तनावले अप्रिय निर्णय
१४ असोज २०८३
•
७ मिनेट पाठ
तनावले अप्रिय निर्णय
गत सोमवार अर्थात् असोज ५ गते त्रिपुरेश्वरमा काभ्रेका २५ वर्षीय चालक अर्जुन दोङले ट्राफिक प्रहरीसँगको विवादपछि बसभित्रै आत्मदाह गरे। यसअघि असार २५ मा सोही क्षेत्रमा मुगुका २६ वर्षीय युवा पठाओ चालक गणेश नेपालीले पनि आफ्नै बाइकको पेट्रोल छर्केर आत्मदाह गरे। यी दुवै जनाको उपचारको क्रममा चौबीस घण्टा नबित्दै मृत्यु भयो। शरीरको ७० देखि १०० प्रतिशत भाग जलनमा परेपछि उनीहरूलाई बचाउन असम्भव भएको उपचारमा संलग्न अस्पतालले जनाएका थिए।




राहदानी विभागबाहिर बाइकमै आफैं बसेको बेला महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि विवाद बढेको थियो। आफ्नो समस्या सुनुवाइ नभएपछि नेपालीले प्रहरीकै सामु आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका थिए।

नेपालीको बाइकमा महानगर प्रहरीले बाइकमै बसेको बेला ह्विल लक गरेका थिए भने ट्राफिक प्रहरीले रिद्धिसिद्धि यातायातको बसबाट यात्रु ओरालेर बग्गीखाना पुर्‍याउन खोजेपछि दोङ कडा रूपमा प्रस्तुत भएका थिए। उनले आफूमाथि नियम उल्लंघन नभएको दाबी गरिरहेका थिए। प्रहरी पछि नहटेपछि उनले आत्मदाह गरेको भिडियो फुटेजमा देखिन्छ।

यी दुई उस्तै प्रकृतिका घटनाबाहेक गत असार २७ गते काठमाडौं बुद्धनगरका बस्ने ४५ वर्षीय अश्विन राउतले घरमै शरीरमा पेट्रोल छर्केर आत्महानीको प्रयास गरेका थिए। उनको पनि उपचारको क्रममा मृत्यु भएको थियो।

गत असार ३० गते रौतहट गरुडा–९ का २८ वर्षीय गौतमकुमार सहनीले पनि आत्मदाहको प्रयास गरेका थिए। उनको स्थानीय अस्पतालमा उपचार भएको थियो। त्यसको भोलिपल्ट असार ३१ गते सर्लाहीका ३५ वर्षीय युवा विवेककुमार मण्डलले आत्मदाह प्रयास गरेका थिए। उनलाई पनि उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। यही भदौ २३ गते माइतीघरमा लक्ष्मी बस्नेत नाम गरेकी महिलाले पनि आत्मदाहको प्रयास गरेकी थिइन्। उनलाई प्रहरीले तत्कालै उद्धार गरी उपचारमा पुर्‍याएको थियो।

घटनाको बढ्दो चक्र

चालु आर्थिक वर्षको असारदेखि यता मात्र उस्तै प्रकृतिका आत्महानीका घटना मात्र पाँच वटा देखिन्छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनाभित्र देशभरमा ११ सय ५४ जनाले आत्मदाह गरेका छन्। ती मध्ये चार जनाले आफैंलाई आगो लगाएर आत्मदाह गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ मा आत्मदाह गर्नेको संख्या सात हजार ५५ जना छन्। तीमध्ये १३ जनाले आत्मदाह गरेका थिए।

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा आत्मदाह गर्नेको संख्या सात हजार ५५ जना छन्। आर्थिक वर्ष २०७९/८० मा आत्मदाह गर्ने ६ हजार नौ सय ७४ जना छन् भने २०७८/७९ मा ६ हजार सात सय ९२ जना छन्। यो तथ्यांक हेर्दा पछिल्लो समयमा आत्मदाहबाट मृत्यु हुनेको दर बर्सेनि सात हजारभन्दा बढी देखिन्छन्।

मानिसहरूमा निहित मानसिक समस्या, बेरोजगारी, प्रेममा असफलता, आर्थिक संकट, दीर्घरोग, अपांगता, लागुपदार्थ सेवन र विवाहइतर सम्बन्धका कारण मानिसहरू आत्मदाहमा पुग्ने गरेको नेपाल प्रहरीले जनाएको छ।

पछिल्लो समय आत्मदाह फरक शैलीमा देखिएको मनोचिकित्सक तथा मनोविद्हरू बताउँछन्। ‘यो वर्षको आत्मदाहको शैली हेर्दा अति वितृष्णामा पुगेको देखिन्छ, निराशापनको पराकाष्ठा हो’, काठमाडौं मेडिकल कलेजका वरिष्ठ मनोचिकित्सक डा. सरोजप्रसाद ओझाले भने।

वरिष्ठ क्लिनिकल साइकोलोजिस्ट डा. पशुपति महतको विचारमा चालक अर्जुन दोङको आत्मदाह तत्कालै आउने उत्तेजना र आवेगको शैलीमा छ। युवाहरूमा लुकेर रहेको वितृष्णाका कारण कठिन प्रकारको आत्मदाह गर्ने प्रवृत्ति बढेको महतको विश्लेषण छ।

पठाओ चालक गणेश नेपाली र रिद्धिसिद्धि बसका अर्जुन दोङको घटना उस्तै प्रकृतिको देखिए पनि उनीहरूभित्र रहेको वितृष्णा ट्राफिकसँग पुगेर आक्रोश पोखिन गएको महतले बताए।

ऐननियम पालना गराउँदा हुने स्थलगत अपमानजन्य व्यवहारले उस्तै प्रकृतिको घटना दोहोरिएको ओझाको भनाइ छ। आफैंमा वितृष्णा र तनावयुक्त दैनिकी गुजारिरहेका युवालाई नियम लागु गर्ने नाममा हुने सजायको शैली कडा लागेपछि उनीहरू आक्रोशमा पुग्ने गरेको ओझाले बताए। ‘हरेक नेपालीको दैनिकी कठिन बनिरहेको बखत चालकहरू अछुतो छैनन्, कम तलबमा काम, धेरै आम्दानी गरेर साहुलाई बुझाउनुपर्ने दबाब उनीहरूमा पनि छ, यसको परिणाम चालक–सहचालक उत्तेजित देखिए,’ ओझाले भने।

नेपाल प्रहरीले उनीहरूको मनोभाव बुझेर सजायमा विकल्प खोजेको भए मृत्युसम्म नपुग्ने चिकित्सकहरू बताउँछन्। ‘यसको सट्टा सिसिटिभी फुटेज हेरेर, प्रमाणको आधारमा डिजिटल प्रणालीबाटै जरिबाना तिराउन सकेको भए घटनाले यो रूप लिने थिएन,’ उनले भने।

दुवै घटना प्रहरीको अघि भएकाले संकेतबाटै बुझेर अबदेखि नियम पालना गर्ने निकाय संयम हुने स्थिति आएको ओझा बताउँछन्।

क्लिनिकल साइकोलोजिस्ट महतका अनुसार आत्मदाह दुईवटा अवस्थामा हुने गर्छ। एउटा तत्कालै उत्पन्न हुने आवेग, दोस्रो लामो समयदेखि मनोसामाजिक समस्याको सिकार बनेका मानिस, जो उपचारमा पुगेका हुँदैनन्। उनीहरूबाट कुनै समयमा गएर आत्मदाहको बाटोमा पुग्छन्।

उनका अनुसार ८० प्रतिशत आत्मदाह पहिल्यै मानसिक रोगका कारण हुन्छ भने बाँकी २० प्रतिशत तत्कालै आउने आवेगका कारणले हुन्छ। उनको बुझाइमा रिद्धिसिद्धिका चालक दोङको आत्मदाहको शैली पनि उत्तेजनायुक्त देखिन्छ। ऐननियम पालना गराउने क्रममा स्थलगत रूपमै हुने अपमानले पनि उनीहरूमा थप उत्तेजना वृद्धि हुँदा यस्तो घटनामा पुग्छन्। ‘कतिपय बेला आवेग प्रदर्शन गर्दा अर्को पक्षबाट समयमै समस्या सम्बोधन नभएमा पनि आत्मदाह गर्न पुग्छन्,’ उनले भने।

पछिल्लो समय युवाहरूले सोचेको जीवनभन्दा भोगाइ र यथार्थ फरक हुँदा पनि उनीहरू समस्यामा परेका छन्। बढ्दो बेरोजगारी, मूल्यवृद्धि, बदलिँदो सामाजिक परिवेश, सबै स्थिति कष्टपूर्ण बन्दै गएको परिणाम बहुसंख्यक नागरिक मनोसामाजिक समस्यामा परिरहेको ओझा बताउँछन्। ‘नागरिकहरूमा देशविहीनताको सोच आएको देखिन्छ, देशमै असुरक्षा महसुस गरेपछि मानिसहरू निराशातर्फ बढेको देखिएको हो,’ उनी बताउँछन्।

पछिल्लो समय राज्यको गैरजिम्मेवारी र मिडियाका कारणले पनि यस्तो भइरहेको छ। ‘नीति–नियम लागु गराउने निकायको जरिवाना गर्ने शैली र मिडियाले मानसिक समस्या भएका व्यक्तिहरूलाई आवेगमा आउने गरी सामग्री सम्प्रेषण गरिरहेका छन्। जसका कारण पछिल्लो समय उस्तै शैलीका घटनाहरू बढेका हुन्।

तनावमा युवा र बालबालिका

डा. महतको अनुसार पछिल्लो समयमा बदलिँदो जीवनशैली पारिवारिक विखण्डन र वैदेशिक रोजगारीले मनोसामाजिक समस्या वृद्धि भएको र यस्ता व्यक्तिको समयमै उपचार हुन नसकेका व्यक्तिहरू पनि आत्महानी गर्न पुगेको देखिन्छ।

हरेक नागरिकको हातमा इन्टरनेटको पहुँच, सामाजिक सञ्जालमा देखिने भव्य जीवनशैली, आधुनिक जीवनशैली सबै सूचना देखे जस्तो आफ्नो जीवन नहुनुले पनि युवा तथा बालबालिकामा निराशा र तनाव बढेको छ।

इन्टरनेटमा देखेजस्तो आफ्नो जीवन खोज्ने क्रममा प्राप्त हुन नसकेपछि युवाहरु समस्यामा पर्ने गरेका छन्। ‘इन्टरनेटमा देखे जस्तो रियल जिन्दगी हुँदैन, त्यसपछि पनि तनावमा परेका छन्।’ महतले भने।

किशोर–किशोरी उमेरमा घरको जिम्मा लगाएर बाबु या आमा वैदेशिक रोजगारीमा जाने क्रमले पनि किशोर–किशोरीमा तनाव बढेको छ। 

‘अविभावक विदेशमा हुन्छन्, घरमा सन्तान धेरैखालका असहज परिस्थितिसँग जुधिरहेका छन्’ उनी भन्छन्, ‘आधुनिक जीवनमा अविभावक दुवै व्यस्त हुनु र आफ्ना बालबालिकालाई समय दिने र उनीहरूको समस्या नसुन्ने चलन बढ्दै गएकोले पनि पछि गएर उनीहरुमा मनोसामाजिक समस्या बढ्ने गरेको देखिन्छ।’ उनले भने।

तनावयुक्त कुराको विषयमा छलफल गर्ने व्यक्तिको अभावमा मनमै गुम्सिन गई समस्या जटिल बन्दै गएको छ। बढ्दो बेरोजगारी, चुलिँदो महँगीले नागरिकको दैनिकी कष्टकर बन्नुले पनि मनोसामाजिक समस्या बढिरहेका छन्।

उनीहरुमा निहित समस्या समयमै सुनुवाइ भएन, शेयर भएन या उपचार भएन समस्या जटिल बन्ने चिकित्सक बताउँछन्। ‘यस्ता आवेगपूर्ण आत्महानी गर्ने पनि जोखिमयुक्त समूह नै हुन।’ डा. सरोज वझाले भने।

स्वस्थ–शान्त नागरिक निर्माण गर्ने राज्यको दायित्व आवेग उत्तेजापुर्ण परिघटना देखेमा ऐन नियम पालना गराउने निकाय प्रहरी, ट्राफिक प्रहरी लगायतका निकायले स्थलगत रुपमा सजाएँ तोक्नुको सट्टा सिसिटिभी फुटेजको प्रमाण सङ्कलन गरी डिजिटल प्रणालीबाट सजाएँ तोकेमा यस्ता घटना दोहोरिनबाट नियन्त्रण गर्न सकिने डा.वझा बताउँछन्।

‘नागरिकबाट यस्ता कमजोरी भएमा राज्यले सजाएँ पूर्व समय दिनु पर्छ, जुन तनाव घटेपछि उनीहरुलाई यस्ता कठिन आत्महानीको काम गर्नबाट बचाउन सकिन्छ।’ उनले भने।

यसको साथै चालकलाई सुर्ती तथा मदिरा सेवन गरेर सवारी साधन चलाउन कडा प्रतिबन्ध लगाउनु पर्ने उनको सुझाव छ। त्यसैगरी बढ्दो महँगी नियन्त्रण गर्ने, बेरोजगारी समस्यालाई घटाउने समस्या नियन्त्रण गर्न सकिन्छ।

‘नागरिकलाई तनावरहित जीवन जिउने वातावरण सिर्जना गर्ने जिम्मेवारी सरकारको हो, सरकारले चाहेमा धेरै कुरा गर्न सक्छ।’ उनी भन्छन्।

यसको लागि सरकारले पहल गर्नु पर्ने उनको सुझाव छ। इन्टरनेटबाट हुने मनोसमस्यालाई घटाउन बालबालिकालाई यसको प्रयोगमा प्रतिबन्ध लगाउने गरी ऐन लिनु पर्ने डा. महत बताउँछन्।

‘युवाहरूमा व्यापक समस्या आएपछि सिंहापुरले हालै १६ वर्ष मुनिका बालबालिकालाई इन्टरनेट प्रयोगमा प्रतिबन्ध लगाएको छ, यस्तो नियम नेपालमा पनि हुनु पर्छ।’ उनले भने।

पछिल्लो समय युवा पुस्तामा बढ्दो मनोसामाजिक समस्यालाई समयमै सम्बोधन गर्न सरकारले महँगी नियन्त्रण, रोजगारीको अवसर सिर्जना गर्नु पर्ने डा.महत सुझाउँछन्।

उनको विचारमा बदलिँदो समाज र दैनिकीसँगै उत्पन्न मनोसामाजिक समस्यालाई समयमै उपचार दिनको लागि सरकारले मानसिक स्वास्थ्य उपचारको पहुँच विस्तार गर्नुपर्छ।

‘अहिले पनि धेरैलाई यस्तो तनाव भएमा कहाँ जाने, के गर्ने भन्ने बारेमा थाहा छैन, अब सबैको पहुँचमा मानसिक स्वास्थ्य सेवाको विस्तार गर्नु पर्छ।’ उनले भने।

परिवारमा आपसमा समय दिने र सानातिना कुरा शेयर गर्ने अभ्यास, मनोपरामर्श केन्द्रहरूको पहुँच विस्तार भएमा कुनै पनि व्यक्ति चरम तनावमा पुग्न नपाउने चिकित्सकहरूको सुझाव छ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस