बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया
२१ घण्टा अघि
•
३ मिनेट पाठ
बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद प्रक्रिया अझै सुरु गर्न सकेको छैन। कम्पनीको केन्द्रीय कार्यालयले गत वर्षको तुलनामा आधा मात्र धान खरिद गर्ने कोटा निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज परिसरसमेत सुनसान बनेको छ।




यस वर्षका लागि २० हजार क्विन्टल धान खरिदको कोटा माग गरी पठाइएकामा माग गरेभन्दा आधा अर्थात् १० हजार क्विन्टल मात्रै कोटा निर्धारण भएर आएकाले हालसम्म धान खरिद प्रक्रिया सुरु गर्न नसकिएको कम्पनीको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले बताए।

उनका अनुसार अहिले तोकिएको कोटाले बाँकेका किसानसँग धान खरिद व्यवस्थापन गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल धान खरिदका लागि माग गरेर पुनः कम्पनीको केन्द्रीय कार्यालयमा पत्राचार गरिएको छ। कोटा बढेर आएमा खरिद प्रक्रिया सुरु गरिने उनले बताए।

“कोटा बढाउन केन्द्रीय कार्यालयमा पत्राचार गरिए पनि हालसम्म कुनै जानकारी आएको छैन”, कार्यालय प्रमुख लामिछानेले भने, “कोटा थप हुने सम्भावना टर्दै गएको छ, धान बिक्री गर्ने किसान धेरै भएकाले १० हजार क्विन्टल खरिद प्रक्रिया सुरु गर्न नसकिएको हो।”

गत वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा तोकिएकामा नेपालगञ्जस्थित मुख्य कार्याललयले कोटाअनुसार नै धान खरिद गरेको थियो। पछिल्ला केही वर्ष लगातार धान खरिदको कोटा घटिरहेको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा पनि अघिल्लो आर्थिक वर्षको भन्दा आधामात्रै कोटा तोकिएको थियो। गत वर्ष १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा तोकिएको थियो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४० हजार क्विन्टल धान खरिदको लक्ष्य तोकिएकामा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो।

धान खरिद प्रक्रियामा हुने ढिलाइ र कोटाको कमीका कारण किसानले सरकारी समर्थन मूल्यभन्दा कममा व्यापारीलाई धान बेच्न बाध्य भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० र मध्यमको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ तर व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा एक हजारदेखि पाँच सय रुपैयाँसम्म सस्तो दरमा धान खरिद गरिरहेको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ध्रुव थापाले बताए।

“यस वर्ष धान राम्रै फलेको छ, खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन”, उनले भने, “चाडपर्व खर्च जुटाउन गाह्रो भएकाले पनि यतिबेला किसानले व्यापारीलाई सस्तैमा धान बेच्नु परेको छ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महँगाे दरमा धान खरिद गर्ने भए पनि ढिला गरी खरिद गर्ने र खरिद प्रक्रिया झन्झटिलो रहेका कारण किसानले पाँच सयदेखि एक हजार रुपैयाँ प्रतिक्विन्टल कम मूल्यमा व्यापारीलाई सस्तो दरमा धान बेच्ने गरेको थापाले बताए।

लामो समयदेखि खाद्यलाई धान बिक्री गर्दै आएका किसान यस वर्ष धान खरिदको प्रक्रिया सुरु नहुँदा अन्यौलमा रहेका राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले बताए। खेतबाट धान स्याहारिसकेका किसान बिक्रीका लागि प्रतीक्षामा रहेको उनले बताए।

“घरभरि धानले भरिएको छ, थन्क्याउने ठाउँ छैन, खाद्यले अहिलेसम्म खरिद प्रक्रिया सुरु गरेको छैन”, थारुले भने, “व्यापारीलाई नदिएर खाद्यलाई दिन पर्खिएका किसान अहिले अप्ठेराेमा पर्दै गएका छन्।”
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस