स्थानीय तहले मानेनन् सरकारकाे निर्णय
०९ वैशाख २०८३
•
४ मिनेट पाठ
स्थानीय तहले मानेनन् सरकारकाे निर्णय
नेपाल सरकारले गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत नयाँ शैक्षिक सत्र सार्ने निर्णय गरेपछि संघीय र स्थानीय तहबीच कार्यान्वयनको फरक अभ्यास देखिएको छ।




उक्त बैठकले १ वैशाखदेखि सुरु हुने शैक्षिक वर्षलाई १५ वैशाखबाट सञ्चालन गर्ने र इन्धन संकटलाई कारण देखाउँदै हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सरकारको निर्णय अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका विद्यालयहरूलाई १५ वैशाखदेखि भर्ना अभियान सञ्चालन गर्न र २१ वैशाखबाट मात्र नियमित पठनपाठन सुरु गर्न निर्देशन दिएको थियो तर कर्णालीका केही स्थानीय तहहरूले संघीय सरकारको यो निर्णय कार्यान्वयन नगर्ने भन्दै आफ्नै शैक्षिक क्यालेन्डर अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्।

जुम्लाका तातोपानी, सिँजा र कनकासुन्दरी गाउँपालिकाले संविधानले दिएको अधिकार प्रयोग गर्दै विद्यालय सञ्चालन अगावै सुरु गर्ने र आइतबारसमेत बिदा नदिने निर्णय गरेका हुन्।

कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारको निर्णय नमान्ने स्पष्ट गर्दै ७ वैशाखदेखि विद्यार्थी भर्ना अभियान सुरु गरिसकेको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष प्रेमकली बुढाका अनुसार वार्षिक पाठ्यभार पूरा गर्न कठिन हुने भएकाले आइतबार बिदा नदिने निर्णय गरिएको हो। शिक्षा शाखा प्रमुख जीवनबहादुर रोकायाले संघीय सरकारको परिपत्र स्थानीय सन्दर्भमा प्रतिकूल देखिएकाले बाध्य भएर विद्यालय सञ्चालन अघि बढाइएको बताए।

“सरकारको परिपत्रको अपहेलना गरेका होइनौं तर यहाँको अवस्थासँग मेल नखाएकाले पढाइ सुरु गरेका हौं,” उनले भने, “रहरले होइन, कहरले पठनपाठन सुरु भएको हो।”

कनकासुन्दरी गाउँपालिकामा हाल ३ बालविकास केन्द्र, ७ माध्यमिक र २० आधारभूत विद्यालय गरी ३० शैक्षिक संस्था सञ्चालनमा छन् भने पाठ्यपुस्तकसमेत विद्यालयहरूमा पुगिसकेको छ।

यस्तै सिँजा गाउँपालिकाले ८ वैशाखदेखि र तातोपानी गाउँपालिकाले १५ वैशाखदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेका छन्। तातोपानीले १४ वैशाखसम्म भर्ना अभियान सञ्चालन गर्ने र त्यसपछि कक्षा सञ्चालन गर्ने जनाएको छ। गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकबीच ३६ बुँदे कार्यसम्पादन सम्झौतासमेत गरेको छ।

शिक्षा शाखा प्रमुख सुरतबहादुर शाहीका अनुसार उक्त सम्झौताले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। तातोपानीमा सामुदायिक विद्यालय २९ वटा छन्। मावि ८ वटा छन्। सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले इन्धन बचतका लागि गरिएको निर्णय हिमाली जिल्लामा सान्दर्भिक नभएको बताए। “हाम्रा विद्यालय सञ्चालनमा इन्धनको प्रयोग हुँदैन, त्यसैले आइतबार बिदा दिनुको औचित्य छैन,” उनले भने।

संविधानको अनुसूची ८ अनुसार आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन अधिकार स्थानीय तहमा रहेकाले सोहीअनुसार निर्णय गरिएको उनको भनाइ छ। कुल २२ सामुदायिक विद्यालय छन्। आधारभूत १६ र मावि ६ वटा छन्। आधारभूत २४ वटा छन्। डोल्पाका स्थानीय तहहरूले पनि यस्तै धारणा सार्वजनिक गरेका छन्। मुड्केचुला गाउँपालिकाले हिमाली क्षेत्रको चिसो मौसम र लामो हिउँदे बिदाका कारण पाठ्यक्रम पूरा गर्न कठिन हुने भन्दै संघीय निर्णय कार्यान्वयन नगर्ने जनाएको छ।

पुसमा १५ र माघमा ३० दिन गरी ४५ दिन बिदा हुने अवस्थामा थप साप्ताहिक बिदाले शैक्षिक उपलब्धिमा असर पर्ने स्थानीय तहको निष्कर्ष छ। ठुलीभेरी नगरपालिकाले पनि १५ वैशाखबाट शैक्षिक सत्र सुरु गर्ने निर्णय अस्वीकार गर्दै १३ वैशाखदेखि कक्षा सञ्चालन गर्ने जनाएको छ।

नगर शिक्षा समितिले सबै विद्यालयमा आइतबार पनि नियमित पठनपाठन हुने जानकारी दिएको छ। यसअघि नगरपालिका संघ र गाउँपालिका महासंघले पनि संविधानअनुसार विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा निहित रहेको भन्दै भर्ना र पठनपाठन आफ्नै आवश्यकता अनुसार सञ्चालन गर्न स्थानीय तहलाई सुझाव दिएका थिए।

शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र १ सय ८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ। साथै, १ हजार २४ घण्टा पाठ्यभार पूरा गर्नुपर्ने प्रावधान छ तर साप्ताहिक दुई दिन बिदा कायम हुँदा विद्यालय खुल्ने दिन १ सय ९२ मा सीमित हुने र पठनपाठन दिनसमेत घट्ने देखिएको छ। शैक्षिक सत्र २० दिनपछि सारिँदा पाठ्यक्रम कसरी पूरा गर्ने भन्ने अन्योल शिक्षकहरूमा देखिएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस