इटहरीको तरहरामा तरहरा कोरा च्यारिटी राइड (साइकल यात्रा) २०२५ शनिबार (भोलि) हुँदैछ ।
तरहरा कोरा च्यारिटी राईको तेस्रो संस्करणमा ५५० भन्दा बढी सहभागी हुने आयोजक तरहरा साइक्लिङ क्लबले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
कोरा च्यारिटी राइडमा पूर्वको तरहरासँगै इटहरी, धरान, उदयपुर, सुनसरीका विभिन्न स्थान, मोरङ्, झापालगायतका स्थानबाट सहभागी हुनेले रजिष्ट्रेसन फाराम भरेको आयोजक संस्थाका सुरजकुमार तामाङले बताए । उनका अनुसार यसमा ६ वर्षदेखि ७२ वर्ष उमेर समूहका सहभागी हुनेछन् । जसमा १३ वर्षभन्दा माथिकाले २२.५ किलोमिटर र १३ वर्षभन्दा मुनीकाले भाग लिएको ११.५ किलोमिटर साइकलमा यात्रा गर्नुपर्नेछ ।
तरहरा साइक्लिङ क्लबको आयोजनमा हुन लागेको कुल खर्च तीन लाख ५० हजार रुपैयाँ लाग्नेछ । साइकल यात्राका लागि सहभागीबाट जनही तीन सय रुपैयाँ इन्ट्री शुल्क लिइएको तरहरा साइक्लिङ क्लबका उपाध्यक्ष मीन खवासले बताए । उनका अनुसार साइकल यात्राको रुट तरहरा बजारदेखि ग्रामीण क्षेत्र हुनेछ । जसले सहरसँग गाउँ जोड्नेसँगै ग्रामीण क्षेत्रको शिक्षामा पहुँच वृद्धि, साइक्लिङ प्रर्वद्धन र वातावरणमैत्री सवारीको प्रचार गर्ने मुख्य उद्देश्य राखेर गर्न लागिएको हो । सहभागीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
तरहरामा वर्षेनी अर्ग्यानिक १० किलोमिटर खुल्ला दौड पनि भइसकेको छ । अर्ग्यानिक १० किलोमिटर दौड गर्ने समूहबाटै कोरा च्यारिटी राइडबाट हुन लागेको हो ।