न्याय खोज्दै कुखुरा व्यवसायी सडकमा: अवैध आयात र तस्करी रोक्न माग (भिडियो)
०८ भदौ २०८३
•
६ मिनेट पाठ
न्याय खोज्दै कुखुरा व्यवसायी सडकमा: अवैध आयात र तस्करी रोक्न माग (भिडियो)
पोल्ट्री व्यवसायमा संलग्न किसानहरूले बजारमा बिचौलियाको अत्यधिक चलखेल, मूल्य निर्धारणमा हुने असमानता र अवैध रूपमा कुखुरा तथा मासु आयात हुने क्रमले आफूहरू निरन्तर मर्कामा परेको गुनासो गरेका छन्।  




आफ्नै लगानी, श्रम र जोखिममा कुखुरापालन गर्दै आएका किसानले उत्पादनको उचित मूल्य नपाउँदा व्यवसायबाटै विस्थापित हुने अवस्था आएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौंको माइतीघर मण्डलामा पोल्ट्री किसानहरूले हातहातमा जिउँदा चल्ला बोकेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्। पोल्ट्री क्षेत्रका समस्या समाधान गर्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गर्दै किसानहरूले विभिन्न नारासहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी किसानहरूले ‘बिचौलिया निषेध गर’, ‘भारतीय कुखुरा तस्करी बन्द गर’, ‘साना किसानको विस्थापन रोक’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले पोल्ट्री व्यवसायमा किसानले उत्पादन गर्ने तर बजारमा मूल्य निर्धारण गर्ने अधिकार भने बिचौलियाको हातमा रहेको भन्दै यस्तो प्रणाली अन्त्य गर्न माग गरेका छन्।

नुवाकोटका किसान नवराज ढुंगाना विगत चार वर्षदेखि पोल्ट्री व्यवसायमा आबद्ध छन्। उनले करिब तीन रोपनी जग्गामा आठ लाख रुपैयाँ लगानी गरेर कुखुरापालन सुरु गरेका हुन्। व्यवसायमा निरन्तर मेहनत गरे पनि अहिलेसम्म अपेक्षित नाफा कमाउन नसकेको उनको गुनासो छ।

ढुंगानाका अनुसार पोल्ट्री व्यवसायबाट भएको आम्दानीले व्यवसाय सञ्चालन गर्न र सामान्य घरखर्च धान्न मात्र पुगेको छ। उनले भने, ‘खान लाउन मात्र ठिक्क पुगेको छ।’

कुखुरापालनमा दाना, चल्ला, औषधि, श्रम, विद्युत् तथा अन्य व्यवस्थापन खर्च निरन्तर बढिरहेको भए पनि किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको उनको भनाइ छ। बजारमा कुखुराको मूल्य बढ्दा त्यसको प्रत्यक्ष लाभ किसानले पाउन नसक्ने तर मूल्य घट्दा भने त्यसको सम्पूर्ण भार किसानले नै व्यहोर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।

पोल्ट्री किसानहरूको मुख्य समस्या उत्पादन लागत र बिक्री मूल्यबीचको असन्तुलन हो। किसानले महँगोमा दाना तथा चल्ला खरिद गरेर कुखुरा उत्पादन गर्छन्। तर बजारमा बिक्री गर्ने समयमा उनीहरूले आफ्नो लागतअनुसारको मूल्य पाउन नसक्दा लगानीसमेत जोखिममा पर्ने गरेको किसानहरूको गुनासो छ।

भिडियो हेर्नुहोस्

किसानहरूले बजारमा बिचौलियाको प्रभाव अत्यधिक रहेको आरोप लगाएका छन्। किसानबाट सस्तोमा कुखुरा खरिद गर्ने र उपभोक्तासम्म पुग्दा मूल्य बढ्ने प्रवृत्तिका कारण किसान र उपभोक्ता दुवै प्रभावित भएको उनीहरूको भनाइ छ। उत्पादन गर्ने किसान र उपभोक्ताबीचको मूल्य अन्तरबाट बिचौलिया मात्रै लाभान्वित हुने अवस्था अन्त्य गर्नुपर्ने उनीहरूको माग छ।

पोल्ट्री व्यवसायमा देखिएको अर्को ठूलो समस्या अवैध आयात तथा कुखुरा तस्करी रहेको किसानहरूले बताएका छन्। विशेषगरी सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारतीय कुखुरा तथा कुखुराजन्य सामग्री भित्रिँदा स्वदेशी किसानको उत्पादनले बजार नपाउने अवस्था सिर्जना भएको उनीहरूको दाबी छ।

स्वदेशी किसानलाई संरक्षण गर्न सरकारले अवैध आयात तथा तस्करी नियन्त्रणमा कडाइ गर्नुपर्ने उनीहरूको माग छ। किसानले ठूलो लगानी गरेर उत्पादन गरेको कुखुरा बजारमा बिक्री हुन नसक्ने तर अवैध रूपमा भित्रिएको उत्पादनले बजार ओगट्ने अवस्था रहिरहेमा नेपाली पोल्ट्री क्षेत्र संकटमा पर्ने किसानहरूको चेतावनी छ।

किसानहरूले पोल्ट्री क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन १२ बुँदे माग अघि सारेका छन्। उनीहरूको प्रमुख मागमा बिचौलिया प्रथाको अन्त्य, किसानका उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, अवैध आयात तथा तस्करी नियन्त्रण र चल्लाको ग्यारेन्टी व्यवस्था रहेका छन्।

त्यस्तै, किसानका उत्पादन सुरक्षित रूपमा भण्डारण गर्न आवश्यक भण्डारण केन्द्र स्थापना, बजार व्यवस्थापनमा सुधार तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ। पोल्ट्री व्यवसायमा लागू गरिएको ग्रेडिङ प्रणालीले साना किसानलाई थप समस्या पारेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग पनि किसानहरूले अघि सारेका छन्।

किसानहरूले आफूहरूले उत्पादन गर्ने कुखुरा तथा अण्डाको मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्। उत्पादन लागतका आधारमा न्यूनतम मूल्य निर्धारण गरिए किसानलाई लगानीको सुरक्षा हुने उनीहरूको भनाइ छ।

किसानहरूका अनुसार पोल्ट्री व्यवसाय केवल व्यक्तिगत रोजगारीको माध्यम मात्र नभई देशको कृषि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो। हजारौं किसान, श्रमिक, दाना उद्योग, औषधि व्यवसाय, ढुवानी तथा बजारसँग जोडिएको यो क्षेत्र संकटमा पर्दा त्यसको असर समग्र कृषि अर्थतन्त्रमा पर्ने उनीहरूको तर्क छ।

तर पछिल्लो समय उत्पादन लागत बढ्दै जानु, बजार मूल्यमा स्थिरता नहुनु, बिचौलियाको प्रभाव, अवैध आयात र बजार व्यवस्थापनको कमजोरीका कारण साना तथा मध्यम किसान बढी प्रभावित भएका छन्। ठूलो लगानी भएका व्यवसायीले केही समय घाटा सहन सक्ने भए पनि सीमित पूँजी भएका साना किसानका लागि लगातारको घाटा व्यवसायबाट विस्थापित हुने कारण बन्न सक्ने उनीहरू बताउँछन्।

पोल्ट्री किसानहरूले सरकारसँग राहत र संरक्षणको मागसमेत गरेका छन्। किसानले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गर्ने भएकाले घाटा बढ्दै जाँदा ऋणको भारसमेत थपिँदै जाने अवस्था रहेको उनीहरूको भनाइ छ। यस्तो अवस्थामा सरकारले सहुलियतपूर्ण कर्जा, बीमा, बजार व्यवस्थापन र उत्पादनको न्यूनतम मूल्य सुनिश्चित गर्नुपर्ने किसानहरूको माग छ।

माइतीघरको प्रदर्शनमा सहभागी किसानहरूले सरकारलाई समस्या समाधानका लागि तत्काल वार्ता र ठोस निर्णय गर्न आग्रह गरेका छन्। माग सम्बोधन नगरे आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन्।

किसानहरूको भनाइमा उनीहरू सरकारसँग कुनै विशेष सुविधा मागिरहेका छैनन्। उनीहरूले आफ्नो उत्पादनको उचित मूल्य, बजारमा निष्पक्ष प्रतिस्पर्धा र व्यवसाय सञ्चालनको सुरक्षित वातावरण मात्र खोजेका हुन्। आफ्नै जग्गा, पूँजी र श्रम लगानी गरेर उत्पादन गर्ने किसानले लागतसमेत उठाउन नसक्ने अवस्था कायम रहे नेपाली पोल्ट्री क्षेत्र दीर्घकालीन रूपमा कमजोर हुने उनीहरूको चिन्ता छ।

चार वर्षदेखि तीन रोपनी जग्गामा आठ लाख रुपैयाँ लगानी गरेर कुखुरापालन गरिरहेका नवराज ढुंगानाजस्ता किसानको अनुभवले पनि पोल्ट्री व्यवसायको वर्तमान चुनौती स्पष्ट पार्छ। व्यवसायमा निरन्तर मेहनत गर्दा पनि नाफा कमाउन नसक्नु र आम्दानीले सामान्य जीवनयापन गर्न मात्र पुग्नु किसानका लागि गम्भीर चिन्ताको विषय हो।

अब किसानले उत्पादन गर्ने, किसान नै घाटामा जाने र उत्पादन तथा उपभोक्ताबीचको मूल्य अन्तरबाट बिचौलिया मात्रै लाभान्वित हुने अवस्था कहिलेसम्म भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

किसानहरूले यही प्रश्नको जवाफ खोज्दै माइतीघरबाट सरकारलाई खबरदारी गरेका छन्। उनीहरूको एकै माग छ, ‘पोल्ट्री फार्मबाट बिचौलिया हटाऊ, किसानलाई राहत देऊ।’

माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका किसानहरूले सरकारले समयमै समस्या समाधानतर्फ ध्यान नदिए नेपाली पोल्ट्री क्षेत्रबाट साना किसानको विस्थापन अझ तीव्र हुन सक्ने बताएका छन्। किसानको लगानी, श्रम र उत्पादनको संरक्षण गर्दै पोल्ट्री क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न सरकार गम्भीर बन्नुपर्ने उनीहरूको जोड छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस