स्याउ पाक्यो, तर छैन बजार पुर्‍याउने बाटो
१८ भदौ २०८३
•
३ मिनेट पाठ
स्याउ पाक्यो, तर छैन बजार पुर्‍याउने बाटो
यतिबेला बाजुराका कृषकका बगैँचामा लटरम्म स्याउ पाकेका छन्। पछिल्लो समय व्यावसायिक रूपमा स्याउ खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ। आम्दानीको राम्रो स्रोतका रूपमा रहेकाले स्याउ खेतीतर्फ कृषक आकर्षित भएका हुन्।




पछिल्ला बर्षमा कृषकले स्याउका बगैँचा विस्तार गरिरहेका छन्। विगतका वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्को छ तर बजारसम्म पुर्याउन ढुवानी र भण्डारणको समस्या समाधान हुन सकेको छैन। कृषकले बर्सेनि यो समस्या भोग्दै आएका छन्। 

जिल्लामा स्याउ उत्पादनको मुख्य क्षेत्र पूर्वी उत्तरी भेगका बूढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिका हुन्।

गौमूल, खप्तड छेडेदह गाउँपालिका लगायतका केही अन्य पालिकाका उच्च लेकाली भेगका स्याउ उत्पादन हुने गरेको छ तर त्यहाँ अझै व्यवसायिक खेती हुन नसकेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

जिल्लाकै सबैभन्दा बढी स्याउ खेती भइरहेको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनका कृषक स्याउ पाकेर बगैँचा राताम्मे भएसँगै टिप्न व्यस्त छन्।

सहारा कृषि फार्मका कृषक शेरबहादुर रावत भन्छन्, ‘प्रायः सबै स्याउ पाकिसके, अन्य जातको तुलनामा फुजी चाहिँ अलि ढिला पाक्छ, तर यो क्षेत्रमा सबैले टिप्न सुरु गरिसके।’

स्याउ पाकेर बजारसम्म ढुवानी गर्न जिल्लाको मुख्य सडकखण्ड मार्तडी–कोल्टी सडक वर्षायाम सुरु भएयता तीन महिनादेखि अवरुद्ध छ।

तथापि कतिपय सवारी साधनको पहुँच भएको ठाउँमा गाडीबाट र कतिपयले पिठ्यूँमै बोकेर सदरमुकामसम्म पुर्याउनुपर्ने बाध्यता छ।

कृषकका बगैँचामा उत्पादन भएका स्याउमध्ये ४० प्रतिशत मात्र स्याउ बजारमा पुर्याउन सकिएको छ। यातायात र नजिक बजारको अभावमा करिब ६० प्रतिशत स्याउ बारीमै खेर जाने गरेको छ।

यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका कृषक मिलन शाहीले उत्पादन बढ्दै गए पनि सहज ढुवानीबाट बजारीकरण र भण्डारणको सुविधा नहुँदा स्याउ बगैँचामै खेर गइरहेको बताए।

कृषक शाहीले भने, ‘लाखौँ लगानी गरेर स्याउ खेती सुरु गरे, अहिले स्याउ पाके तर ढुवानी गरेर बजारसम्म पुर्‍याउन यातायात छैन, केही बारीबाटै प्रतिकेजी रु २० मा बेच्छौँ, बिक्री नभएमा गाईभैँसींलाई खुवाउनु पर्ने बाध्यता छ।’

अहिले सडक बन्द भएका बेला स्याउ सुरक्षित राख्न सकिए सडक खुलेपछि राम्रो मूल्यमा बिक्री गर्न सकिने भएकाले चिस्यानयुक्त भण्डारको आवश्यकता खड्किएको छ।

कृषक उज्ज्वल रावतले भने,‘अहिले बाटो सुचारु नभए पनि कोल्ड स्टोर भएमा त्यहीँ राख्न सकिन्थ्यो। त्यो नहुँदा स्याउ बारीमै झरेर कुहिने अवस्था आउँछ।’

बाजुरामा स्याउ उत्पादन बढ्दै गएसँगै उचित मूल्य, भण्डारण, प्याकेजिङ र ढुवानीको व्यवस्था किसानका लागि प्रमुख चुनौती बनिरहेको छ।

कृषकहरु स्थानीय, प्रदेश र सङ्घीय सरकारले स्याउ उत्पादन क्षेत्रलाई लक्षित गरी सडक, ढुवानी तथा भण्डारणको व्यवस्था गर्नुपर्ने बताउँछन्।

विशेषगरी स्याउ उत्पादन हुने गाउँसम्म सडकको पहुँच विस्तार र सञ्चालनमा रहेका सडकलाई बाह्रै महिना चल्ने बनाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनीहरुको माग छ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला मन्त्री नरेश शाहीले बाजुरालगायतका जिल्लामा उत्पादन हुने स्याउले सिङ्गो सुदूरपश्चिमको माग धान्न सक्ने बताए।

उनले भने, ‘सुदूरपश्चिमका लागि बाजुराको स्याउले धान्ने खालको देखियो। प्रदेशको कृषि मन्त्रालयको रिपोर्टले पनि स्वामीकार्तिक खापर गाउँपालिका र बूढीनन्दा नगरपालिकाको स्याउले सिङ्गो सुदूरपश्चिम धान्न सक्छ भनेको छ। त्यसलाई बजार व्यवस्थापन र प्रवद्र्धन गर्न सक्नुपर्छ।’

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पनि बाजुरामा स्याउ खेतीको ठूलो सम्भावना रहेको बताए।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानका करिब ३७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। जिल्लामा गत वर्ष एक हजार २२ मेट्रिक टन स्याउ खेती उत्पादन भएको थियो।

चालु आर्थिक वर्षमा स्याउ ढुवानीका लागि अनुदान कार्यक्रम राखिएता पनि पनि स्याउ पाक्दा पनि प्रदेशको बजेट पारित नहुँदा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर बिष्ट बताए। 
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस