आरक्षणले उज्यालिँदै सीमान्तकृत मुहार
२८ फागुन २०८२
•
६ मिनेट पाठ
आरक्षणले उज्यालिँदै सीमान्तकृत मुहार
महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव माझीले चिकित्सा शिक्षा (एमबिबएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेर डाक्टर बन्ने सपना साकार पारे। मधेसको अति विपन्न समुदाय (मुसहर) बाट सरकारी छात्रवृत्तिमा (मधेस दलित आरक्षित कोटा) एमबिबिएस पढ्ने अवसर पाउने २२ वर्षीय पवनदेव सम्भवतः यस समुदायका पहिलो युवक हुन्। कडा मिहिनेत र लगनशीलतासँगै उनले यो आँट जुटाउनुको मुख्य कारण थियो ‘आरक्षण’। आरक्षणले उनले छुपडीबाट डाक्टर बन्ने सपना देखे र पूरा पनि गरे। अति विपन्न आर्थिक अवस्थाका कारण उनीजस्ता युवा २०६४ अघिसम्म डाक्टर बन्ने सपनासमेत देख्दैनथे। पवनदेवको परिवार आर्थिक रूपमा निकै कमजोर छ। उनका ६० वर्षीय बुबा शिवनारायण माझी विगत १४ वर्षदेखि कतारमा मजदुरी गरिरहेका छन्। शिवनारायणले विदेशमा पसिना बगाएर कमाएको पैसाले जसोतसो घर चलेको छ। घर खर्चबाट बचत भएको पैसाबाट उनी आफ्नो पढाइ पूरा गरे। आरक्षणको व्यवस्थाले उनमा डाक्टर बन्ने सपना देख्ने अवसर जुराइदियो।




शिवनारायणको नाममा पाँच धुरमा बनेको एउटा सानो पक्की घर र दुई कट्ठा जग्गा मात्र छ। आमा सिर्जना माझीले घरधन्दा सम्हाल्दै अर्काको खेतमा अधियाँ खेती र ज्याला–मजदुरी गरेर परिवारलाई साथ दिइरहेकी छन्। पवनदेव आफैं पनि पढाइसँगै आमालाई सघाउन कहिलेकाहीँ मजदुरीमा जाने गर्थे। पवनदेवले २०७७ सालमा गोगलप्रसाद नमुना माविबाट एसइई र २०८० मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। उनका हजुरबुबा र बुबाको पवनदेवलाई ‘हेल्थ असिस्टेन्ट’ (एचए) बनाउने थियो, किनकि गाउँमा एचएलाई नै ‘डाक्टर’ भनिन्थ्यो। तर उनको सपना त्योभन्दा ठुलो थियो– एमबिबिएस डाक्टर बन्ने।

आर्थिक अभावका कारण नामी कोचिङ सेन्टरमा पढ्ने अवस्था थिएन। उनले घरमै बसेर युट्युबको सहयोगमा स्वाध्ययन गरे। पहिलो पटकको परीक्षामा नाम निस्किएन तर उनले हिम्मत हारेनन्। २०८१ सालमा विभिन्न पाँच विधामा परीक्षा दिए र एमबिबिएसबाहेक सबैमा नाम निकाले। बिडिएस पढ्न काठमाडौं गए पनि उनको मनले मानेन। अन्ततः ऋण काढेर कोचिङ कक्षा लिए। २०८२ सालमा उनी मधेसी दलित आरक्षण कोटामा एमबिबिएस र बिडिएस दुवैमा पूर्ण छात्रवृत्तिसहित नाम निकाल्न सफल भए।

हुलाकी राजमार्गअन्तर्गत बरियारपट्टी चोकबाट करिब तीन किलोमिटर उत्तरपूर्व पुगेपछि आउँछ श्रीपुर गाउँ। छाप्राहरूको लहर छिचोलेपछि ढल्नै लागेको सानो छाप्रो हो मधुरी साफीको। यही छाप्रोबाट २१ वर्षीय सत्यनारायण साफीले डाक्टर बन्ने सपना देखे। साफी मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा उनी एमबिबिएसमा नाम निकाल्न सफल भए। अहिले उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत्त छन्। जनता माध्यमिक विद्यालय (प्राविधिक धार) बरियारपट्टीबाट २०७७ सालमा एसइई परीक्षा उत्तीर्ण गरेका उनले अरनिको उच्च मावि विराटनगरबाट २०७९ सालमा विज्ञान विषय लिएर कक्षा ११–१२ उत्तीर्ण गरे। त्यसपछि एमबिबिएस प्रवेश परीक्षा तयारी कक्षाका लागि काठमाडौं पुगे।

काठमाडौंमा भाइब्रेन्ट कोचिङ सेन्टरमा उनले नाम पनि लेखाए तर तीन महिना नबित्दै उनी भाइब्रेन्ट मात्र होइन, काठमाडौं नै छाडेर घर फर्के। उनी घर फर्केपछि रोजगारमा कतार रहेका उनका बुवा मधुरी पनि बेरोजगार भएर घर फर्के। त्यसपछि जीवनयापन मुस्किल हुँदै गयो।

घर खर्च धान्न ‘मजदुरी रोज्ने कि पढाइ’ भन्ने परिस्थितिमा सत्यनारायण आइपुगे। उनले मजदुरी गर्दै पढाइ अघि बढाउने निर्णय लिए। गाउँघरमै मदजुरीको काम गर्न थाले। दिनभर मजदुरी गर्थे र रातभर पढाइ। मजदुरीबाट भएको कमाइबाट घर खर्च कटाएर बचेको रकमबाट एमबिबिएस प्रवेश परीक्षा तयारीका लागि किताब किन्थे। त्यसैबाट जोगाएको रकमबाट काठमाडौं पुगेर उनले एमबिबिएस प्रवेशिका परीक्षा दिए र नाम निकाल्न सफल भए।

उनको सफलताको पछाडि दृढ संकल्प, कडा मिहिनेत र धैर्य त छँदै छ तर उनको सपना देख्ने अवसर आरक्षणले जुराइदिएको हो।

कृषि मजदुरी गरेर सत्यनारायणका बुबाले तीन छोरी, दुई छोरा र आफू पतिपत्नीसहित सात सदस्यीय परिवारको जीविका चलाइरहेका छन्। एक्लो बुबाको मजदुरीले मुस्किलले परिवारको हातमुख जोडिन्छ। सम्पत्तिका नाममा साढे चार धुर ‘गाउँ ब्लक’को घडेरी र पाँच कट्ठा बन्जर बगरको जमिनबाहेक केही छैन उनीसँग। तर यति कठिन परिस्थितिका बाबजुद साफीको आत्मविश्वास डगमगाएको छैन।

परिवारको आर्थिक अवस्था कमजोर भए पनि सत्यनारायणको मनोबल भने उच्च छ। उनी भन्छन्, ‘मेरो पढाइमा आजसम्म बुबाआमाले हाम्रो आर्थिक हैसियतभन्दा ठुलो लगानी गर्नु भएको छ। आरक्षणको व्यवस्थाले सीमान्तकृत सत्यनारायण र पवनको मात्र सपना साकार भएको होइन, उनीहरूजस्ता यस भेगका धेरै विपन्न जेहेनदारको सपना साकार पारिदिएको छ।’

झुपडीबाट मेडिकल शिक्षाको यात्रा आरम्भ गरेका सत्यनारायण र पवन आरक्षणको जगमा आफ्ना कडा मिहिनेत, दृढ इच्छाशक्ति, संघर्ष र धैर्यले आफू जस्ता झुपडीमा बस्ने युवाहरूका लागि अनुकरणीय र प्रेरणा बनेका छन्।

२०६३ सालअघि राज्यसत्तामा पहुँचका आधारमा संरचनागत लाभ लिनबाट सीमान्तकृत समुदाय (मधेसी, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति) वञ्चित रहँदै आएका थिए। यी समुदायमाथि संरचनागत विभेद व्याप्त थियो। यही विभेदलाई सम्बोधन गर्न बलिदानीपूर्ण मधेस विद्रोहको बलमा अन्तरिम संविधान २०६३ मा आरक्षणको प्रावधान ल्याइयो। त्यसअनुरूप महिला, आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिका लागि भन्दै ६ वटा क्लस्टर छुट्याएर आरक्षण लागु गरिएको थियो।

आरक्षणका लागि निजामती ऐन २०६४ संशोधन गरिएको थियो तर पछि निजामती सेवामा खुलाइएका दरबन्दीमध्ये ४५ प्रतिशत सिट आरक्षणतर्फ छुट्याई त्यसलाई शतप्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजाति २७ प्रतिशत, मधेसी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांगता भएका व्यक्ति ५ प्रतिशत र पिछडिएका क्षेत्रका लागि ४ प्रतिशत भाग लगाइयो। आरक्षणको मुख्य अवधारणा ऐतिहासिक विभेदको क्षतिपूर्ति नै भएको जानकार बताउँछन्।

आरक्षणको व्यवस्थाले सीमान्तका लागि अवसरको ढोका खोलिदिएको छ। जसका कारण महोत्तरीको जलेश्वर नगरपालिका–२ का महादेव पासवान, महोत्तरी गाउँपालिका–६ गोरिगमाका अभय र कृतिका पासवानजस्ता कैयन् सीमान्तकृत समुदायका अब्बल विद्यार्थीले डाक्टर बन्ने सपना पूरा गर्न सकिरहेका छन्। उनीहरूलाई पछ्याउँदै थुप्रै सीमान्तकृत युवा राज्यका निकायमा पहुँच बढाउन हौसिएका छन्। सत्यनारायण, पवन, महादेव, अभय र कृतिका आरक्षणको उपयोगका लागि प्रतिस्पर्धामा खरो उत्रिन मिहिनेत पनि उत्तिकै गरेका हुन्।

मधेस विद्रोह २०६३–६४ को बलमा नेपालको संविधान २०७२ मा आरक्षण व्यवस्था राखिँदा गरिब दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर मिलेको हो। यो बलिदानीपूर्ण मधेस विद्रोहपछि भएको संवैधानिक व्यवस्थाको उज्यालो पक्ष हो। ‘मधेस आन्दोलन र यसको जगमा नेपालको संविधान २०७२ मा व्यवस्था भएको आरक्षण हामीजस्ता गरिब परिवारका लागि वरदान हो,’ सत्यनारायणले भने, ‘नेपालको संविधान २०७२ मा राखिएको आरक्षणको व्यवस्थाले हामीजस्ता सीमान्तकृत विपन्नले पनि डाक्टर बन्ने सपना देख्ने र पूरा गर्ने भएका छौं। यो व्यवस्थाले हामीजस्ता सम्भावना बोकेका थुप्रै दलित समुदायका युवाको सपना साकार बनाएको छ, बनाउनेछ।’

आरक्षणको संवैधानिक व्यवस्थाले समाजमा सकारात्मक परिणाम देखिन थालेको छ। यो पूर्ण होइन तर थोरै भए पनि दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर सुरक्षित भएको छ।
अर्को समाचार
आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार
०८ वैशाख २०८०
•
१० मिनेट पाठ
आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार
पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस) मा नाम निकालेकाहरू बायाँबाट क्रमशः कृतिका पासवान, अभय पासवान र महादेव पासवान
मधेस प्रदेशअन्तर्गत महोत्तरीको जलेश्वर नगरपालिका–२ का मधेसी दलित युवा महादेव पासवानले पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस) मा नाम निकालेका छन्। इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) ले लिएको प्रवेश परीक्षामा उनी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्। महादेवले महोत्तरीको लचमु माध्यमिक विद्यालय जलेश्वरबाट ४.० जिपिए ल्याई एसइई उत्तीर्ण गरेका हुन्। २०७६ सालमा एसइई उत्तीर्ण गरेका उनले जनकपुरधामको राजर्षि जनक क्याम्पसबाट २०७९ मा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे। उनले कक्षा ११ मा ३.७१ जिपिए र कक्षा १२ मा ३.३० जिपिए ल्याएका थिए।




विक्रम पासवनका तीन सन्तानमध्ये महादेव दोस्रा हुन्। महादेवकी दिदीको विवाह भइसकेको छ। कान्छा भाइले यसपालि एसइई दिए। महादेवको स्कुल, कलेज र मेडिकल तयारी बहुत मुस्किलले गरेका हुन्। आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारको जग्गाजमिन छैन। सम्पत्तिका नाममा ओत लाग्ने एउटा सानो घर छ। कक्षामा पहिलो हुने भएकाले स्कुल पढ्दा महादेवलाई खर्च लागेन। ‘छोरा सधैं कक्षामा प्रथम हुँदै आएकाले कापीकलम पनि किन्नुपर्दैनथ्यो,’ विक्रम भन्छन्, ‘पूर्ण छात्रवृत्ति दिइएको थियो। घरबाटै कलेजको बसले ल्याउने–पु¥याउने गथ्र्यो।’

प्लस टु उत्तीर्ण गरेपछि मेडिकल तयारीका लागि काठमाडौं गई नेम्समा पढ्ने धोको महादेवको थियो। तर आवश्यक रकम जुटाउन नसक्दा उनले थोरै शुल्कमा अनलाइनमार्फत पढ्ने निधो गरे। कमजोर आर्थिक अवस्था भए पनि क्षमतावान् विद्यार्थी भनेर पहिचान गरेपछि नेम्सले अनलाइन पढाइबापतको शुल्क लिएन। घरमै राम्ररी अध्ययन गरेर उनी एमबिबिएसमा दलित मधेसी आरक्षण कोटामा नाम निकाल्न सफल भए। एमबिबिएसको प्रवेश परीक्षामा ८६.५ अंक ल्याएका उनले पूर्ण छात्रवृत्तिमा कर्णाली प्रदेशको मेडिकल कलेजमा पढ्ने अवसर पाएका छन्। आफूले खुलामै नाम निकाल्न सक्ने भए पनि आरक्षणको व्यवस्थाले समय बचाइदिएको महादेव बताउँछन्। उनका अनुसार खुलामा नाम निकाल्न अर्को वर्ष वा त्योभन्दा बढी समय पर्खनुपथ्र्यो।

छोराले पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निकालेको विक्रम खुसीसँगै चिन्तित छन्। चिन्ताको कारण हो, खर्च व्यवस्थापन। छोरालाई कर्णाली पठाउँदा लाग्ने खर्चको जोगाड गर्न नसकेर उनी रन्थनिएका हुन्। ‘किताब, कापी, बस्नेखाने खर्च आफैंले बेहोर्नुपर्छ,’ उनी भन्छन्, ‘छोराले आफ्नो काम गरिसक्यो। अब मेरो पालो छ। कहाँबाट खर्च जोहो गर्नु भन्ने भइरहेको छ। मेरै कारणले छोराको डाक्टर बन्ने सपना पूरा नहुने हो कि भन्ने डर छ।’  

२०६३ सालअघि राज्यसत्तामा पहुँचका अधारमा संरचनागत लाभ लिनबाट सीमान्तकृत समुदाय (मधेसी, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति) वञ्चित रहँदै आएका थिए। यी समुदायमाथि संरचनागत विभेद व्याप्त थियो। यही विभेदलाई सम्बोधन गर्न मधेस विद्रोको बलमा अन्तरिम संविधान २०६३ मा आरक्षणको प्रावधान ल्याइयो।
मधेस विद्रोह (२०६३) का बलमा आएको आरक्षण व्यवस्थाले गरिब दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने आँट पलाएको महादेवले बताए। मिहिनेत गरेर पढेपछि आरक्षित कोटामा नाम सुरक्षित गर्न सकिन्छ भन्ने ठानेरै सीमान्तकृत समुदायका युवायुवती हौसिएका छन्। महादेव भन्छन्, ‘आरक्षणको महŒव हामीजस्ता गरिबभन्दा बढ्ता कसले बुझ्न सक्छ ? हाम्रो समुदायमा उच्च शिक्षा पढ्न त कसैले आँट गर्दैनथे, डाक्टर बन्न त सपनामा पनि सोच्दैनथे। आरक्षणको व्यवस्थापछि बिस्तारै जागरण फैलिँदैछ, हामी पनि मूलधारमा जोडिने प्रयत्न गर्दैछौं।’ दलितका छोराछोरी डाक्टरी पढ्न पाउनुलाई उनी मधेस आन्दोलनको उपलब्धिस्वरूप आएको ‘आरक्षण’को देन मान्छन्। बुवा विक्रम भन्छन्, ‘यो आन्दोलन र यसका अगुवा सीमान्तकृत समुदायका लागि देवता हुन्। यसका अगुवाको सम्मानमा उच्चारण गर्ने शब्द मसँग छैन।’

‘आरक्षण’ले विक्रमका छोरा महादेवको डाक्टर बन्ने सपना मात्र पूरा गरेको छैन, उनीजस्तै सम्भावना बोकेका थुप्रै युवायुवतीको सपना साकार बनाएको छ। यसमध्येका अर्का हुन मधेस प्रदेश महोत्तरी गाउँपालिका–६ गोरिगमाका अभय र कृतिका पासवान। उनीहरू दाइबहिनी हुन। उनीहरू दुवै मधेसी दलित आरक्षण कोटामा नाम निकालेर एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छन्। अभय शिक्षण अस्पताल महराजगन्ज र कृतिका पाटन मेडिकल कलेजमा पढ्दैछन्। अभय र कृतिकाले महोत्तरीको मनरा सिसवा गाउँपालिकाको सहस्राम माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका हुन्। अभयले २०७२ मा र कृतिकाले २०७४ मा एसइई उत्तीर्ण गरेका हुन्। अभय र कृतिका दुवैजनाले काठमाडौंको गोल्डेन गेट कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका हुन्।

अभयले २०७५ सालमा कक्षा १२ उत्तीर्ण गरेका थिए। उनले प्लस टुमा ‘बी’ग्रेड ल्याएको बुवा जितेन्द्रले बताए। कृतिकाले २०७७ मा सोही कलेजबाट ‘ए’ ग्रेडमा प्लस टु उत्तीर्ण गरेकी हुन्। जितेन्द्र पासवान र ममतादेवीका तीन छोराछोरीमध्ये अभय पहिला र कृतिका दोस्री सन्तान हुन्। कान्छी छोरी नीतिका काठमाडौंकै एक निजी विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन्। प्लस टु उत्तीर्ण गरेपछि मेडिकल तयारीका लागि अभयले नेम्समा एक वर्ष पढेका थिए। उनको नाम यसअघि पनि दलित कोटामा निस्केको थियो।  

बुवा जितेन्द्रले नागरिकसँग भने, ‘त्यो बेला बिन (मलाह) समुदायलाई पनि दलित कोटामा सूचीकृत गरिएकाले अभय पढ्न पाएनन्। पछि त्यो जातिलाई दलित कोटाबाट हटाइयो,’ उनले भने, ‘पहिला नै यो जातिलाई मधेसी दलित कोटामा सूचीकृत नगरिएको भए अभय एमबिबिएसको तेस्रो वर्षमा पढिरहेका हुन्थे। हामी कानुनी लडाइँ लड्न चाहेनौं। आखिर उनीहरू पनि त कसैका सन्तान नै थिए। किन कसैको भविष्य बिगार्नु भनेर पछि हटें। एक वर्ष पर्खेर पनि छोराले आरक्षण कोटाको पहिलो नम्बरमा नाम निकाले। उनले राम्रो कलेज छान्न पाए।’

अभयले मेडिकल तयारी कक्षा पढे पनि कृतिकाले भने कहिल्यै तयारी कक्षा पढिनन्। उनी दाइ अभयसँगै पढेर पहिलो प्रयासमै नाम निकाल्न सफल भएको जितेन्द्र बताउँछन्। अभयले १४५ अंक ल्याएर मधेसी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थानमा नाम निकाले। कृतिकाले १२२ स्कोर ल्याएर मधेसी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौं स्थान सुरक्षित गरेकी थिइन्। ‘पढाइमा दुवै (अभय र कृतिका) सानैदेखि जेहेनदार थिए। छोराछोरीको मिहिनेत र आरक्षणको व्यवस्थाका कारण हाम्रो परिवारमा खुसीको रङ भरियो,’ जितेन्द्रले भने, ‘हाम्रो जस्ता सामाजिक–आर्थिक पृष्ठभूमि भएकाहरूका छोराछोरीले पनि मेडिकल शिक्षा पढ्न पाउनुको जस देश र मधेसमा विभिन्न समय भएका अधिकार आन्दोलनलाई जाने उनले बताए। ‘मधेस आन्दोलन, दलित आन्दोलनको उपलब्धिस्वरूप प्राप्त आरक्षणको व्यवस्थाका कारण दलितका छोराछोरी डाक्टरी पढ्न पाइरहेका छन्,’ उनले भने, ‘यी आन्दोलन र यसका अगुवाको सम्मानमा उच्चारण गर्ने शब्द फुरिरहेको छैन। आरक्षण नभइदिएको भए सीमान्तकृत समुदायका छोराछोरीका लागि मेडिकल शिक्षा पढ्ने रहर सपनामै सीमित हुन पुग्थ्यो। राजनीतिक, सामाजिकलगायत कारणले पछाडि परेका समुदायको पहुँच अभिवृद्धिका लागि विशेष कोटा व्यवस्था गर्नु राज्यको दायित्व हुन्छ।’

दलित अभियन्ता राजेश विद्रोही मधेस आन्दोलनका बलमा आएको आरक्षणको व्यवस्थाले समाजमा सकारात्मक परिणाम देखाइरहेको बताउँछन्। ‘यो पूर्ण होइन तर थोरै भए पनि दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर सुरक्षित भएको छ,’ उनले भने। ‘आरक्षण’ व्यवस्था संरचनागत असमानताको अन्त्य नभई क्षतिपूर्ति भएको विद्रोही बताउँछन्। यो व्यवस्थालाई ऐतिहासिक विभेदको क्षतिपूर्तिभन्दा पनि अनुचित नहुने उनको भनाइ छ। ‘आरक्षणको व्यवस्थाले मधेसी समाजमा समानताको आभास दिलाउन थालेको छ। दलित समुदायका सन्तानहरू पनि स्कुल÷कलेज पढ्न थालेका छन्। फलतः सरकारी जागिरदेखि मेडिकल शिक्षा अध्ययनमा उनीहरूको उपस्थिति बढ्न थालेको छ। आरक्षण व्यवस्था नभइदिएको भए अवस्था फरक हुन्थ्यो। आरक्षणको कोटा बढाइदिए यसको कमाल समाजमा व्यापक हुने उनको भनाइ छ।

२०६३ सालअघि राज्यसत्तामा पहुँचका अधारमा संरचनागत लाभ लिनबाट सीमान्तकृत समुदाय (मधेसी, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति) वञ्चित रहँदै आएका थिए। यी समुदायमाथि संरचनागत विभेद व्याप्त थियो। यही विभेदलाई सम्बोधन गर्न मधेस विद्रोको बलमा अन्तरिम संविधान २०६३ मा आरक्षणको प्रावधान ल्याइयो। त्यसअनुरूप महिला, आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिका लागि भन्दै ६ वटा क्लस्टर छुट्ट्याएर आरक्षण लागु गरिएको थियो। त्यसका लागि निजामती ऐन २०६४ संशोधन गरिएको थियो। तर पछि निजामती सेवामा खुलाइएका दरबन्दीमध्ये ४५ प्रतिशत सिट आरक्षणतर्फ छुट्याई त्यसलाई शतप्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजाति २७ प्रतिशत, मधेसी २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांगता भएका व्यक्ति ५ प्रतिशत र पिछडिएका क्षेत्रका लागि ४ प्रतिशत भाग लगाइयो। आरक्षणको मुख्य अवधारणा ऐतिहासिक विभेदको क्षतिपूर्ति नै भएको जानकारहरू बताउँछन्।

दलित अभियन्ता राजेश विद्रोही मधेस आन्दोलनका बलमा आएको आरक्षणको व्यवस्थाले समाजमा सकारात्मक परिणाम देखाइरहेको बताउँछन्। ‘यो पूर्ण होइन तर थोरै भए पनि दलितका छोराछोरीलाई पनि डाक्टर पढ्ने अवसर सुरक्षित भएको छ,’ उनले भने।
महोत्तरीका बुद्धिजीवी चन्दन दुवे आरक्षणको व्यवस्थाले सीमान्तका लागि अवसरको ढोका खोलिदिएको छ। जसका कारण महादेव, अभय र कृतिकाजस्ता अब्बल विद्यार्थी डाक्टर बन्ने सपना पूरा गर्न सकिरहेका छन् र उनलाई पछ्याउँदै थुप्रै सीमान्तकृत युवायुवती राज्यमा पहुँचका लागि हौसिएका छन्।’ महादेव, अभय र कृतिका आरक्षणको उपयोगका लागि प्रतिस्पर्धामा खरो उत्रिन मिहिनेत पनि उत्तिकै आवश्यक भएको बताउँछन्। उनीहरू आफ्नो सफलताको जस बुवाआमा, शिक्षक, सहयोगीलाई दिन्छन्। ‘हौसला बुलन्द राखेपछि परिणाम पनि बुलन्द नै आउँछ,’ महादेव, अभय र कृतिकाको एकस्वर छ।

आरक्षणले बढाएको सहभागिता  

निजामती र नेपाल स्वास्थ्य सेवा अन्तर्गत विगत १४ वर्षमा (२०६४ देखि २०७८) लोक सेवा आयोगले ३९ हजार ९७९ जना उम्मेदवार सिफारिस गरेको छ। तीमध्ये १४ हजार ९५६ अर्थात् ३७.४० प्रतिशत आरक्षणअन्तर्गत सिफारिस भएका हुन्। समावेशी आयोगले तयार गरेको प्रतिवेदनअनुसार आरक्षितमध्ये महिला ५ हजार १६० जना अर्थात् १२.९ प्रतिशत, आदिवासी जनजाति ४ हजार ५७ जना अर्थात् १०.१४ प्रतिशत, मधेसी ३ हजार १९९ जना अर्थात् ८ प्रतिशत, दलित १ हजार ३०८ जना अर्थात् ३.२७ प्रतिशत, अपांग ६९८ जना अर्थात् १.७४ र पिछडिएको क्षेत्रका ५३४ जना अर्थात् १.३३ प्रतिशत छन्। समावेशी आयोगले प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत तहमा गरेको अध्ययनले ७७ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पदमा मधेसी समूहका चार जना (५.० प्रतिशत), आदिवासी जनजाति समूहका तीन जना (३.८९ प्रतिशत) र दलित समूहका दुई जना (२.५ प्रतिशत) रहेका छन्।  

समावेशी आयोगको अध्ययन अनुसार २०७८ चैत १ सम्म ७७ जिल्लाका प्रजिअमा खसआर्य समूहको उपस्थिति ८८.६१ र ७५३ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमा ५८.८८ प्रतिशत रहेको छ। २०७८ चैत १ सम्म ७५३ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतमा मधेसी समूहका ७४ जना (१७.४९ प्रतिशत), आदिवासी जनजाति समूहका ८१ जना (१९.१४ प्रतिशत), दलित समूहका ११ जना (२.६ प्रतिशत) र महिला समूहका आठ जना (१.८९ प्रतिशत) रहेको अध्ययनले देखाएको छ। सोही अध्ययनले प्रजिअमा खसआर्य समूहको ८८.६१ प्रतिशत र प्रमुख प्रशासकीय अधिकृतमा ५८.८८ प्रतिशत रहेको देखाएको छ।  

आरक्षण सुरू हुनुअगावै तत्कालीन सामान्य प्रशासन मन्त्रालय र योजना आयोगले गरेको अध्ययनमा राजपत्रांकित तहमा खसआर्य समूहको ७१.६ प्रतिशत उपस्थिति थियो। निजामती सेवामा आरक्षण अध्ययन प्रतिवेदन २०६३ मा आदिवासी जनजाति, मधेसी, महिला, दलित र अपांगता भएका समूह छुट्याइएको थियो। ती पाँच समूहका व्यक्तिको कर्मचारीतन्त्रमा नगण्य र कमजोर उपस्थिति रहेको प्रतिवेदनले औंल्याएको थियो। प्रतिवेदनमा पिछडिएको क्षेत्र समूह थिएन तर निजामती सेवा (दोस्रो संशोधन) ऐन पारित हुँदा पिछडिएको क्षेत्रलाई पनि ४ प्रतिशत छुट्याइयो। अध्ययन प्रतिवेदनले राजपत्रांकित अधिकृतस्तरमा बाहुन ५८.३ (४,७२१ जना), नेवार १४.२ (१,१५२ जना), क्षेत्री १३.३ (१,०८० जना), आदिवासी जनजाति (नेवारबाहेक) ३.३ (२६३ जना), दलित ०.९ (७४ जना) तथा मधेसी, मुस्लिम र मारवाडी ९.९ प्रतिशत (८०५ जना) रहेको देखाएको थियो। प्रतिवेदनको ३७ पृष्ठमा लोकसेवा आयोग, केन्द्रीय कार्यालय कमलपोखरी, २०६३ स्रोत खुलाई उल्लेख भए बमोजिम सिफारिस हुने ८६.९ प्रतिशत बाहुन र ७.६ प्रतिशत क्षेत्री रहेको उल्लेख छ।  

नेपालको कर्मचारीतन्त्रमा बाहुन–क्षेत्रीबाहेक विभिन्न जातिजाति तथा समूहहरूको न्यून उपस्थिति रहेकाले उनीहरूको संख्या क्रमशः बढाउँदै लैजान आरक्षणको व्यवस्था गर्न प्रतिवेदनले सुझाएको थियो। उक्त आरक्षण २०९३ सालसम्म अन्त्य गर्नुपर्ने प्रतिवेदनको सिफारिसमा छ। अर्थात् उक्त समयसम्म सरकारी सेवा समावेशी भइसक्ने निक्र्योल हो। तत्कालीन सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय योजना आयोगले संयुक्त रूपमा निजामती सेवामा विभिन्न समूहगत उपस्थिति अध्ययन गरी निजामती सेवामा आरक्षण अध्ययन प्रतिवेदन २०६३ बुझाएको थियो। सोही प्रतिवेदनकै जगमा निजामती सेवा (दोस्रो संशोधन) ऐन २०६४ जारी भयो। प्रथमपटक नेपालको कर्मचारीतन्त्रमा आरक्षणको नीतिले स्थान पायो। जसअनुसार महिला ३३, आदिवासी जनजाति २७, मधेसी २२, दलित ९, अपांगता ५ र पिछडिएको क्षेत्रलाई ४ प्रतिशतका दरले कुल हिस्साको ४५ प्रतिशत आरक्षणको व्यवस्था गरियो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस