रवीन्द्र सहिद घोषित आज दाहसंस्कार
२७ साउन २०८३
•
३ मिनेट पाठ
रवीन्द्र सहिद घोषित आज दाहसंस्कार

सरकारले सुनसरी देवानगन्ज– ३ को कप्तानगन्जमा भएको घटनामा मृत्यु भएकालाई सहिद घोषणा गरेको छ। सुनसरीबाट सुरु भएको आन्दोलनले उग्ररूप लिँदा सिरहामा मृत्यु भएका अर्का एकजनालाई पनि सहिद घोषणा गरिएको छ। सहिद घोषणासँगै पीडित पक्षले गर्दै आएको आन्दोलन स्थगित हुने भएको छ।

देवानगन्जमा साउन १० गते भएको दुई पक्षीय झडपबाट सुरु भएको हिंसात्मक घटनामा घाइते भएर मृत्यु भएका २५ वर्षीय ओमप्रकाश मेहता, २१ वर्षीय जयप्रकाश मेहता र १९ वर्षीय रवीन्द्र मेहतालाई सरकारले मंगलबार सहिद घोषण गरेको हो। यस्तै सिरहामा मृत्यु भएका गणेशकुमार यादवलाई पनि सहिद घोषणा गरिएको छ।

सरकारले मृतकलाई सहिद घोषणा गरेसँगै पीडित पक्षले गर्दै आएको आन्दोलन पनि स्थगित हुने भएको छ। ‘सरकारले गरेका सहमति सबै कार्यान्वयन हुनेमा म विश्वस्त छु, अब कुनै पनि प्रकारको आन्दोलन गर्नु आवश्यक छैन, हुँदैन’, संघीय सरकारसँग सहमति गर्दा रोहबरमा बसेका देवानगन्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले भने।

मृतक रवीन्द्रका आफन्तले सहिद घोषणा नगरेसम्म र दोषीलाई कारबाही नगरेसम्म कुनै पनि हालतमा शव नबुझ्ने अडान लिएका थिए। त्यही भएर साउन १९ गते मृत्यु भएका रवीन्द्रको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमै राखिएको थियो। पटकपटक गृहमन्त्री सुदन गुरुङसँग साउन १९ गतेदेखि हुँदै आएको वार्ता सोेमबार मात्र सहिद घोषणा गर्ने वचनपछि सातबुँदे सहमति भएको थियो। सहमतिसँगै मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सहिद घोषण गरेको हो।

गृहमन्त्री गुरुङले पहिलो चरणमा गरेको सहमतिबाहेक नयाँ देवानगन्ज– ३ मदर्साको कानुनी हैसियत तथा सम्बन्धित विषयमा तत्काल छानबिन प्रारम्भ गर्ने समेटिएको छ। साथै, नयाँ सहमतिमा घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू कानुनबमोजिम कार्यान्वयन गरिने पनि समेटिएको छ। सरकारले घटनालगत्तै छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा समिति बनाएको थियो। समितिले एक साताभित्र प्रतिवेदन बुझाउने भने पनि अहिलेसम्म बुझाएको भने छैन।

गृहमन्त्री गुरुङले पहिलोपल्ट साउन १४ गते राति देवानगन्ज घटनाका मृतकमध्ये ओमप्रकाश र जयप्रकाशका अभिभभावकसँग दुवैजनालाई सहिद घोषणा प्रक्रिया अघि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने सहमति भएको थियो। साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने तथा परिवारका एकएकजना सदस्यलाई रोजगारीको अवसर दिने पनि सहमति भएको थियो। पछिल्लोपटक सोमबार पनि अघिल्लोपटककै सहमति कार्यान्वयन गर्नेसहित नयाँ थप दुईवटा सहमति भएको थियो।

सहमतिअनुसार मृतक परिवारका सदस्यलाई जागिर दिनसरकारलाई नाम उपलब्ध गराइसकेको देवानगन्ज गाउँपालिका अध्यक्ष मेहताले बताए। उनका अनुसार एकै दिनमा सबै काम सम्भव नभएकाले मृतकका परिवारलाई जागिर उपलब्ध गराउन नाम उपलब्ध गराइसकिएको छ। अरू घाइतेमध्ये तीनजना अमित यादवको काठमाडौं ट्रमा सेन्टर र विराटनगरमा दुईजना हरेराम यादव तथा मिथलेश मेहताको उपचार भइरहेको गाउँपालिका अध्यक्ष मेहताले बताए।

कप्तानगन्ज घटना प्रकरणमा प्रहरीले तीन दिनअघि नै घटनामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। पक्राउ परेका सबैको नाम गोप्य राखिएको छ। घटना संवेदनशील भएकाले सबैको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काले बताए।




अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
१ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस