सेनाको दमकल भित्रै हुँदा पनि जलिरह्यो सिंहदरबार
२० असोज २०८२
•
२ मिनेट पाठ
सेनाको दमकल भित्रै हुँदा पनि जलिरह्यो सिंहदरबार
जेन-जी आन्दोलनका क्रममा मुलुकका ऐतिहासिक धरोहर आगलागी र तोडफोडबाट जोगाउन किन सकिएन भन्ने प्रश्न उठिरहेका छन्। काठमाडौं उपत्यकाभित्रै रहेका मुलुकका धरोहर सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत जल्दा पनि यहाँ भएका दमकलहरु परिचालन नगरिएको भन्दै आलोचना भएको छ।




आन्दोलनका नाममा राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सरकारी तथा निजी प्रतिष्ठानमा एकैसाथ आगो लगाइयो। आगोले जलेर भवनसहित त्यहाँ भएका दस्ताबेजहरू खरानी भए। आन्दोलनका नाममा आपराधिक मनोवृत्तिका व्यक्तिहरुले सरकारी र निजी भवनमा आगो लगाएका थिए, तोडफोड गरेका थिए।

सिंहदरबार जलिरहँदा एउटा दमकल भने सिंहदरबार परिसरभित्र रहेको पाइएको छ। त्यस्तो बेलामा पनि सिंहदरबार परिसरमा रहेको नेपाली सेनाको नरसिंह गणभित्र रहेको दमकल चल्न सकेन। त्यो दमकल किन चल्न सकेन? यसको जवाफ कतैबाट पाउन सकिएको छैन।

सिंहदरबार परिसरभित्र आगलागी लगायत आपत्कालीन घटना भएका परिचालनका लागि सरकारले उक्त दमकल खरिद गरेको थियो तर भदौ २४ गते सिंहदरबार जल्दा त्यो दमकल काम लागेन। नेपाली सेनाको एउटा उच्च स्रोतले दिएको जानकारी अनुसार दमकलमुनि मान्छे सुतेका कारण त्यस दिन त्यो दमकल चल्न सकेन। यो भनाइ पत्याउन नसकिने दाबी सम्बद्ध अर्को स्रोतको छ। किनकि त्यो दमकल नरसिंह दल गणभित्र थियो। सिंहदरबार परिसरको त्यो गणभित्र आन्दोलनकारी छिरेको अवस्था छैन।

भदौ २४ गतेको अपराह्न चार बजेतिर ललितपुर महानगरपालिकाले सिंहदरबारको आगो निभाउन दमकल पठाएको थियो। साढे ४ बजेपछि नेपाली सेनाको मुख्यालयमा भएको अर्को दमकल आगो निभाउन प्रयोग भएको थियो। ‘आपत्कालमा प्रयोग हुने सिंहदरबारको दमकल किन चलाउन सकिएन भन्ने विषयमा जवाफ दिन कोही तयार छैनन्’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘सेनाको नियन्त्रणमा भएको दमकल चलाउन सकेको भए पनि क्षति कम हुन्थ्यो।’

काठमाडौं महानगरपालिकाले भने सोही दिनको मध्यरातमा एउटा दमकल आगो निभाउन पठाएको थियो। त्यतिन्जेल ललितपुर महानगरपालिका र सैनिक मुख्यालयको दमकलले आगो निभाउन १० पटकभन्दा बढी पानी ल्याएर खन्याएका थिए।

अर्को दिनको दिउँसोसम्म ललितपुर महानगरपालिका र सैनिक मुख्यालयको दमकलले आगो निभाउन ४५ पटकभन्दा बढी पानी ओसारेका थिए। एकपटकमा दमकलमा करिब ४ हजार लिटर पानी ल्याउन सकिने र त्यो पानी करिब १० देखि १५ मिनेटमा सकिने दाबी अग्निनियन्त्रकहरूको छ।

काठमाडौं महानगरपालिकाको दमकल भने चालक नभएको बहाना बनाएर राखिएको थियो। दमकल नखटाएको विषयमा महानगरपालिकाको धेरै आलोचना भएपछि नगरप्रहरी प्रमुख राजु पाण्डेले समयमा दमकल गएको भन्दै आलोचनाको निराधार भएको दाबी गरेका छन्।

आन्दोलनकारीले सिंहदरबारमा पेट्रोल छर्किएर आगो लगाएका थिए। भदौ २४ गते राति सेनाले स्थिति नियन्त्रणमा लिएपछि सिंहदरबारभित्र पूर्ण रुपमा दमकल परिचालन गरिएको थियो। त्यतिन्जेलसम्म सर्वोच्च अदालत लगायतका सरकारी प्रतिष्ठान जलेर खरानीमा परिणत भैसकेका थिए। सेनाले आन्दोलनकारीलाई बाहिर निकालेर सिंहदरबारको सुरक्षा आफ्नो हातमा लिएको थियो।

आन्दोलनकारीले प्लास्टिकको डिभाइडरभित्र बोरा हालेर पेट्रोल खन्याएर आगो लगाएका थिए। उनीहरुले आगो लगाउन थालेपछि त्यहाँ खटिएका सुरक्षाकर्मी पछाडि हटेका थिए। आगलागीबाट नेपालको राजनीतिक–प्रशासनिक केन्द्र सिंहदरबार भवन खण्डहर बनेको छ।
अर्को समाचार
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
३३ मिनेट अघि
•
१ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।




काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्।

त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रूपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। 

ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए।

विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ।

ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ।

प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस