जुम्लाका विपद् प्रभावित १४६ घरधुरीलाई दोस्रो किस्ताबापत २ करोड १९ लाख रुपैयाँ वितरण
१० वैशाख २०८३
•
३ मिनेट पाठ
जुम्लाका विपद् प्रभावित १४६ घरधुरीलाई दोस्रो किस्ताबापत २ करोड १९ लाख रुपैयाँ वितरण
विपद्बाट घर क्षति भई लाभग्राही कायम भएका १४६ घरधुरीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले दोस्रो किस्ताबापत २ करोड १९ लाख रुपैयाँ भुक्तानी गर्ने भएको छ।




२०७९ साल असोज १९ गतेदेखि २६ गतेसम्म आएको बाढी–पहिरोलगायत विपद्का कारण घर क्षति भोगेका पीडितलाई घर निर्माणका लागि प्रशासनमार्फत उक्त रकम उपलब्ध गराउन लागिएको हो।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपक पौड्यालका अनुसार सिंजा, तातोपानी र गुठिचौर गाउँपालिकाभित्रका १४६ जना लाभग्राहीको खातामा रकम जम्मा गरिनेछ। तीमध्ये सिंजा गाउँपालिकाका १०२, तातोपानीका ३४ र गुठिचौरका १० घरधुरी रहेका छन्। प्रत्येक घरधुरीलाई १ लाख ५० हजार रुपैयाँका दरले दोस्रो किस्ता प्रदान गरिनेछ।

जिल्ला विपद् शाखा प्रमुख विष्णुबहादुर महतका अनुसार सबैभन्दा बढी सिंजा गाउँपालिकामा १ करोड ५३ लाख रुपैयाँ निकासा गरिएको छ। यस्तै तातोपानीमा ५१ लाख र गुठिचौर गाउँपालिकामा १५ लाख रुपैयाँ छुट्याइएको छ। यसरी कुल २ करोड १९ लाख रुपैयाँ वितरण हुने भएको हो।

असोज २६ गतेसम्म परेको अविरल वर्षाका कारण चन्दननाथ नगरपालिका, सिंजा, गुठिचौर, तातोपानी, तिला, कनकासुन्दरी, हिमा र पातारासी गाउँपालिकाका बस्तीमा व्यापक क्षति पुगेको थियो। प्रभावित घरहरूको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्रदेश विपद् व्यवस्थापन समितिको सिफारिस तथा कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को २०८२ जेठ १३ गतेको निर्णयअनुसार अनुदान वितरण प्रक्रिया अघि बढाइएको हो।

मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ तथा आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान वितरण कार्यविधि २०७८ बमोजिम प्रदेश सरकारले व्यहोर्ने ३० प्रतिशत रकम सम्बन्धित स्थानीय तहमार्फत भुक्तानी दिन लागिएको हो।

प्रमुख जिल्ला अधिकारी पौड्यालका अनुसार विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०८१ को दफा १८ (९) अनुसार समितिबाट प्रमाणीकरण भई सघन शहरी तथा भवन निर्माण आयोजनाका प्राविधिकहरूबाट नापजाँच प्रतिवेदन पेश भएपछि सोही आधारमा रकम भुक्तानी दिने निर्णय गरिएको हो।

उनका अनुसार अनुदान व्यवस्थाअनुसार जिल्ला विपद् व्यवस्थापन कोषमा स्थानीय तहले २० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र संघीय सरकारले ५० प्रतिशत रकम व्यहोर्ने मापदण्ड रहेको छ। पूर्ण रूपमा घर क्षति भएका पीडितलाई नयाँ घर निर्माणका लागि ५ लाख रुपैयाँ तथा आंशिक क्षति भएकालाई ५० हजार रुपैयाँ दिने प्रावधान छ। स्थानीय तहको सिफारिस र आवश्यक कागजात पूरा भएपछि मात्र लाभग्राही कायम हुने व्यवस्था रहेको छ।

यसअघि स्थानीय तहले १० प्रतिशत (गाउँपालिका) र १५ प्रतिशत (नगरपालिका), प्रदेश सरकारले ३५ प्रतिशत र संघीय सरकारले ५५ प्रतिशत व्यहोर्ने मापदण्ड लागू थियो। तर आंशिक क्षतिलाई पनि पूर्ण क्षतिमा सिफारिस गर्ने प्रवृत्ति बढेपछि मापदण्ड परिमार्जन गरी स्थानीय तहको हिस्सा २० प्रतिशत पुर्‍याइएको हो।

यसैबीच, सिंजा गाउँपालिका–६ का वडा अध्यक्ष लालबहादुर बुढाका अनुसार पहिलो किस्ताअन्तर्गत गाउँपालिकाबाट ५० हजार र संघीय सरकारबाट ४५ हजार रुपैयाँ गरी कुल ९५ हजार रुपैयाँ वितरण भइसकेको छ। दोस्रो किस्ताका रूपमा प्रति घर १ लाख ५० हजार रुपैयाँ प्राप्त भएको उनले बताए।

प्रशासनका अनुसार प्रति घरधुरीले कुल ५ लाख ४५ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ। तेस्रो किस्ताबापत ३ लाख रुपैयाँका लागि संघीय सरकारसँग माग गरिएको पनि जनाइएको छ।

यता सिंजा गाउँपालिका–६ रुघा गाउँका पदमबहादुर रोकायाले सरकारले ठूलो राहत दिएको बताए। “विषम परिस्थितिमा नयाँ घर बनेकोमा खुसी छु। घर बनाउने आयस्रोत केही थिएन, पाँच जनाको परिवार विस्थापित भएको थियो। अहिले चिटिक्क राम्रो घर बनेको छ,” उनले भने।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४७ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस