सडक विभागले यस वर्षको मनसुनमा देशका विभिन्न १४० स्थानमा पहिरो गई राजमार्ग/सडक अवरुद्ध हुनसक्ने अनुमानसहित आवश्यक तयारी गरेको छ।
पहिरोबाट लामो समयसम्म राजमार्ग/सडक अवरुद्ध हुन नदिन विभागले चाँडोभन्दा चाँडो पन्छाएर आवातजावत खुलाउने कार्ययोजना बनाएको छ।
यसका लागि विभागले सम्भावित पहिरोस्थलको पहिचान गरेको छ। विभागले सम्भावित पहिरोस्थलमा आवश्यक उपकरणसहित जनशक्ति खटाएको छ।
विभागको अध्ययनले मनसुन सक्रिय भएसँगै विभिन्न राजमार्ग/सडक क्षेत्रका १४० स्थानमा ठुलो पहिरो जान सक्ने देखाएको हो। यस वर्षको मनसुन मंगलबारदेखि देशभर सक्रिय भएको जल तथा मौसम विभागले जनाएको छ।
सडक विभागका उपमहानिर्देशक भुवन अधिकारीले ठुलो पहिरो जान सक्ने विभिन्न १४० स्थानको पहिचान गरेको बताए। उनले सम्भावित क्षेत्रमा पहिरो पन्छाउन चाहिने सानाठुला उपकरण, प्रावधिक र अन्य जनशक्ति खटाइसकिएको जानकारी पनि दिए।
‘१४० ठाँउमा पहिरो जान सक्ने हाम्रो अध्ययनले देखाएको छ। तर १५५ ठाउँमा हामीले आवश्यक मेसिन र जनशक्ति खटाएका छौं। हाम्रो जनशक्ति चौविसै घण्टा तयारी अवस्थामा रहन्छ’, उनले भने।
सम्भावित पहिरोस्थलमा लोडर, ब्याक हो, एस्काभेटर, टिपर, ट्रकसहित पठाइएको छ। प्रत्येक सम्भावित क्षेत्रमा ४ देखि ५ जनाका दरले इन्जिनियर, सहयोगी र लेन्थ वर्कर (सडक मजदुर) खटाइएको छ।
विभागका प्रवक्ता श्याम खडकाले पहिरो गएर सडक अवरुद्ध भएमा जतिसक्दो चाँडो खुलाउने विषयमा विभागले कार्ययोजना बनाएको र सोहीअनुसार गर्न प्राविधिक कर्मचारीलाई निर्देशन दिइसकेको बताए।
‘पहिरोले राजमार्ग अवरुद्ध भएमा जतिसक्दो चाँडो खुलाउने गरी हामीले विस्तृत कार्ययोजना बनाएका छौं। सोहीअनुसार इन्जिनियर तथा कर्मचारीलाई निर्देशन पनि दिएका छौं’, खड्काले भने।
सम्भावित पहिरोस्थल
सडक विभागले पहिचान गरेका सम्भावित पहिरोस्थलमा नाग्म–भुलभुले–गमगढी, गाल्जे–कालिकोट, पिली–कालीकोट, हुम्ला–कालीकोट, दहीखोला–मान्म–पिली, खुलालु–सल्लीसल्ला, हिल्सा–सिमकोट, मध्यपहाडी दैलेख खण्ड, तल्लो डुंगेश्वर–दहीखोला, तल्लो डुंगेश्वर–दैलेख–सुर्खेत, सुर्खेत–दैलेख, हरे–छिन्चु–छेडा, खौला–सल्ले, छेडा–मटेला–जाजरकोट, जाजरकोट–डोल्पा, छालगाड–छालगाड, कोहलपुर–हरे–चिसापानी, भालुवाङ–चकचके–लिबाङ, भालुवाङ–चकचके–लिबाङ, मध्यपहाडी रुकुम खण्ड, राप्ती राजमार्ग, सहिदमार्ग, पूर्व–पश्चिम राजमार्ग खण्ड, बुढितोला–भासु छन्।
यसैगरी, सहजपुर–फल्तुडे, भावर पहिरो, सडक डिभिजन कुलपाते डोटी भातकाँडा–गैरा–अनारखोली, कुलपाते डोटी भातकाँडा–रडुवा खोला, कुलपाते डोटी रडुवा–कुलपाते–चौखुट्टे, डोटी कुलपाते कार्यालय, सडक डिभिजन साँफेबगर अछाम बल्दे–बाजुरा, सडक डिभिजन साँफेबगर अछाम मंगलसेन–चौ, सडक डिभिजन साँफेबगर अछाम साँफे–बाजुरा, साँफेबगर अछाम, सडक डिभिजन बैतडी गोकुले–दार्चुला, पाटन बैतडी पाटन–गोकुले–बैतडी, पाटन बैतडी पाटन–खोड्पे–चन्दननाथ, पाटन बैतडी पाटन–खोड्पे, पाटन बैतडी बागथला–बझाङ, महाकाली पुल कञ्चनपुरलाई सम्भावित पहिरोस्थलका रुपमा पहिचान गरिएको छ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...