बर्दियाको गेरुवा गाउँपालिकास्थित बस्तीमा पसेर आतंक मच्चाउँदै आएको एउटा वयस्क पाटे बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ। एक साताअघि मात्रै सोही क्षेत्रबाट अर्को बाघ पक्रेको निकुञ्जले सोमबार बिहान पुनः अर्को भाले बाघलाई खोरमा हालेको हो।
केही समययता गेरुवा गाउँपालिका-४ को बस्तीमा पसेर यस बाघले निरन्तर घरपालुवा पशु चौपायालाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए।
बस्तीमा पल्केको बाघबाट थप क्षति नहोस् भन्ने उद्देश्यले यसलाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक कुमार रामले जानकारी दिए।
प्रमुख संरक्षण अधिकृत डा. रामका अनुसार, नियन्त्रणमा लिइएको उक्त बाघलाई अहिले निकुञ्जको रम्मापुर सेक्टरमा राखिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले नियन्त्रणमा लिइएको बाघ अन्दाजी ७ वर्षको वयस्क भाले रहेको पुष्टि गरेका छन्। बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो।
निकुञ्जका अनुसार यसअघि गत भदौ २ गते पनि गेरुवा-४ बाटै अर्को एउटा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा लिइएको थियो। योसँगै हालसम्म निकुञ्जले ७ वटा समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिई उद्धार केन्द्रमा राखेको जनाएको छ।