लेबरीबाट फर्केर जुम्लामै उद्योग
३१ असार २०८३
•
४ मिनेट पाठ
लेबरीबाट फर्केर जुम्लामै उद्योग
घरको माइलो छोरा हुन्। चार भाइमध्ये २९ वर्षीय मोहनराज रावतको जीवनमा एउटा ‘डी’ ग्रेडले ठूलो मोड ल्यायो। २०७२ सालमा तिला गाउँपालिका–१ स्थित सीता मावि रारालिहीबाट एसईई तृतीय श्रेणीमा उत्तीर्ण भए। तर गणितमा ‘डी’ ग्रेड आयो। ग्रेड वृद्धि परीक्षाका लागि लेखापाललाई फोटो र रुपैयाँ बुझाए। तर फर्म नै छुटाइयो। रुपैयाँ पनि फिर्ता भएन। उनका साथीहरू पढाइमा अगाडि बढे, उनी भने त्यहीँ रोकिए।“साथीहरू अगाडि बढे, म पछारिएँ,” मोहनराज आज पनि त्यो क्षण सम्झिन्छन्।पढाइको ढोका बन्दजस्तै भएपछि उनी रोजगारी खोज्दै भारत पुगे। उत्तराखण्डको चमेली क्षेत्रमा करिब १४ महिना गिट्टी–बालुवा फिट्ने लेबरी काम गरे। पसिना बगाएर करिब एक लाख २५ हजार रुपैयाँ कमाए। तर घर फर्किएलगत्तै बहिनीको विवाह पर्‍यो। कमाएको अधिकांश रकम त्यहीँ खर्चियो। हातमा २० हजार रुपैयाँ मात्र बाँकी रह्यो।त्यसपछि उनले घरको जेठो दाजुसँग ४० हजार रुपैयाँ सापटी मागे। दाजुले साथ दिए। आफ्नै गाउँ तिला गाउँपालिका–१ रारामा फ्रेस हाउस र किराना पसल सुरु गरे। तीन वर्षसम्म मासु, चाउचाउ र बिस्कुट बेचेर व्यवसाय धान्ने प्रयास गरे। तर गाउँको उधारो कारोबारले पसल टिक्न सकेन। व्यवसाय डुब्यो। लगानी डुबेसँगै मन पनि डुब्यो।तर उनी हार मानेनन्।‘अब जुम्लामा कसैले नगरेको काम गर्नुपर्छ’ भन्ने अठोट बोकेर उनी फेरि नेपालगन्जकाे कोहलपुर पुगे। त्यहाँ ४५ दिन आइसक्रिम, कुल्फी र बरफ बनाउने तालिम लिए। तालिम शुल्क ३२ हजार रुपैयाँ तिरे। कोठाभाडा, खाना र अन्य खर्च जोड्दा एक लाख ६ हजार रुपैयाँ सकियो। धेरैका लागि त्यो खर्च थियो, मोहनराजका लागि भने भविष्यको लगानी बन्यो।करिब साढे दुई वर्षअघि उनले जुम्लाको सदरमुकाम खलंगाको बसपार्कमा ‘पूजा आइसक्रिम उद्योग’ स्थापना गरे। बिहान ७ बजेदेखि बेलुका साढे ६ बजेसम्म उनी र उनका कर्मचारी रिक्सा गुडाउँदै आइसक्रिम बेचिरहेका हुन्छन्।बरफ १० रुपैयाँ, कुल्फी २० रुपैयाँ, आइसक्रिम २० रुपैयाँ र चकलेट आइसक्रिम ५० रुपैयाँमा बिक्री हुन्छ। अहिले उनका पाँच वटा रिक्सा खलंगाका गल्ली र चोकमा गुडिरहेका छन्। भाइ नन्दु रावतसहित धनबहादुर रावत, दत्तबहादुर रावत र बमबहादुर बुढा उद्योगमा कार्यरत छन्। तीन कर्मचारीलाई दैनिक बिक्रीको ४० प्रतिशत पारिश्रमिक दिने व्यवस्था गरेका छन्।उनका अनुसार दैनिक न्यूनतम ६ सयदेखि ४ हजार रुपैयाँभन्दा बढीको कारोबार हुन्छ। मासिक न्यूनतम ४५ हजार देखि ५० हजार  रुपैयाँ आम्दानी भइरहेको छ। “पहिला अलि बढी हुन्थ्यो, आजभोलि केही घटेको छ,” उनी भन्छन्।उद्योगमा प्रयोग हुने मुख्य कच्चा पदार्थ स्थानीय गाईभैंसीको दूध हो। साथै, चिनी, जेमएस र स्कट प्रयोग गरिन्छ। उत्पादनमा करिब ९० प्रतिशत दूध र १० प्रतिशत अन्य सामग्री मिसाइन्छ। त्यसैले उनका उत्पादन स्थानीय स्वादसँग जोडिएका छन्।व्यवसाय सुरु गर्दा २२ लाख रुपैयाँ लगानी गरेका थिए। त्यसमध्ये ११ लाख आफ्नै र ११ लाख ऋण थियो। अहिले उद्योगमा कुल लगानी २५ लाख रुपैयाँ पुगिसकेको छ। बीचमा ६५ हजार रुपैयाँ खर्चेर डेकोरेसन गरे। मेसिन मर्मतसमेत गरे। उद्योगमा बरफ र आइसक्रिम उत्पादन गर्ने दुईवटा मेसिन छन्, जुन भारतको लखनउबाट ल्याइएको हो।प्रायः विद्यालयका बालबालिका र बुढाबुढी उनका नियमित ग्राहक हुन्। लगानी लगभग उठिसकेको छ। उद्योग अहिले नाफामा छ।“सुरुमा लगानी डुब्छ कि भन्ने डर थियो,” उनी भन्छन्, “तर अहिले राम्रो कमाइ भइरहेको छ। सीप सिकेपछि आफ्नै गाउँमा बसेर आमाबुबाको हेरचाह, छोराछोरीको पढाइ र घरखर्च सबै यहीँबाट चलेको छ। नेपाल सरकारको अधिकृत तहको तलबसरह मासिक आम्दानी भइरहेको छ।”मोहनराजका अनुसार अधिकांश युवा रोजगारीका लागि दिल्ली, मुम्बई, हिमाचल वा कालापहाडतिर जान्छन्। उनी भने जुम्लामै बसेर स्थानीय दूध किन्छन्, रातभर जाग्राम बसेर कुल्फी, बरफ र आइसक्रिम बनाउँछन् र बिहानदेखि साँझसम्म बसपार्क, विमानस्थल, जुम्ला बहुमुखी क्याम्पस र बालमन्दिर क्षेत्रसम्म रिक्सा गुडाउँदै बिक्री गर्छन्।“काम गर्ने आत्मबल र इच्छाशक्ति भए देशमै केही गर्न सकिन्छ,” मोहनराज रावत भन्छन्, “सामान्य व्यापार हो, तर आम्दानी राम्रै छ। सन्तानको भविष्य सुनिश्चित गर्न अब हामीलाई कसैको भर पर्नु परेको छैन।”एसईईकाे ग्रेड वृद्धि परीक्षाले उनको पढाइ रोकिदियो। तर त्यहीँबाट सुरु भएको संघर्षले आज उनीलाई जुम्लाको सफल युवा उद्यमी बनायाे। भारतको लेबरीबाट फर्किएका  युवा माेहनराजले आज आफ्नै घरआगनमा रोजगारी सिर्जना गर्दै सीप, श्रम र आत्मविश्वासले भविष्य बदल्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम भने रोकिएको छैन। जिल्ला प्रशासन कार्यालय  जुम्लाका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ को असोज मसान्तसम्म ३ हजार ७ सय ५६ जनाले राहदानी बनाएका छन्।जसमध्ये आर्थिक वर्ष २०८१/८२ मा ६ सय ३२ जना, २०८०/८१ मा ७ सय ८३ जना,२०७९/८० मा १ हजार ४ सय ५ जना, २०७८/७९ मा ६ सय र २०७७/७८ मा ३ सय ३६ जनाले राहदानी लिएका छन्।




क्याप्सन: रिक्सामा आइसक्रीम बेच्दै माेहनाराज तस्बिर गाेल्डेन बुढा जुम्ला / नागरिक !
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस