जमिन्दारलाई ‘सुकुम्बासी’ बनाउँदै नदी कटान: हातमा लालपुर्जा, जमिन नदीमा
१२ असोज २०८३
•
४ मिनेट पाठ
जमिन्दारलाई ‘सुकुम्बासी’ बनाउँदै नदी कटान: हातमा लालपुर्जा, जमिन नदीमा
सप्तरीको बलानबिहुल गाउँपालिका-४ का रामविलास यादवसँग एक बिघा जमिनको लालपुर्जा छ। कानुनी रूपमा उनी अहिले पनि जमिनदार हुन् तर वास्तविक भूगोलमा त्यो जमिन कहाँ छ भनेर देखाउने ठाउँ उनीसँग छैन। वर्षौँदेखि अन्न फलाउँदै आएको उनको उर्वर खेत अहिले बलान नदीको भेलमा बिलाइसकेको छ।




यादवका लागि लालपुर्जा अब सम्पत्तिको प्रमाणभन्दा विगतको पीडादायी सम्झना बनेको छ। गत भदौमा बलान नदीमा आएको बाढीले खेत कटान गरेपछि परिवारको गुजाराको मूल आधार नै खोसिएको छ।

‘बाढी आउनासाथ हेर्न पुग्दा तीन-चार कट्ठा जमिन बगाइसकेको थियो, हेर्दाहेर्दै बाँकी सबै जमिन बाढीले स्वाहा बनायो,’ यादव भन्छन्, ‘खेत जोगाउन कुनै उपाय लागेन, अब परिवार कसरी पाल्ने र सुकुम्बासी भइने हो कि भन्ने चिन्ताले पिरोलेको छ।’

रामविलासको परिवारले पुस्तौंदेखि त्यही खेतको उब्जनीबाट घरको चुलो बाल्दै आएको थियो। तर, नदीको निरन्तर कटानले परिवारको भविष्य नै अनिश्चित बनाइदिएको छ।

एकातिर नदीको बहाव अनियन्त्रित रूपमा फैलिँदै छ भने अर्कोतिर किसानहरूको जमिन खुम्चिँदै गएको छ।

स्थानीय मो. नाजिरका अनुसार नदी किनारका बासिन्दाका लागि खेत केवल माटो मात्र होइन, त्यो रोजगारी, खाद्यान्न, सामाजिक प्रतिष्ठा र भविष्यको आधार हो। जब खेत नै नदीमा मिसिन्छ, किसानको आम्दानी र सामाजिक हैसियतसमेत एकैपटक समाप्त हुन्छ।

सोही ठाउँका पूर्व वडाध्यक्ष मो. हन्सु मियाँको परिवार कुनै समय गाउँकै सम्भ्रान्त मानिन्थ्यो। उनीहरूसँग करिब ८० बिघाको एउटै विशाल प्लट जमिन थियो। आज त्यो ८० बिघा जमिनको ठूलो हिस्सा बलान नदीको बगरमा परिणत भइसकेको छ।

‘बाढीले हाम्रो पुस्तौंदेखिको सम्पत्ति कटान गरेर नदी बनाइदियो, अहिले हामी सुकुम्बासी बन्ने अवस्थामा पुगेका छौं,’ पूर्व वडाध्यक्ष मियाँ भन्छन्, ‘असी बिघा जमिनको मालिक परिवारले आफ्नो जमिन जोगाउन नसक्दा लालपुर्जा र वास्तविक जमिनबीचको सम्बन्ध नै तोडिएको छ।’

रामविलास र हन्सुको यो कथा केवल दुई परिवारको मात्र होइन, बलान नदी तटीय क्षेत्रका सयौं किसानको साझा नियति हो। कुनै समय हरियाली फाँट रहेका स्थानहरू अहिले नदीको धार र बालुवाको बगर बनेका छन्।

स्थानीय गौरी यादवका अनुसार करिब एक दशकअघिसम्म पश्चिम भागबाट बग्ने बलान नदीले बिस्तारै धार परिवर्तन गर्दै पूर्वतर्फ कटान सुरु गरेको हो।

‘केही वर्षअघिसम्म यहाँ धान र गहुँका बाला झुल्थे, किसानहरू मिहिनेत गरेर आत्मनिर्भर जीवन बिताउँथे,’ उनी भन्छन्, ‘अहिले त्यहीँ नदी बग्छ, हरियाली फाँट बगर बनिसक्यो।’

नदीले धार परिवर्तन गरेपछि बस्ती नै जोखिममा परेको छ। स्थानीय रामशङ्कर भण्डारीका अनुसार गत वर्ष आएको बाढीले कटान तीव्र पारेपछि सडकको पश्चिम भागमा रहेको बस्तीलाई पूर्वतर्फ सारिएको थियो।

तर, नदीको धार पुनः बस्तीतर्फै सोझिएपछि विस्थापनको त्रास यथावत् छ।

‘बाढीबाट जोगिन मानिसले कति पटक बस्ती सार्ने ? कि नदी नियन्त्रण गरेर यसलाई पुरानै प्राकृतिक धारमा फर्काउने ?’ भण्डारी प्रश्न गर्छन्, ‘पहिले बाढी आउँदा बाली जोगाउने चिन्ता हुन्थ्यो, अहिले बालबच्चा र ज्यान कसरी जोगाउने भन्ने पिरलो छ।’

पूर्व वडाध्यक्ष हन्सु मियाँका अनुसार पछिल्लो बाढीले मात्रै यस क्षेत्रमा करिब तीन सय बिघा खेतीयोग्य जमिन कटान गरेको प्रारम्भिक अनुमान छ। प्रशासनिक निकायदेखि राजनीतिक नेतृत्वसम्म गुहार्दा पनि नदी नियन्त्रणको दिगो काम हुन सकेको छैन।

जलस्रोत तथा सिँचाइ कार्यालय सप्तरीले उपभोक्ता समितिमार्फत आर्थिक वर्ष २०८०/८१ मा यहाँ तटबन्ध निर्माण गरेको थियो। तर, बाढीले तटबन्ध भत्काएपछि समस्या ज्यूँका त्यूँ रहेको स्थानीय मो. गुलाब बताउँछन्।

राज्यले हरेक वर्ष बजेट खन्याएर अस्थायी तटबन्ध बनाउने र बाढीले भत्काउने चक्र दोहोरिँदा समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन।

नदी नियन्त्रणका अनुभवी अवकाश प्राप्त इन्जिनियर विश्वनाथ यादव बलान नदीको यो विध्वंसलाई चुरे दोहनसँग जोडेर हेर्नुपर्ने बताउँछन्।

चुरे क्षेत्रमा हुने ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित उत्खनन तथा क्रसर उद्योगका कारण नदीको प्राकृतिक प्रणाली ध्वस्त भएको उनको विश्लेषण छ।

‘चुरे क्षेत्र कमजोर भएपछि वर्षाको भेल तीव्र गतिमा तल्लो भेगमा ओइरिन्छ र कटानको रूप भयावह बन्छ,’ इन्जिनियर यादव भन्छन्, ‘चुरे संरक्षण र नदी नियन्त्रणलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ। बलियो वैज्ञानिक तटबन्ध, जोखिम क्षेत्र पहिचान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी नबनाएसम्म क्षति रोक्न सकिँदैन।’

खेतीयोग्य जमिन गुम्दै जाँदा किसानहरू भूमिहीन बन्ने र रोजगारीका लागि विस्थापित हुनुपर्ने बाध्यता सिर्जना भएको छ। यसले स्थानीय अर्थतन्त्र र सामाजिक संरचनामै गम्भीर संकट निम्त्याएको छ।

स्थानीय रामनारायण पण्डित भन्छन्, ‘बलान नदीमा पानी मात्र बगेको छैन, पानीसँगै किसानको पसिना, सपना र पुस्तौंदेखिको सम्पत्ति बगेको छ। समयमै वैज्ञानिक नदी व्यवस्थापन नगरिए आज खेत बगेको ठाउँमा भोलि सिङ्गो बस्ती नै बग्ने निश्चित छ।’
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस