपत्तिपछि सरकारले घोषणा गरेको राष्ट्रिय शोकका दिन सर्वसाधारण स्वतःस्फूर्त रूपमा सडक र चोकमा उत्रिएर दीप प्रज्वलनमा सहभागी भएका हुन्।
अनामनगरमा भेला भएका सर्वसाधारणहरूले बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रकट गरे। उनीहरूले अझैसम्म फेला नपरेका हजारौं नागरिकहरूको खोजी कार्य प्रभावकारी बनाउन र शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै प्रार्थना गरेका थिए।
अकल्पनीय विपद्मा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा सरकारले आज देशभर राष्ट्रिय शोक मनाएको छ। यसै अवसरमा राजधानीका विभिन्न स्थानका साथै मुलुकभरका प्रमुख सहर तथा बस्तीहरूमा सर्वसाधारण, नागरिक समाज र विभिन्न संघसंस्थाहरूले साँझ दीप प्रज्वलन गरी राष्ट्रिय विपत्तिविरुद्ध ऐक्यबद्धता जनाएका हुन्।
रसुवा बाढीका कारण हालसम्म १ हजार ३५६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ५ हजारभन्दा बढी नागरिक अझै सम्पर्कविहीन छन्।
अझै पनि सुरक्षा निकाय तथा उद्धार टोलीहरूले बेपत्ताहरूको खोजी कार्य जारी राखेका छन्।
तस्बिरमा हेर्नुहोस् अनामनगरको दीप प्रज्वलन। सबै तस्बिर: द्वारिका काफ्ले/नागरिक
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...