भेरी-बबई डाइभर्सन आयोजनाको अवस्था निराशाजनक
१८ कार्तिक २०८२
•
५ मिनेट पाठ
भेरी-बबई डाइभर्सन आयोजनाको अवस्था निराशाजनक
भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति निराशाजनक रहेको पाइएको छ। निर्माणमा भइरहेको ढिलासुस्तीले आयोजनाको लक्ष्य गोलमटोल बनेको पाइएको हो। 




बाहिरी आवरणमा हेर्दा बर्सेनि प्रतिशतमा प्रगति देखिए पनि मूलतः सिँचाइ र विद्युत्जस्ता पहिलो प्राथमिकताका सेवा नागरिकले कहिले उपभोग गर्ने भन्ने विषयलाई सरोकारवाला पक्षले बेवास्ता गर्दा त्यस्तो अवस्था निम्तिएको हो।

आयोजनाले टनेल (सुरुङ) निर्माण गरेर प्रशंसा बटुले पनि त्यसबाट भेरी नदीको पानी बबईमा खसाल्ने लक्ष्यलाई गोलमटोल गरेर अन्यत्र मात्र ध्यान दिएको तथ्य सार्वजनिक भएको हो। भेरी नदीको पानी बबई सिँचाइको नहर प्रणालीमार्फत वितरण हुने हो भने किसानलाई आवश्यक समयमा उपयुक्त मात्रामा पानी दिन सकिने बबई सिँचाइ आयोजनाका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिए।

उनका अनुसार पर्याप्त मात्रामा किसानलाई सिँचाइ सुविधा पुर्‍याउन सके प्रतिहेक्टर किसानले नगदे बाली डबल फसल उत्पादन सम्भव हुन्छ। त्यति मात्रै होइन, सिँचाइ सुविधा पाइएको खण्डमा वार्षिक चार बालीसम्म उत्पादन गर्न किसान जुट्छन्। ‘भेरीको पानी बबई सिँचाइको नहर प्रणालीमार्फत बर्दियामा ३६ हजार र बाँकेमा १५ हजार हेक्टरका लागि पानी पठाइनेछ,’ उनले भने, ‘टनेलबाट भेरीको पानी बबई नदीमा नखसाले पनि बबई सिँचाइले २८ हजार हेक्टरका खेतमा सिँचाइ गर्न नहर प्रणाली विस्तार भइसकेको छ।’ पहिलो प्राथमिकतामा सिँचाइ सुविधा र ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन रहे पनि हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका काम सँगै अघि बढाउँदा विभिन्न बाधाअड्चनभित्र भेरी-बबई डाइभर्सन आयोजना रुमलिइरहेको पाइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जको जग्गा अधिग्रहण गरेर विद्युत् प्राधिकरणले कोहलपुर-सुर्खेत एक सय ३३ केभी प्रसारण लाइन विस्तार सुरु गरेसँगै बहुउद्देश्यीय आयोजना ट्रान्जेक्सनका लाइन विस्तारको तयारी भइरहेको छ। तर निकुञ्जले सहमति नदिँदा आयोजनाको काम बिचमा अड्किएको छ। मुख्य प्राथमिकताका विषयमा नजरअन्दाज गर्दा भेरी-बबई डाइभर्सन आयोजना समस्याग्रस्त बन्दै गइरहेको आकलन छ।

आयोजनाको लागत अनुमान ३३ अर्बको छ। टेन्डर प्रतिस्पर्धा गर्दा कम लागत लागे पनि आयोजना कहिले सम्पन्न हुने भन्ने अन्योल बढ्दै गइरहेको छ। भेरी-बबई डाइभर्सनमा सोचअनुसार काम नभएको सोही आयोजनाका सिनियर इन्जिनियर हरिबहादुर थापाले बताए। सिभिलतर्फको काममा ढिलासुस्ती भइरहेको उनले खुलाए।

यसै साता कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थलगत अनुगमनपछि आयोजना प्रगति निराशाजनक रहेको अभिव्यक्ति दिएका थिए। पश्चिम नेपालको सरकारको प्राथमिकतामा परेको उक्त आयोजना यतिबेला कर्णाली प्रदेश सरकारले समस्याग्रस्त बन्न नदिन संघीय सरकारको ध्यानाकर्षण गरेको छ। संघीय सरकारको बेवास्ताका कारण आयोजनाले लक्ष्य टेक्न असम्भव रहेको विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले गम्भीर आपत्ति जनाएका छन्।

