रोल्पामा लुम्बिनीकै बढी मानवअधिकार उल्लंघन
२२ पौष २०८२
•
२ मिनेट पाठ
रोल्पामा लुम्बिनीकै बढी मानवअधिकार उल्लंघन
लुम्बिनी प्रदेशमा मानवअधिकार उल्लंघनका दृष्टिले रोल्पा सबैभन्दा संवेदनशील जिल्ला बनेको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगन्जले सार्वजनिक गरेको वार्षिक गतिविधि पुस्तिकाअनुसार बाँके दोस्रो स्थानमा छ । आयोगको कार्यक्षेत्रभित्र पर्ने दाङ, रुकुम पूर्व, प्युठान, बर्दिया, बाँके र रोल्पा जिल्लामा दर्ता तथा मौज्दात रहेका उजुरीहरूको अवस्थालाई आधार मानेर यस्तो निष्कर्ष निकालिएको हो ।




आर्थिक वर्ष २०८१-८२ को सुरुवातसम्म आयोगको नेपालगन्ज कार्यालयमा कुल चार सय सातवटा उजुरी दर्ता भएका छन् । जिल्लागत रूपमा सबैभन्दा बढी उजुरी रोल्पाबाट एक सय ३५ वटा र बाँकेबाट एक सय सातवटा रहेका छन् । त्यसपछि बर्दियाबाट ६४, दाङबाट ४९, रुकुम पूर्वबाट ३३ र सबैभन्दा कम प्युठानबाट ९ वटा उजुरी रहेको विवरणमा उल्लेख छ । अन्य विभिन्न जिल्लाबाट एकमुष्ट १२ वटा उजुरी समेत मौज्दात रहेको आयोगले जनाएको छ ।

विषयगत रूपमा हेर्दा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी उजुरी सबैभन्दा बढी एक सय २४ वटा रहेका छन् । त्यसैगरी आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसँग सम्बन्धित ६५, बालबालिकासम्बन्धी ६३, यातनासम्बन्धी ५९, बेपत्ता सम्बन्धी ८३, आप्रवासी कामदारसम्बन्धी ५, महिला अधिकारसम्बन्धी ६ र जातीय विभेदसम्बन्धी २ वटा उजुरी रहेका छन् । आयोगका अनुसार जातीय विभेदसम्बन्धी उजुरीको संख्या सबैभन्दा कम देखिएको छ ।

आर्थिक वर्ष २०८१-८२ मा मात्र आयोगको यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने ६ जिल्लाबाट विभिन्न मितिमा परेका उजुरीमध्ये २६ वटा उजुरीलाई सामान्य उजुरीका रूपमा दर्ता गरिएको छ । यी उजुरीहरूमा अभद्र व्यवहार, न्याय प्रशासन, अपहरण तथा बेपत्ता, हत्या, यातना, वातावरण, कारागारमा मृत्यु, गैरकानुनी पक्राउ तथा नागरिकता दिलाइपाऊँ जस्ता विषयहरू समेटिएका छन् । यस्ता उजुरीमा कार्यालयले जानकारी माग, अनुगमन, पीडित तथा सरोकारवालाको बयान लिने, तथ्य संकलन गर्ने लगायतका आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

वार्षिक कार्यक्रमअनुसार ११ वटा अनुसन्धान मिसन तोकिए पनि न्यून जनशक्तिका कारण सातवटा मिसन मात्र सम्पन्न भएका छन् । ती मिसनमार्फत ६२ वटा उजुरीमा पूर्ण र ९ वटा उजुरीमा आंशिक गरी कुल ७१ उजुरी फाइलमाथि अनुसन्धान गरिएको आयोगले जनाएको छ । अनुगमनतर्फ तोकिएका ३ वटा कार्यक्रम भए पनि विषयगत र आकस्मिक अनुगमनसमेत गरी १२ वटा अनुगमन कार्य सम्पन्न गरिएको छ । 

उजुरी परामर्श सेवाअन्तर्गत आर्थिक वर्ष २०८१-८२ मा आयोगको नेपालगन्ज कार्यालयले लिखित, मौखिक तथा प्रत्यक्ष कार्यालयमा आएका ६८ वटा निवेदनमा परामर्श प्रदान गरेको छ । तीमध्ये गम्भीरताका आधारमा २६ वटा उजुरीलाई सामान्य उजुरीका रूपमा दर्ता गरिएको हो भने क्षेत्राधिकारभित्र नपर्ने वा तत्काल समाधान हुनसक्ने उजुरीहरू सम्बन्धित निकायसँग समन्वय गरी पठाइएको आयोगले जनाएको छ । 

अनुसन्धान र अनुगमनका क्रममा घरेलु हिंसा, जबरजस्ती करणी, सहकारी पीडितको समस्या, विद्यालयमा हुने शारीरिक दण्ड, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध लगायत विभिन्न मानवअधिकारका विषयमा पीडित तथा सरोकारवालालाई परामर्श सेवा प्रदान गरिएको आयोगको वार्षिक गतिविधि पुस्तिकामा उल्लेख गरिएको छ ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
४० मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस