सडकको खाल्टाखुल्टीले नागरिकलाई हैरानी
२० साउन २०८२
•
४ मिनेट पाठ
सडकको खाल्टाखुल्टीले नागरिकलाई हैरानी
बागलुङ नगरपालिका-२ क्याम्पसगेट चोकमा खाल्टामा जमेको पानी। तस्बिरः संगम/नागरिक
बागलुङ बजारको विभिन्न ठाउँमा भएको खाल्टाखुल्टी यहाँको नागरिकले सास्ती व्यहोर्न बाध्य भएका छन्। ठाउँ ठाउँमा भएको सडकको खाल्टाले स्थानीय व्यवसायीदेखि पैदलयात्रीले दुःख खेप्न बाध्य भएका छन्।




बागलुङ बजारको उपल्लो क्याम्पसगेट, बाल मन्दिर गेट, धौलागिरिचोक, बागलुङ नगरपालिका अगाडि, हल्लनचोकदेखि बुद्धचोक, लायन्सचोकदेखि शिवधाराचोक लगायतका ठाउँमा भएको सडकको खाल्टाले स्थानीयलाई दुःख दिएको छ। नागरिकले दुःख पाए पनि वडा कार्यालय र नगरपालिका कार्यालयले बेवास्ता गरिरहेको उनीहरूको गुनासो छ।

‘पानी पर्‍यो कि खाल्टामा पानी जम्छ, गाडी आयो भने पसलभित्रैसम्म पानीले छ्याप्छ,’ बागलुङ नगरपालिका-२ क्याम्पस गेटमा मोबाइल पसल सञ्चालन गरी बस्ने रामु पौडेल भन्छन्, ‘ठूला मान्छेहरू यही बाटो गाडीमा हिँड्छन्। उनीहरूलाई हिलो छ्याप्ने भए थाहा पाउँथे। हाम्रो दुःख कस्ले देख्छ र?’ सडकको खाल्टोमा जमेको पानीले पैदलयात्रीलाई पनि धेरै नै सास्ती दिएको उनले बताए।  

‘बागलुङको व्यस्त चोक हो, क्याम्पस जाने र अन्य कामले पनि यो बाटो ओहोर दोहोर गर्ने धेरै हुन्छन्,’ पौडेलले भने, गाडी र बाइक आउँदा पानीले हिलो छ्याप्दा पैदल यात्रा गर्नेलाई निकै सास्ती भएको छ। हामी पसल गर्नेहरूलाई त सधैंको समस्या भैहाल्यो।’ अलि ठूलो पानी पर्‍यो कि सडकभरि भेल आएर बाटो काट्नै नसक्ने अवस्था हुने गरेको उनको गुनासो छ।

‘खाल्टोमा जमेको पानीले दिएको दुःख एकातिर छ, अर्कोतिर पानी पर्दा बाढी नै आउँछ यो सडकमा,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गबाटै आउने भेल जम्मा भएर आउँदो रहेछ। पसलभित्रै बाढी पस्न खोज्छ। नालीको सही व्यवस्थापन नहुँदा पनि हामीले दुःख पाएका छौं।’ पटक-पटक सम्बन्धित निकायमा जानकारी गराए पनि समस्या जस्ताको त्यस्तै रहेको स्थानीय जीवन शर्मा बताउँछन्।  

‘खाल्टाखुल्टीले पारेको समस्याबारेमा हामीले वडा कार्यालय, नगरपालिका सम्बन्धित सबैलाई जानकारी गराएका छौं,’ शर्मा भन्छन्, ‘समस्याको जस्ताको त्यस्तै छ। हामी आफैँले ढुङ्गा गिटी हालेर टाल्ने प्रयास पनि गर्‍यौं। तर सम्भव नहुने रहेछ केही दिनमै उस्तै हुन्छ।’ खाल्टाखुल्टीले त्यहाँ वरपर व्यवसाय गर्नेहरूलाई धेरै नै मर्का पारेको उनको भनाइ छ। ‘बर्खाको समयमा ताल पोखरी बनेर सडक बसेको हुन्छ,’ उनी भन्छन्, ‘पसलमा आउने ग्राहकहरू पनि पानी तर्किँदै हिँड्दा व्यवसायमा पनि प्रभाव परेको छ। व्यवसायी मर्कामा छन्।’  

लायन्स चोकदेखि शिवधारा चोकतर्फ जाने सडकमा भएको खाल्टाखुल्टीले पटक पटक दुर्घटना समेत घटाएको स्थानीय व्यवसायी शशी भट्टराई बताउँछन्। ‘सडक साँघुरो छ, त्यसैमा बीचैमा खाल्टा छन्,’ उनले भने, ‘आकाशबाट दैनिक पानी परेको छ। दोहोरो सवारी पास हुँदा दुर्घटना समेत हुने गरेको छ। साइड दिन खोज्दा थुप्रै पटक मोटरसाइकल पल्टिएको छ।’ सडकमा गुड्ने सवारी साधनले सडकमा जमको पानी छ्याप्ने गरेको उनको गुनासो छ।

‘पानी जमेपछि बाटोसम्मै जस्तो देखिन्छ, तीब्र गतिमाआउने बाईक र गाडीले पानी छ्यापेर पसलमा बस्दा मेरो अनुहारमै पानी छ्यापियो,’ उनी भन्छन्, ‘पटक पटकभन्दा पनि कसैले ध्यान दिँदैनन्। दुःख हामीले भाग्नु परेको छ।’ पटक पटक सरोकारवाला निकायमा जानकारी गराउँदा पनि समाधान नभएपछि आफैँहरूले घर अगाडिको खाल्टो टाल्ने गरेको धौलागिरि चोकका अगमकुमार पालिखे बताउँछन्।  

‘बाल मन्दिरचोकदेखि धौलागिरिचोक र लालीगुराँसचोक क्षेत्रमा स्थानीयले नै खाल्टा पुर्ने काम गरेको छन्,‘ मेरो पसल अगाडि ठूलो समस्या भएपछि म आफैँले खाल्टा टालेको थिएँ। सडक मर्मत गर्नुपर्ने वडा कार्यालय, नगरपालिकाले ध्यान दिँदैनन्।’ आफूहरूले गिटी बालुवा हालेर सिमेन्ट समेत प्लास्टर गरेर टाले पनि दीर्घकालीन नभएको उनको भनाइ छ। ‘कालोपत्र गरेको ठाउँमा सिमेन्ट हालेर टाल्दा पनि नहुने रहेछ,’ उनले भने, ‘बनाएको केही समयमा फेरि आफैँ उक्किन्छ।’  

बागलुङ नगरपालिका-२ का वडा सदस्य विदेशकुमार श्रेष्ठ भने अलि बढी समस्या भएको ठाउँमा खाल्टाखुल्टी पुर्ने र सडक मर्मत गर्ने गरी सडक बोर्डले काम थालेकाले आफूहरूले यो काम नगरेको बताए। ‘सडक बोर्डले काम थालेकाले हामी पनि गर्दा दोहोरोपन हुने भएकाले अहिले हामीले यो कामलाई थाती राखेका छौं,’ उनले भने, ‘सडक बोर्डले जिम्मा लिएको काम छिटो गरिदिए सबैलाई राहत हुन्थ्यो।’  

सडक बोर्ड मार्फत झण्डै एक करोड रुपैयाँको टेन्टर निक्लेर काम अगाडि बढेको उनले बताए। श्रेष्ठले काम अगाडि बढेको बताए पनि सडकमा अहिले नागरिकको सास्तीमा भने कमी आएको छैन। सडक बोर्ड मार्फत असारमा उपल्ला चौर आर्मी क्याम्प अगाडि, बागलुङ नगरपालिका कार्यालय अगाडि र हल्लनचोकदेखि बुद्धचोकसम्मको केही काम भएपछि अहिले अस्तव्यस्त अवस्थामा छ।

असारमा सडक भत्काएर केही ठाउँमा बेस राख्ने काम गरे पनि अहिले निरन्तर पानी पर्दा सवारी साधनले खाल्टाखुल्टी पारेका छन्। त्यसले झन् धेरै दुःख दिएको छ। बागलुङ नगर उपप्रमुख राजु खड्काले सडक बोर्डले जिम्मा लिएका क्षेत्रहरूको काम सकिएपछि अन्य क्षेत्रमा नगरपालिकाले सडक मर्मत र खाल्टा टाल्ने कामलाई अगाडि बढाउने बताउँछन्।

‘अलि धेरै समस्या भएको ठाउँहरू ट्राफिक चोक-आवारोड, हल्लनचोक-बुद्धचोक र उपल्लचौर आर्मी क्याम्पस क्षेत्रको काम सडक बोर्डले लिएकोले त्यो काम सकिएपछि बाँकी रहेको क्षेत्रमा हामीले सडक मर्मतको कामलाई अगाडि बढाउँछौं,’ उनले भने, ‘गत वर्ष नै मर्मत गर्नुपर्ने केही ठाउँहरूमा बजेट अभावले काम गर्न नसक्दा झन् धेरै मसस्या भएको छ। हामीले दशैंसम्म मर्मतको काम अगाडि बढाउँछौं।’ 

बजार भित्रसंगै पञ्चकोटको सडक मर्मतका लागि पनि यस पटक बजेट विनियोजन गरेको उनले बताए। वर्षा सुरु भएर दैनिक पानी परेकाले अहिले सडक बोर्डको काम रोकिएको र घाम लाग्न थालेपछि काम अगाडि बढ्ने उनले जानकारी दिए।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
५३ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस