स्वस्थ र सुरक्षित जीवनयापनमा आशावादी छन् होल्डिङ सेन्टरका सुकुम्बासी
२२ जेष्ठ २०८३
•
७ मिनेट पाठ
स्वस्थ र सुरक्षित जीवनयापनमा आशावादी छन् होल्डिङ सेन्टरका सुकुम्बासी
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई लागेको छ, अब जीवन नयाँ तरिकाले अघि बढ्छ। सधैँ यस्तै त नहोला नि !'




वर्षायाम सुरु भएसँगै आफू बसेको थापाथलीको बागमती किनारमा हुने बाढीको त्रासदी उनलाई अहिले पनि याद आउँछ। हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो।

परिवारसहितको बास त थियो त्यो तर आफ्नो स्वामित्व नभएको। सबैको नजरमा परेको तर देशका कुनै पनि निकाय वा कानुनले नचिन्ने ठाउँ थियो त्यो। पानी, बिजुली, बाटोघाटो सबै अनौपचारिक।

ढल र फोहरमैला सिधैँ नदीमा मिसिंदा त्यसको दुर्घन्धले आफूहरुलाई मात्र नभई उपत्यकावासी नै पिरोलेको थियो। अनेक फोहरमैलासहित प्रदूषित पानी बग्ने बागमतीले डम्बरसहितका सुकुम्बासीलाई कति थरी रोग दिएर जान्थ्यो, त्यहाँ बसुन्जेल कसैलाई पत्तो हुने थिएन।

अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ, बागमती किनारको बसाइले शरीरमा कहाँकहाँ समस्या पारेको छ। सुकुम्बासीबीच सङ्कलित तथ्याङ्कले बताएको छ, खोला किनारको जीवन कति जोखिममा थियो भनेर।

सेन्टरमा जानुअघि दशरथ रङ्गशालामा चार सय ९७ जनाको स्वास्थ्य परीक्षण गर्दा झण्डै ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह देखिएको थियो। त्यस्तै १६ प्रतिशतमा मांशपेशीसम्बन्धी समस्या, १३.५ प्रतिशतमा ग्याष्ट्रिक र सात प्रतिशतमा मानसिक समस्या र ४.५ प्रतिशतमा श्वास प्रश्वाससम्बन्धी देखिएको थियो।

सेन्टरमा पुगेपछि प्रायः सबैको स्वास्थ्य परीक्षण भयो र समस्याको अंक झन् बढ्यो तर सेन्टरमा समस्या मात्र उजागर भएको छैन, उपचार पनि सुरु भएको छ र निरन्तर अहिले पनि चलिरहेकै छ।

चिकित्सकले तथ्याङ्कमा समेटेकामध्ये ३८.५ प्रतिशतको परिवारका कोही न कोही सदस्यको मृत्यु खोला किनारको बसाइका क्रममा भएको देखियो। यसमध्ये बाढी र डुबान तथा पुल, सडक र इनारमा भएका दुर्घटनाबाट झण्डै साढे नौ प्रतिशतले ज्यान गुमाए।

दम र निमोनियाबाट आठ प्रतिशत र सरसफाइजन्य सरुवा रोग जस्तै क्षयरोग, डेंगु र टाइफाइडबाट आठ प्रतिशत मृत्यु भएको पाइयो। यसका अधिकांश कारण खोला किनारको जोखिमपूर्ण जीवन नै थियो।

प्रदूषित खानेपानी, फोहोर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुम्बासीहरुमा लामखुुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वभाविकै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला बताउछन्।

सुकुम्बासी राखिएका छ वटै होल्डिङ सेन्टरमा चिकित्सा टोलीको नेतृत्व गरेका डा बाँस्तोलाका अनुसार मुटुरोग, क्यान्सर र उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुका कारण पनि २८ प्रतिशतको मृत्यु भएको छ। अहिले पनि पाटन अस्पताल, प्रसूति गृह, लगनखेलस्थित मानसिक अस्पतालका चिकित्सकसहितको टोलीले थप परीक्षण र उपचारलाई तीव्रता दिइरहेको छ।

त्यसो त होल्डिङ सेन्टरका डम्बरलाई रेटिनाको समस्याले गर्दा मसिनो चिज देख्न र पढ्न गाह्रो छ। उनलाई लागेको छ, अहिले जत्तिकै नियमित स्वास्थ्य परीक्षण त्यति बेलै गर्न पाएको भए समस्या त्यति जटिल नहुन पनि सक्थ्यो।

सेन्टरमा आएका चिकित्सकको परामर्शपछि उनी त्रिपुरेश्वस्थित आँखा अस्पताल गए। त्यहाँका चिकित्सकहरुले तिलगङ्गा आँखा अस्पतालमा थप उपचारका लागि जान सल्लाह दिएका छन्। अब त्यतै गएर उपचार गराउने सुरमा छन् उनी।

थापाथलीमा डम्बर जस्ता सयौँ छन्, जसलाई जीवन भनेकै बागमतीको किनारको बसोबास भन्ने थियो। अहिले सबैलाई अन्धकारबाट उज्यालोको खोजीमा बसे जस्तो भएको छ।

‘सरकारले कतै न कतै त पक्कै व्यवस्था गर्ने भनेकै छ, किन चिन्ता गर्नु ?’’, उनी भन्छन्। डम्बरकी पत्नी र छोराछोरीको स्वास्थ्य परीक्षण पनि होल्डिङ सेन्टरमै भएको छ। पत्नीलाई मुटुसम्बन्धी समस्याका लागि अस्पताल जान पनि स्वास्थ्यकर्मीहरुले सुझाएका छन्।

करिब २० वर्ष थापाथलीको नदी किनारामा बिताएकी ५० वर्षे पुनम मगरलाई केही समयदेखि उच्च रक्तचाप, मधुमेह र नशाको समस्या थियो। समस्या बढेपछि सेन्टरकै पहलमा आकस्मिक उपचार गराइएको पनि उनी बताउछिन्।

‘धेरै थरीको परीक्षण यहाँ भयो र उपचार गर्न अस्पताल गइयो’, उनी भन्छिन्। त्यहाँबाट अस्पताल पुगेपछि भने महङ्गो औषधिहरु आफैँ किन्नुपर्ने बाध्यता रहेको पनि उनले सुनाइन्।

अर्का सुकुम्बासी खिमबहादुर मगर अस्पताल पुगेपिछि औषिधि सबै नपाउने र कतिपय रोगको उपचार केही खर्चिलो देखिए पनि सेन्टरमा आएका स्वास्थ्यकर्मीसँग भने सुकुम्बासीको कुनै गुनासो नरहेको बताउछन्।

होल्डिङ सेन्टरका सुकुम्बासीहरुमध्ये कतिपय दीर्घरोगी छन्। उनीहरुको नियमित स्वाथ्य परीक्षण थापाथलीस्थित खोला किनारमा बस्दा भएको थिएन। सुत्केरी र साना बच्चा हुर्काइरहेका आमाहरुले नियमित स्वाथ्य परीक्षण र परामर्श मात्र होइन, नवजात सन्तानका लागि पोषण पुग्ने गरी लिटोसमेत पाएका छन्।

होल्डिङ सेन्टरमा भेटिएकी सुवासदेवी पासवान आफ्नो नातिको स्वास्थ्य परीक्षण र पोषणका लागि लिटो समेत प्राप्त भएको बताइन्।

प्रधानमन्त्रीको कार्यालयकी स्वकीय सचिवालयको उपसचिव प्रकृति ढकाल भन्नुहुन्छ, ‘‘सुकुम्बासीसँग गरिएको परामर्श र स्वास्थ परीक्षणबाट रोगमात्र पत्ता लागेको छैन,  साथमा  रोगको अवस्था र प्रकृतिअनुसार उपचार र परामर्श निरन्तर भइरहेको छ।’

उनले क्यान्सर, निमोनिया जस्ता जटिल रोगका बिरामीको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको पनि जानकारी दिए। यस्ता जटिलता अन्य सुकुम्बासीमा देखिएमा उपचारको प्रबन्ध गरिने पनि उनले बताए।

होल्डिङ सेन्टरमा ल्याइएका सुकुम्बासीलाई नदी किनारको दैनिकीले शारीरिक मात्र होइन, मानसिक समस्याबाट पनि पीडित बनाएको छ। बारम्बार परीक्षणमा पुगेका चिकित्सकहरुले विगतमा अव्यवस्थित र असुरक्षित बसाइले दुवै थरी स्वास्थ्यमा पारेको असरलाई नजिकबाट नियालेका छन्।

दैनिकी बितिरहेको ठाउँ एक्कासी छोडनुपर्दाको केहीले दुःख व्यक्त गरे पनि त्योभन्दा धेरै असुरक्षित बसोबासका कारण थुपै शारीरिक र मानसिक जटिलताबाट गुज्रिएका रहेछन् भन्ने कुरा मनोविद्हरुसँग उनीहरुले गरेका अभिव्यक्तिले त्यसको प्रमाण दिएको छ।

सुकुम्बासीहरुमा पर्नसक्ने मानसिक समस्याको पहिचान  र उपचारका लागि छ वटै होल्डिङ सेन्टरमा विशेषज्ञ टोलीसहित थुपै पटक पुगे मानसिक अस्पताल पाटनका मनोचिकित्साविद् डा सुलभराज उप्रेती। उनी भन्छन्, ‘‘थापाथलीको जोखिमपूर्ण बसोबासलाई नै जीवन ठानेर बसेकाहरुलाई केही झट्का अवश्य लागेको छ। तर त्यस्तो बसोबासका कारण थुपै मनोवैज्ञानिक जटिलता भएकाहरु पनि उल्लेख्य देखिए।’

मनोस्वास्थ्यका समस्या रहेको थाहा पाएपछि चार जना विज्ञ र केही मनोविज्ञान अध्यता सम्मिलित टोलीले छ वटै शिविरका गरी छ सयभन्दा बढी व्यक्तिसँग छुट्टाछुट्टै बसेर परामर्श गरेको थियो।

‘हामीले सबैसँग कुरा गर्दा ठाउँ सर्नुपर्दाको असजिलोसँगै अब केही होला, सरकारले राम्रो व्यवस्था गर्ला भन्ने अपेक्षा गर्नेको सङ्ख्या उल्लेख्य थियो’, उनी भन्छन्।

कुराकानीकोबाट आएको निश्कर्षका आधारमा कतिपयलाई मनोसामाजिक परामर्श, सहायता  र कतिपयलाई औषधि उपचारको आवश्यकता रहेको पनि पाइएको जानकारी डा उप्रेती दिन्छन्।

परामर्श र सहायतापछि थुपै व्यक्ति आफ्नो नियमित काममा फर्किन समेत थालेका छन्। आफ्ना सन्तानको पढाइलाई लिएर चिन्ता परेको र उनीहरुलाई पनि नजिकको विद्यालयमा बालबालिका जान थालेपछि चिन्ता क्रमशः कम हुँदै गएको पाइएको छ।

मनो–सामाजिकविद्हरुको टोलीले ५५३ सुकुम्बासीको मानसिक स्वास्थ्य परीक्षण र परामर्शपछि तयार गरिएको प्रतिवेदनमा विस्थापनअघि देशभर कतै पनि बास नभएका कारण खोला छेउ बस्न बाध्य परिवार ८२.८ प्रतिशत रहेछन्।

ती मध्ये तीन पुस्तै त्यहाँ बिताएको परिवार २४.६ प्रतिशत रहेको उल्लेख छ। मानसिक समस्याकै कारण ३।३ प्रतिशत आत्महत्याबाट र ३.३ प्रतिशत मदिराजन्य समस्याबाट प्रतिशतले जीवन गुमाएका रहेछन्।

त्यसरी खोला छेउ बस्दा कतिबेला के हुने हो भन्ने शान्ति त जीवनमा छँदै थिएन। करिब १२ प्रतिशतले आत्महत्याको सोच समेत बनाउन पुगेका रहेछन्। त्यस्तै सात प्रतिशतमा विशेष खालकै मनोरोग सेवा आवश्यक पर्ने अवस्था रहेको जनाइएको छ।

प्रतिवेदनका आधारमा चिकित्सकको टोलीले छ वटै होल्डिङ सेन्टरमा नियमित मनोरोग परामर्श दिदै आएको छ। खोला किनारको असुरक्षित जीवनबाट आकस्मिक रुपमा होल्डिङ सेन्टर आइपुगेका सुकुम्बासीको मनमा अबका उज्याला दिनको आशा पलाएको मनोचिकित्सकहरुले महशुस गरेका छन्।

सुकुम्बासीलाई होल्डिङ सेन्टरमा सारेको दिनदेखि नै हेरेकसँगको कुराकानी, समस्या पहिचान र त्यसको विश्लेषणका आधारमा वर्षौंदेखि नदी किनारमा जोखिमपूर्ण जीवन बिताउने उनीहरुलाई अब जीवनले नयाँ मोड लिने आशा दह्रो गरी पलाएको देखिन्छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस