नुवाकोटको साततले दरबार र तलेजु मन्दिरको पुनः निर्माण सुरु
१० मंसिर २०८२
•
२ मिनेट पाठ
नुवाकोटको साततले दरबार र तलेजु मन्दिरको पुनः निर्माण सुरु
नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुनःनिर्माण आजदेखि औपचारिक थालनी गरिएको छ।




तलेजु र साततले दरबारको भूकम्पले क्षतिग्रस्त बनेका संरचना हटाई नयाँ निर्माण प्रारम्भ गर्नुअघि जग सतहको आज पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसहित सरोकारवालाबाट ‘भूमिको क्षमा पूजा’ गरेर पुनःनिर्माण कार्य प्रारम्भ गरिएको हो।

विसंं २०७२ वैशाख १२ को गोरखा भूकम्पले क्षति पुर्‍याएको तलेजु मन्दिरको संरचना पूर्ण रूपमा हटाई जग निर्माण थालिएको छ भने दरबारको सात तलामध्ये पाचौँ तलासम्म हटाइएको छ।

प्राविधिक अध्ययनअनुसार थप संरचना हटाउँदै लगिने पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले जानकारी दिए।

उनको अनुसार नेपाल सरकार (पुरातत्व विभाग) सँग भएको सम्झौताअनुसार निर्माणको जिम्मेवारी लिएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ ले पहिलो चरणमा ती दुई संरचनाको निर्माणका लागि जगसतहको निर्माण थालिएको विभागका महानिर्देशक प्रधानाङ्गले जानकारी दिए।

पुनःनिर्माण कार्य प्रारम्भमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसहित जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो।

दश वर्षअघि गएको भूकम्पले क्षति पुर्‍याएको साततले दरबारसहितको संरचना निर्माणको कार्य ढिलो भएरसँगै अन्योल रहेको पुनः निर्माणले अब थप तीव्रता पाउने विदुरका प्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे।

दरबार पुनःनिर्माणका लागि चिनियाँ प्राविधिकको मागअनुसार विदुर नगरपालिकाले पानी, विद्युत् आपूर्ति, भण्डारणस्थल, पहुँचमार्गको निर्माणमा सहयोग पुर्‍याएको छ।

भूकम्पपछिको पुनःनिर्माण सहयोगअन्तर्गत चीन सरकारसँग विसंं २०७६ जेठमा भएको सहमतिअनुसार भूकम्पले क्षति पुगेका यहाँका आठ वटा धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका संरचना चीन सरकारले निर्माण गर्ने उल्लेख छ।

त्यसका लागि चिनियाँ कम्पनीले ४५ महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, काम सुरु नहुँदै निर्धारित समय सकिएकाले नयाँ सम्झौतामा सोही अवधि नै निर्धारण गरिएको छ।

पहिलो चरणमा एक वर्षभित्र तलेजु मन्दिर र साततले दरबारको निर्माण सम्पन्न गर्ने र बाँकी संरचनाको पुनःनिर्माण दोस्रो चरणमा गर्ने समझदारी भएको छ।

सोहीअनुसार दरबार परिसरमा रहेका गारदघर, रङ्गमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरका लामपाटी र शीतलपाटीलाई दोस्रो चरणमा निर्माण गर्ने उल्लेख छ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय गरेपश्चात् साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ। काठमाडौं उपत्यकामाथि विजयी हुनुअघिसम्म सोही दरबारबाट प्रशासनिक कामकाज सञ्चालन गरेका थिए। उक्त दरबारलाई नेपालमा गणतन्त्र स्थापना भएसँगै ‘नुवाकोट दरबार सङ्ग्रहालय’ मा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो।

पृथ्वीनारायण शाहले तत्कालीन समयमा प्रयोग गरेको लत्ताकपडा, पलङ, ओछ्यान, युद्धकौशलका सामग्री, पृथ्वीनारायण शाहसहित दुई रानीका प्रतिमालगायतका पुरातात्विक सामग्रीसहितको साततले दरबारलाई विश्व सम्पदा सूचीमा प्रस्ताव गरिएको छ।
अर्को समाचार
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
१० मिनेट अघि
•
१ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
कपिलवस्तु । २४ घण्टे अल्टिमेटमलगत्तै लुम्बिनी विकास कोषले निषेधित क्षेत्रमा रहेका पसल र टहराहरू शनिबार हटाएको छ।




शुक्रबार कोषले २४ घण्टे समयसीमा दिएर निषेधित क्षेत्रका पसलहरू खाली गर्न सूचना जारी गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो।

गुरुयोजना क्षेत्रअन्तर्गत पर्ने पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा राखिएका पसलहरू हटाइएको हो। लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व, पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्नुका साथै गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चालिएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीको पवित्रता र मौलिक स्वरूप संरक्षणका लागि कोषले थालेको यस कदमलाई गुरुयोजना क्षेत्र व्यवस्थित बनाउन चालिएको कदमका रूपमा जनाइएको छ। आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल राख्न नपाइने र सूचनाविपरीत पसल सञ्चालन गरी राखिएका सामान हटाउन अटेर गरेमा प्रचलित कानुन तथा प्रक्रियाबमोजिम सामान जफत गरिने कोषले चेतावनी दिएको छ।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस