Checking ..............
विपद्मा आफन्त गुमाउनुको पीडा आफैँमा असह्य हुन्छ। त्यसमाथि राज्यका निकायबाट खोजी तथा उद्धारमा पर्याप्त पहल नभएको अनुभूति, आफन्तको अवस्थाबारे जानकारी नपाउनु र त्यसैबीच सामाजिक सञ्जालबाट आउने गालीगलौज तथा आक्रमणले पीडितको घाउमा झन् नुन थप्ने गरेको पछिल्ला घटनाले देखाएका छन्।
रसुवाको टिमुरेबाट काठमाडौं आउँदै गर्दा भदौ १० गते आएको विनाशकारी बाढीमा श्रीमान् बेपत्ता भएपछि एक महिलाले सरकारसँग भावविह्वल हुँदै श्रीमान्को खोजी गरिदिन आग्रह गरिन्। काखमा सानो बच्चा बोकेकी ती महिलाले आफूले परिवारका अन्य सदस्यसमेत गुमाएको, घरसमेत नरहेको र श्रीमान्को अवस्थाबारे कुनै जानकारी नपाएको भन्दै राज्यसँग प्रश्न गरेकी थिइन्।
उनको आग्रह थियो, ‘मेरो मान्छे सास वा लास जे भए पनि भेटाइदिनुस्।’
आक्रोसमा बोल्दै गदाएपनि उनको अभिव्यक्ति कुनै व्यक्ति विशेषविरुद्ध थिएन। एक पत्नीको पीडा, एक आमाको असहायता र विपद्ले भत्काएको जीवनबाट निस्किएको आक्रोश थियो। तर उनको त्यही अभिव्यक्ति सामाजिक सञ्जालमा पुगेपछि सहानुभूतिभन्दा बढी गालीगलौज, अपशब्द नै भारी बन्न पुग्यो।
प्रश्न उठाएकै आधारमा ती महिलामाथि सामाजिक सञ्जालमा लगातार अमर्यादित टिप्पणी भयो । आफन्त गुमाएकी, घर गुमाएकी र श्रीमानको अवस्थासमेत थाहा नभएकी महिलाले राज्यसँग जवाफ माग्दा उल्टै सामाजिक सञ्जालको हिंसा सामना गर्नुपरेको घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ, विपद्को समयमा पीडितले पनि आफ्नो पीडा व्यक्त गर्न ‘औपचारिक र शालीन भाषा’को परीक्षा उत्तीर्ण गर्नुपर्ने हो ?
विपद्का बेला मानिसको भावनात्मक अवस्था सामान्य हुँदैन। एकैपटक परिवार, घर, सम्पत्ति र सुरक्षाको आधार गुमाएका मानिससँग सामान्य अवस्थामा जस्तो संयमित अभिव्यक्तिको अपेक्षा गर्नु कति मानवीय हुन्छ भन्ने बहस समेत यस घटनाले देखाएको छ। भावविह्वल हुँदै उनले भनेकी थिइन्, ‘बुढा छैन, मेरो बाउआमा छैन, मेरो हजुरआमा, भाइ, बुहारी कोही छैन। मेरो घर छैन। मेरो मान्छे १० गतेदेखि हराएको यत्रा दिन भइसक्यो, खोजी केही गर्दैन यो सरकारले।’
उनले बाढीमा बेपत्ता भएका आफ्ना श्रीमान सहित अन्य नागरिकको खोजीमा सरकार गम्भीर बन्नुपर्ने माग गरेकी थिइन्। विदेशी उद्धार टोली नेपाल आउन तयार रहेको अवस्थामा पनि उनीहरूलाई परिचालन गर्न नसकेको भन्दै उनले राज्यको उद्धार संयन्त्रप्रति प्रश्न उठाएकी थिइन्।
उनले आफूले निर्वाचनका क्रममा काखमा बच्चा बोकेर मतदान गरेको स्मरण गर्दै परिवर्तनको अपेक्षासहित मतदान गरेका नागरिकले विपद्का बेला राज्यबाट सहयोग र जवाफ पाउनुपर्ने बताएकी थिइन्। तर, उनको त्यो प्रश्नमाथि सामाजिक सञ्जालमा गालीगलौज र व्यक्तिगत टिप्पणी सुरु भयो। परिणामतः विपद्ले दिएको पीडामाथि डिजिटल माध्यमबाट अर्को पीडा थपियो।
यही अवस्थाप्रति प्रधानमन्त्री बालेन्द्र शाहले समेत आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले शनिबार साँझ सामाजिक सञ्जालमार्फत विपद्का कारण आफन्त गुमाएका नागरिकको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ।’
प्रधानमन्त्रीले पीडितमाथि अनावश्यक टिप्पणी, हियाउने र थप पीडा दिने कामलाई अपराधको संज्ञा दिँदै त्यस्ता व्यक्तिप्रति सरकार निर्मम हुने बताएका छन्। ‘यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ,’ उनले भनेका छन्।
सामाजिक सञ्जालमा पीडामाथि पीडा थपिने घटना यही एउटा मात्र होइन। फरक राजनीतिक विचार राख्ने वा आफ्नो धारणा सार्वजनिक गर्ने व्यक्तिमाथि समेत सामूहिक गाली, ट्रोल र अभद्र प्रवृत्ति पछिल्लो समय बढ्दो देखिन्छ।
निर्वाचनको समयमा राजनीतिक बहसका क्रममा स्याङ्जाकी रेनुका बराल तत्कालीन चुनावी प्रसंगमा भावनामा आएर बोलेको एउटा वाक्य सामाजिक सञ्जालमा भाइरल भयो। उनले बालेन्द्र शाहले चुनाव जितेमा कान काटेर टिचिङ अस्पतालमा टाँका लगाउने र कानमा भएको सुनसमेत दिने आशयको अभिव्यक्ति दिएकी थिइन्। चुनावी परिणाम उनको अपेक्षाविपरीत आयो। त्यसपछि उनको पुरानो भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो।
उनी मजाक, ट्रोल र सार्वजनिक उपहासको पात्र बनिन्। कालीमाटीमा तरकारी किन्न जाँदा मानिसहरूले घेरेर ‘कान कहिले काट्ने ?’ भन्दै मोबाइल तेर्स्याएको घटनासमेत सार्वजनिक भयो। अन्ततः उनले प्रहरीको सहयोग लिनुपर्ने अवस्था आयो। रेनुका प्रतिको अभद्र व्यवहार त्यसमा मात्रै सिमित हुन पुगेन। बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीका लागि न्याय माग्न माइतीघर पुगेकी बराललाई नै त्यहाँ न्याय माग्न आएका केही व्यक्तिले ‘गो ब्याक’ भन्दै त्यहाँबाट जान दबाब दिएको पछिल्लो उदाहरण हो।
अर्थात्, एउटी महिलाले अर्को पीडितका लागि न्याय माग्न सार्वजनिक स्थानमा पुग्दा उनी स्वयं नै अपमान र बहिष्कारको सामना गर्नुपर्ने अवस्था आयो।
राजनीतिक मतभेद वा पुराना अभिव्यक्तिका आधारमा व्यक्तिलाई निरन्तर दण्डित गर्ने मानसिकता समाजमा कति गहिरिएको छ भन्ने प्रश्न समेत हो यो।
त्यसैगरी अमिशा पराजुली पनि सामाजिक सञ्जालमा गालीगलौज र धम्कीको सामना गरिरहेकी अर्की पात्र हुन्। युवाहरू राजनीतिमा प्रत्यक्ष रूपमा संलग्न भए पनि नभए पनि राजनीतिक चेतना राख्नुपर्ने धारणा सार्वजनिक गर्दै आएकी पराजुलीले लोकतन्त्र र राजनीतिबारे बुझ्दा अन्ततः व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्ने विचार राखेकी थिइन्।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनले ओलीको रिहाइ र न्यायको पक्षमा धारणा सार्वजनिक गरेकी थिइन्। त्यसपछि उनीमाथि सामाजिक सञ्जालमा अमर्यादित प्रतिक्रिया, धम्की र तल्लोस्तरका टिप्पणी हुन थाले। पत्रकार राजेन्द्र बानियाँ र टिकाराम यात्रीसँग दिएको अन्तर्वार्तामा समेत उनको विचारका कारण गालीगलौजको विषय बन्यो। उनले आफ्नो पीडा सहन नसकेपछि साइबर ब्युरोमा पुगेर उजुरीसमेत दिएकी थिइन्। तर उजुरीमाथि पनि प्रहरीले नकारात्मक टिप्पणी गरेको उनको गुनासो थियो ।
उनको प्रश्न लोकतन्त्रकै आधारभूत चरित्रसँग जोडिन्छ । फरक विचार राख्ने नागरिकमाथि व्यक्तिगत आक्रमण गरेर लोकतन्त्रको रक्षा हुन्छ ?
लोकतन्त्रमा कसैलाई समर्थन गर्ने वा विरोध गर्ने अधिकार सबैलाई हुन्छ। राजनीतिक दल, नेता वा विचारको पक्षमा बोल्नु र विपक्षमा बोल्नु नागरिक स्वतन्त्रताको हिस्सा हो। तर फरक मत राखेकै आधारमा गालीगलौज, धम्की, चरित्रहत्या र सामाजिक बहिष्कार सुरु हुनु लोकतान्त्रिक संस्कारको विपरीत हो।
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत हुने गालीगलौज र बेइज्जतीलाई निगरानी गरेपनि सजाएको दायरामा ल्याउन स्वयम पीडितको उपस्थिती हुनुपर्ने बताउँछ।
नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेका अनुसार डिजिटल वा भौतिक माध्यमबाट कसैलाई गाली, बेइज्जती वा कानुनविपरीत व्यवहार गर्न पाइँदैन। तर व्यक्ति विरुद्धका यस्ता कसुरमा पीडितले उजुरी दिनुपर्ने कानुनी प्रक्रिया रहेको उनको भनाइ छ।
काफ्ले भन्छन्, ‘कानुनविपरीत कसैलाई कसैले गाली बेइज्जती गर्न पाइँदैन। चाहे डिजिटल्ली होस्, चाहे फिजिकल्ली होस्। गाली बेइज्जती गर्छ भने त्यस्ता व्यक्तिहरूलाई कानुन उल्लंघन गरेको, कानुनमा दण्डनीय कार्य गरेको, अपराध गरेको हिसाबले प्रहरीले कानुनबमोजिम कारबाही गर्न सक्छ।’ तर त्यसका लागि पीडितबाट उजुरी आउनुपर्ने उनले भनाइ छ ।
‘सम्बन्धित व्यक्तिले उजुरी गर्नुपर्ने हुन्छ। पीडितले उजुरी गरेको आधारमा प्रहरीले अनुसन्धान गरेर सम्बन्धित व्यक्तिलाई कानुनबमोजिम कारबाहीका लागि अदालतसमक्ष, सरकारी वकिल हुँदै प्रक्रिया अगाडि बढाउँछ,’ काफ्ले भन्छन्।
उनका अनुसार उजुरी नआएसम्म व्यक्तिविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन कठिन हुन्छ। यद्यपि प्रहरीले सामाजिक सञ्जालको गतिविधिलाई निगरानी गर्ने र आवश्यक प्रमाण संकलन गर्ने काम भने गरिरहेको उनले बताए।
काफ्ले भन्छन्, ‘साइबर रिलेटेड इस्युमा साइबर ब्युरो, त्यसैगरी सामाजिक सञ्जाल मोनिटरिङ र कोअर्डिनेसन डेस्कहरू सबै एक्टिभेट भएर काम गरिरहेका हुन्छन्। सामान्यतया त्यस्ता गतिविधि गर्ने व्यक्तिका हकमा हामीले प्रमाणहरू संकलन गरेर राखेको अवस्था पनि हुन्छ।’
राष्ट्रिय महिला आयोगले पनि सामाजिक सञ्जालमा महिलामाथि हुने गालीगलौज, दुर्व्यवहार र व्यक्तिगत आक्रमणलाई गम्भीर सामाजिक समस्याका रूपमा लिएको जनाएको छ। आयोगकी उपसचिव रोशनीदेवी कार्कीका अनुसार यस्तो अवस्थामा तत्काल कारबाहीसँगै सामाजिक चेतना र मानसिकताको सुधार पनि आवश्यक छ।
कार्की भन्छिन्, ‘यस्तो दुःखमा, यस्तो पीडामा पनि गाली गर्न मन लाग्नु भनेको मानवताको पनि गिरेको चरम अवस्था हो जस्तो लाग्छ।’
उनका अनुसार आयोगले यस्ता घटनाको अध्ययन गर्ने, सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने र आवश्यक नीतिगत सिफारिस गर्ने काम गर्दै आएको छ। तर आयोगले सिफारिस गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसक्दा समस्या दोहोरिइरहेको उनको गुनासो छ।
‘हामी एउटा विज्ञप्ति निकाल्छौँ अनि सम्बन्धित निकायमा पठाउँछौँ। तर त्यो कार्यान्वयन हुँदैन। यो छाडापन निरन्तर छ,’ कार्की भन्छिन्। उनका अनुसार सामाजिक सञ्जालमा लेखिएको विषय सबै साइबर ब्युरोको मात्र क्षेत्राधिकारभित्र पर्ने भन्ने हुँदैन। कसुरको प्रकृति हेरेर सम्बन्धित निकायले कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।
तर केवल चेतावनी वा कानुनी कारबाहीले मात्र समस्या समाधान नहुने उनको तर्क छ। ‘सकारात्मक सोच भएको र मानसिक अवस्था सबल भएको व्यक्तिले यस्तो लेख्न सक्दैन भन्ने मलाई लाग्छ। कतै न कतैबाट उनीहरू डिस्टर्ब छन्। उनीहरूमा पनि मानसिक स्वास्थ्यताको कुरा भर्नुपर्छ कि जस्तो लाग्छ,’ कार्की भन्छिन्।
विपद्मा पीडितलाई राहत भन्नासाथ खाद्यान्न, कपडा, पैसा वा भौतिक सामग्री बुझ्ने प्रवृत्ति छ। तर विपद्पछिको मानसिक पीडा पनि उत्तिकै गम्भीर हुने राष्ट्रिय महिला आयोगको भनाइ छ।
कार्कीका अनुसार एउटा मानिसको जीवन जोगिनु, आफन्त भेटिनु र आशा जाग्नु पनि ठूलो राहत हो। ‘सबै सामग्रीमा मात्रै अथवा पैसा दिएर मात्रै, सामान बोकेर मात्रै राहत त हुँदैन नि। एउटा मान्छे बाँच्नुभयो भने हामीले कति ऊर्जा दिइरहेका हुन्छौँ। यो ऊर्जा उहाँहरूमा किन आएन? कहाँनेर उहाँहरूमा कमजोरी भयो भनेर हामीले खोतल्न जरुरी छ,’ उनी भन्छिन्।
यी घटनालाई एकै ठाउँमा राखेर हेर्दा समस्या केवल सामाजिक सञ्जालको प्रयोगमा मात्र सीमित देखिँदैन। यो असहमति स्वीकार गर्ने सामाजिक क्षमतासँग पनि जोडिएको छ।