बर्दिया र बाँकेका किसान निरुत्साहित
भेरी नदीको पानी बबईमा खसालेर ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याएर बर्दिया र बाँकेका किसानलाई लाभान्वित गर्ने उद्देश्य लिएर अघि बढिरहेको भेरी-बबई डाइभर्सनको लक्ष्य गतिहीन बनिरहँदा स्थानीय किसान चिन्तित छन्। १० वर्ष अघिदेखि सिँचाइको आशामा बसेका किसान बिलखबन्दमा परेका छन्। भेरीको पानी बबईमा खसाल्ने सरकारको महत्वकांक्षी योजना खेर गएको भन्दै उनीहरूले गुनासो गरेका छन्। विद्युत् विस्तारका नाममा सिँचाइबाट किसानको अधिकार वञ्चित गरिरहेको किसान रामबहादुर चौधरीको आरोप छ।

सिभिलतर्फको ठेक्कामा चौथो पटक म्याद थप्ने तयारी
दोस्रो चरणमा सिभिल निर्माणतर्फ हेडवक्र्स, सर्ज साफ्ट र पावरहाउस निर्माणतर्फ चिनियाँ कम्पनी ग्वाङ्डङले नेपाली कम्पनी रमनलाई साझेदारीमा लिएर कार्यालयसँग सम्झौता गरेको थियो। ३४ प्रतिशत टेन्डर अंकबाट घटेर चिनियाँ कम्पनी ग्वाङ्डङले नेपाली कम्पनी रमनसँग साझेदारी गरेपछि आयोजना पूरा हुनेमा सरोकारवाला संशकित थिए। तर तेस्रो पटक म्याद थप्दा समेत काम पूरा हुने छाँट देखिएको छैन। 

अघिल्लो साता नागरिक संवाददाता भेरीगंगा ११ स्थित चिप्ले आयोजना स्थल पुगेको थियो। त्यति बेला उक्त ठाउँ सुनसान थियो। उक्त आयोजना स्थलमा कर्मचारी र निर्माण कम्पनी प्रतिनिधि आउने नगरेको स्थानीयले बताएका थिए। बाँकी ६ महिनामा ५७ प्रतिशत प्रगति देखिएको सिभिलतर्फको काम अझै अपुरो रहने देखिएको छ। उक्त निर्माण कम्पनीलाई पुनः म्याद थप्नु विकल्प नहुनु दुःखद पक्ष हो। सिभिलतर्फको कामको जिम्मा पाएका चाइनिज कम्पनी ग्वाङ्डङ र रमन दुवैको यस क्षेत्रमा अनुभव नरहेको समेत पुष्टि भएको छ।

इरानी परामर्शदातालाई संरक्षण नगर्नु दुःखद
सिभिलतर्फको निर्माणको कामलाई इरानी अनुभवी परामर्शदातालाई संरक्षण नगर्नु दुःखद भएको स्वयं कर्मचारीहरू स्विकार्छन्। भेरी गंगाको चिप्लेमा इरानी परामर्शदाता सहयोगमा बलियो र दिगो भौतिक संरचना निर्माणका लागि काम अघि बढेको थियो। परामर्शदातालाई कसैले संरक्षण नगरेका कारण समस्या उत्पन्न भइरहेको भेरी-बबई डाइभर्सन तत्कालीन कर्मचारी पवन अधिकारीले बताए। ‘इरानी परामर्शले १० करोडको काम गरेको थियो। त्यसले राम्रो गरेको थियो,’ उनले भने, ‘पुरस्कृत गर्नुपर्नेमा दण्डित भयो।’ अहिले विद्युत् प्राधिकरण इन्जिनियरिङ परामर्शदाता छनोट भएको छ। परामर्शदाता र निर्माण कम्पनीको कम अनुभव र पहिलो काम भएका कारण सिभिलतर्फको काम अनिश्चित बन्दै गएको हो।

जग्गा अधिग्रहण अझै बाँकी
आयोजना पूर्ण रूपमा काम गर्न अझै ६ हेक्टर कार्यालयले अधिग्रहण गर्न सकेको छैन। जग्गा मुआब्जाको विषय भेरी-बबई डाइभर्सनको पेचिलो बन्यो। २२ हेक्टर अधिग्रहण गर्नुपर्ने भए पनि १६ हेक्टर मात्र अधिग्रहण गरेको छ। अझै जग्गा अधिग्रहणका लागि मुआब्जा विवाद छँदै छ। बढी मुआब्जाका लागि धर्ना बस्ने र आयोजना स्थलमा रोकटोकमा स्थानीय उत्रिने गरेको कर्मचारी गुनासो गर्छन्। लामो समयपछि अधिग्रहण गरिए पनि अझै मुआब्जा विवाद कायमै छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस