निर्यात हुन लागेको काँचो स्याउ प्रहरीकाे नियन्त्रणमा : सिफारिसमै अनियमितता
१८ साउन २०८३
•
३ मिनेट पाठ
निर्यात हुन लागेको काँचो स्याउ प्रहरीकाे नियन्त्रणमा : सिफारिसमै अनियमितता
वर्षौंदेखि गुणस्तरको पहिचान बोकेको जुम्ली स्याउ फेरि एकपटक काँचै अवस्थामा जिल्ला बाहिर निकासी हुन थालेपछि प्रशासनले कडाइ सुरु गरेको छ।




सुर्खेत र नेपालगञ्जका बजारतर्फ लैजाँदै गरिएको १ सय ८० कार्टुन स्याउ रारा प्रहरी चौकीले नियन्त्रणमा लिएपछि गरिएको प्राविधिक परीक्षणले सबै स्याउ एउटै गुणस्तरका नभएको देखाएको छ। परीक्षणमा अधिकांश स्याउ बजार पठाउन योग्य भए पनि केही कार्टुनमा न्यून गुलियोपना भेटिएपछि गुणस्तर नपुगेका स्याउ तत्काल निकासी नगर्ने निर्णय गरिएको छ।

जिल्लामा काँचो स्याउ बाहिर जान नदिने निर्णय कार्यान्वयन गर्दै रारा प्रहरी चौकीले स्याउ नियन्त्रणमा लिएको हाे। त्यसपछि जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीको नेतृत्वमा कृषि प्राविधिक टोली खटाइयो। कृषि विकास कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका कृषि शाखा, तिला गाउँपालिका कृषि शाखा, प्रहरी प्रशासन, स्थानीय कृषक, व्यापारी तथा अन्य सरोकारवालाको रोहवरमा प्रत्येक कार्टुनको नमुना परीक्षण गरिएको थियो।

कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार रिफ्र्याक्टोमिटरमार्फत् गरिएको परीक्षणमा १ सय ५० कार्टुन स्याउको गुलियोपना १२ प्रतिशतभन्दा माथि भेटियो। तर ९ कार्टुन स्याउ तथा केही स्थानीय जातका रेड डेलिसियस र रोयल डेलिसियस स्याउमा गुलियोपना ७ देखि ८ प्रतिशत मात्रै मापन भयो।सूचना अधिकारी धामीले भने, ‘स्याउ नपाक्दै निर्यात हुन थालेपछि प्रहरीले रोकेको हो।’

उनका अनुसार बजार निकासीका लागि कम्तीमा ११ प्रतिशत वा सोभन्दा माथि गुलियोपना भएको स्याउलाई मात्र उपयुक्त मानिन्छ। यही आधारमा मापदण्ड पूरा गरेका १ सय ५० कार्टुन स्याउ समन्वय गरेर बजार पठाउने र गुणस्तर नपुगेका स्याउ भण्डारणमा राख्ने निर्णय गरिएको हो। जिल्लामा पटकपटक काँचो स्याउ बाहिरिएपछि जुम्ली स्याउको गुणस्तर, बजार छवि र उपभोक्ताको विश्वासमाथि प्रश्न उठ्दै आएको छ।

पाकेको स्याउ मात्र निकासी गर्न पटकपटक आग्रह गरिए पनि किसान र व्यापारीले नपाकेको स्याउ बजार पठाउन खोजेपछि यस वर्ष प्रशासनले निगरानी अझ कडा बनाएको हो।मापदण्डअनुसार गुलियोपना नभएको स्याउ प्रहरी प्रशासन, कृषि प्राविधिक, व्यापारी र स्थानीय किसानको रोहवरमा सवारीसाधनबाट उतारेर भण्डारण गरिने भएको छ।

धामीका अनुसार आवश्यक परिपक्वता र गुणस्तर प्राप्त नगरेसम्म ती स्याउ बजार पठाइने छैनन्। प्रहरीले कार्टुन खोलेर हेर्दा स्याउ काँचो देखिएपछि जिल्लाको पूर्वनिर्णयअनुसार निकासी रोकिएको थियो। प्राविधिक टोलीले प्रत्येक कार्टुनको स्याउ परीक्षण गर्दा तीमध्ये केही स्याउ चन्दननाथ नगरपालिका–८ र ९ बाट ल्याइएको खुलेको छ।

घटनाले अर्को गम्भीर पक्ष पनि उजागर गरेको छ। अब कृषि प्राविधिकको सिफारिसबिना स्याउ निर्यात गर्न नपाइने गरी निर्णय प्रक्रिया अघि बढाइएको छ। स्थानीय तहबाट हुने मनोमानी सिफारिसकै कारण हरेक वर्ष काँचो स्याउ बजार पुग्ने गरेको कृषि विकास कार्यालयको निष्कर्ष छ। सूचना अधिकारी धामीले भने, ‘स्याउको निर्यात सिफारिसमा स्याउको मात्रा लुकाउने गरेको देखियो। जसले यहाँको उत्पादनको मात्रा निकाल्न पनि समस्या भयो।

’प्रहरीले नियन्त्रणमा लिएको काँचो स्याउसँगै रहेका कागजातले पनि अनियमितताको संकेत गरेका छन्। एउटै खेपका लागि दुईवटा फरक सिफारिस भेटिएका थिए। एउटा सिफारिसमा ६० कार्टुन र अर्कोमा ४० कार्टुन उल्लेख थियो। तर वास्तविक रूपमा १ सय ८० कार्टुन स्याउ निकासी भइरहेको भेटिएको थियो।

यसपछि कृषि विकास कार्यालयले स्थानीय सरकार र जनप्रतिनिधिलाई जिम्मेवार ढंगले सिफारिस जारी गर्न आग्रह गर्दै स्याउ निकासी प्रक्रियालाई थप पारदर्शी र मापदण्डमा आधारित बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२१ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस