हराउँदै असारे भाकाको रौनक
१८ असार २०८३
•
४ मिनेट पाठ
हराउँदै असारे भाकाको रौनक
असार महिना ‘माना रोपेर मुरी उब्जाउने समय’ हो। असार १५ सँगै किसान रोपाइँमा जुटिरहेका छन्। तर पहिला जस्तो रोपाइँमा असारे भाकाको रौनक भने छैन्।




‘असारको मध्य भए पनि खेतमा असारे भाकाको कुनै रौनक छैन्’, पाल्पाको तिनाउ गाउँपालिकाकी सङ्गीता सारुले भनिन्, ‘रोपाइँमा असारे गीतहरू पनि गाइन छाड्यो।’ युवा रोपाहारले गीत गाउन छाडेपछि गीत लोप हुने अवस्थामा पुगेको उहाँको अनुभव छ।

बुढापाकाले असारमा रोपाइँको दिनलाई वर्णन गरेको जस्तो उल्लास नभएको तिनाउकी मीना बगालेले बताइन्। 

‘आजकालको खल्लो असारे रोपाइँ देखेर बाबुआमाले पनि गुनासो गर्नुहुन्छ’, उनले भनिन्, ‘पहिले हाम्रो पालामा रमाइलो हुन्थ्यो भन्नुहुन्छ। तर, हामीले त्यसलाई अनुभव गर्न पाएनौँ।’

बाल्यकालमा खेतका रोपाहार र हलीलाई पानी पुर्याउन आमासँगै माइत माडीफाँटमा जाने गरेकी सोही ठाउँकी मञ्जु पौडेलले ती दिन अझै सम्झन्छिन्। ‘रोपाइँमा छतरी ओडेर असारे गीत गाएको सुन्दा निकै रमाइलो लाग्थ्यो’, उनले भनिन्, ‘विवाह गरेर आएपछि घरतिर रोपाइँका क्रममा खासै असारे गीत सुन्न पाइन्।’  

बाल्यकाललाई सम्झँदै उनले असारे गीत गाइन्ः

‘छुपुमा छुपु हिलोमा धान रोपेरै छोडौँला

बनाई कुलो लगाई पानी आएर गोडौँला ।।

‘असारे मासको दलदले हिलो छुनलाई घिन लाग्यो,

पातली नानीलाई फरिया किन्दा छ बिस ऋण लाग्यो’

तानसेन दमकडाकी ७० वर्षीया भुनु नेपाललाई पहिले धान रोपाइँ गर्दा गाएका गीतहरू अहिले याद आउँछ। आफैँले पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको उनी सम्झन्छिन । ‘उहिले मनोरञ्जनका साधन केही थिएनन्’, उनले भनिन्, ‘त्यही भएर केटाकेटी, अधबैँसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे।’

हिलोमा छुपुछुपु खेल्दै, धान रोप्दै अनि दहीचिउरा खाँदै रोपाइँको याममा रमाइलो गर्ने गरेको नेपालले स्मरण गरिन्। पुराना दिनहरू सम्झँदै उनले भनिन्, ‘खेतको आलीमा सबैजना बस्थ्यौँ, घरबाट ल्याइएको दहीचिउरालाई नागनागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो। धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दहीचिउरा खाँदै लय हालेर असारे गीत गाउँदाको रौनक निकै रमाइलो हुन्थ्यो।’

हिजोआज भने पुराना भाकाहरू सुन्न छोडिएको नेपालले बताइन्। माडीफाँटमा चार हलको मेलो रोप्न पनि अन्यत्र जाँदा फुर्सद नहुने उनले सुनाइन्।

पूर्वखोलाका मनबहादुर विकलाई असार १५ गते बाउसे गर्न जाँदा रोपाहार दिदीबहिनीले असारे भाका हालेर गीत गाएको क्षण ताजै छ। ‘धान रोप्दै लय हालेर असारे गीत गाउँदाको आनन्द छुट्टै हुन्थ्यो’, उनले भनिन्। अहिले ती भाका र पुराना संस्कृति हराउँदै जाँदा चिन्ता लागेको उनले बताइन्।

यी केही उदाहरण मात्र हुन्। पछिल्लो समय गाउँघरमा असारे भाका गुञ्जिन छोडेका छन्। युवा पुस्ताले असारे गाउन नजान्दा रोपाइँसँग जोडिएको नेपाली संस्कृति लोप हुने चिन्तामा ज्येष्ठ नागरिक छन्।

पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि बाजागाजाको जोडजाम मनबहादुरले बताए । ‘समयक्रमसँगै रोपाइँका गीत हराएका छन्। रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवा सबै मिलेर असारे भाका गाउने चलन हराउँदै गएको छ। यसले हाम्रो परम्परा लोप हुने जोखिम बढ्दै गएको छ’, उनले भने।

हिजोआज आधुनिकतासँगै असारे मौलिक गीतका भाकाहरू विस्तारै हराउँदै जाँदा पुराना पुस्ता भने चिन्तित छन्। अहिले पाल्पाका फाँटमा रोपाइँ भइरहेको छ। तर, असारमा गाइने मौलिक भाका खेत र आलीमा सुनिएका छैनन्।

‘असार १५ का दिन राष्ट्रिय धान दिवस मनाउन नेता, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि रोपाइँमा सहभागी भएका थिए। तर कसैले पनि असारे भाकामा गीत गाएनन्। रोपाइँमा सहभागी सबैले मौलिकतालाई बिर्सेको देखियो’, निस्दी मित्यालका मानबहादुर सारुले भने।

पहिला यहाँका फाँटहरूमा मौलिक गीत असार सुरु हुनेबित्तिकै सुनिने गरेकामा पछिल्लो समय मध्य असारमा पनि गाउँघरमा फाँट सुनसान हुने गरेका उनले बताए। मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा रहेको असारमा पहिलाको जस्तो उल्लास हिजोआज नहुने उनको बुझाइ छ।

पहिले गाउँका सबै परिवार मिलेर एकअर्काको खेतमा पालैपालो रोपाइँ गर्ने चलन थियो। रोपाइँका क्रममा असारे गीत गाउने, मादलको तालमा नाच्ने र दिनभरको कामपछि दहीचिउरा, अचार तथा स्थानीय परिकारसँगै बसेर खाने परम्पराले रोपाइँलाई कृषि कार्य मात्र नभई सामाजिक र सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको थियो।

अहिले कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्नु, युवाहरू वैदेशिक रोजगारी र सहरतर्फ पलायन हुनु तथा श्रमिक अभावका कारण सामूहिक रोपाइँको चलन घट्दै गएको छ।

कतिपय स्थानमा रोपाइँ छिटो सकिए पनि पहिलेजस्तो उत्साह, गीत, सङ्गीत र सामूहिकता भने कम देखिन थालेको छ। पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण रोपाइँ गर्दा हिलोमा हिन्दी गीतमा टिकटक बनाउन थालिएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस