‘राजमार्गमा गुणस्तरहीन खाना’
३० असोज २०८३
•
३ मिनेट पाठ
‘राजमार्गमा गुणस्तरहीन खाना’

राजमार्ग क्षेत्रका अधिकांश होटलहरूमा खानेकुरा गुणस्तरीय नभएको अनुगमनबाट पाइएको छ। राजमार्गका होटलहरू खाना खानका लागि उत्तम नभएको र विरलै मात्र उत्तम रहेको सरकारी टोलीले गरेको अनुगमनबाट पाइएको हो।

सरकारी टोलीले पटकपटक गरेको अनुगमनमा अधिकांश होटलका खाना सामान्य स्तरको पाइएको छ। अनुगमनका क्रममामा खाना खानका उत्तम होटल अत्यन्त कम पाइएको टोलीका सदस्यले बताएका छन्।

सरकारी अनुगमन टोलीले बुधबार धादिङ र चितवन खण्डमा १७ वटा होटलमा अनुगमन गरेको थियो। त्यसमध्ये एउटा होटेल अतिउत्तम र अर्को एक होटल उत्तम अवस्थाका भेटिए। अन्य सबै होटल खानाको गुणस्तकार हिसाबले सामान्य देखिए।

चाडपर्वका बेला राजमार्गका होटलहरूमा खाना खानेको चाप बढ्छ। यही मौकामा अधिकजसो होटलले खानामा स्वच्छता र गुणस्तरको ख्याल गर्दैनन्। यात्रुलाई गुणस्तर नभएका  खाना खुवाउँछन्।

राजमार्ग क्षेत्रका होटल/रेष्टुरेन्टले बासी, झिंगा भन्केको र न्यूनतम गुणस्तरका खाना खान दिने र चर्को मूल्य लिने गरेको व्यापक जनगुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङ र चितवन खण्डका होटल तथा रेस्टुरेन्टको अनुगमन गरी खाद्य स्वच्छता स्तरीकरण गरेको छ।

विभागले अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी राजमार्गका होटललाई चार श्रेणीमा बाँडेको छ। विभागले खाद्य स्वच्छताका आधारमा अतिउत्तमलाई ३ तारा हरियो, उत्तमलाई २ तारा हरियो, सन्तोषजनकलाई १ तारा हरियो र सामान्यलाई पहेंलो स्टिकर दिन्छ।

राजमार्गका सबै होटल/रेस्टुरेन्टलाई तोकिएको स्वच्छता मापदण्ड कडाइका साथ पालना गर्न र यात्रुको स्वास्थ्यमा खेलबाड नगर्न विभागले सार्वजनिक रूपमै चेतावनी दिँदै आएको छ। विभागले गुणस्तर कायम राख्ने भने पनि होटल तथा रेस्टुरेन्टहरूले बेवास्ता गर्दै आएका छन्।

कानुनी व्यवस्था

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा खाद्य स्वच्छता तथा गुणस्तरका विषयमा विभिन्न मापदण्ड तोकिएका छन्। अनुगमनका क्रममा गुणस्तरीहन र दूषित खाद्यवस्तु भेटिए सजायको व्यवस्था पनि गरिएको छ। सजाय गर्ने व्यवस्था भने फरक–फरक गरिएको छ। गुणस्तरहीन खाद्यवस्तुको तुलनामा दूषित खाद्यवस्तु भेटिए होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई बढी सजाय हुन्छ।

गुणस्तरहीन खाद्यवस्तु भेटिए यसको सुनवाइ सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गर्छन्। दूषित खाद्यवस्तु भेटिए मुद्दा सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा चलाउने व्यवस्था छ। दूषित खाद्यवस्तु बिक्रीवितरणमा होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई जेल सजायसमेत हुन्छ।

ऐनमा सडेगलेको, फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको वा तयार पारिएको, मानव उपभोगका लागि अनुपयुक्त हुने गरी केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशुपन्छी वा हानिकारक वनस्पतिबाट बनेको, मानव स्वास्थ्यलाई असर गर्ने रोगकारक सूक्ष्म जीवाणु वा हानिकारक तत्व वा रसायनको मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भएको खाद्यान्न उत्पादन, प्रशोधन, निकासी पैठारी, सञ्चय राख्न वा बिक्री वितरण गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ।

यसैगरी जीवनाशक विषादीको अवशेष, पशुजन्य औषधिको अवशेष, जीवाणुजन्य विष, प्राकृतिक वा कृत्रिम विषजन्य पदार्थ (टक्सिन), हर्मोन वा मनोद्दीपक (साइकोट्रपिक) रसायनको प्रयोग गरेको, तत्कालीन वा दीर्घकालीन असर पुर्‍याउन सक्ने तोकिएको अधिकतम सीमाभन्दा बढी विकीरणयुक्त खाद्यसामग्री पनि बिक्रीवितरण तथा उत्पादन गर्न नमिल्ने व्यवस्था ऐनमा गरिएको छ।

यसैगरी ढाँटी वा झुक्याई खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी पैठारी सञ्चय, ढुवानी वा बिक्रीवितरणका लागि राख्न वा बिक्रीवितरण गर्न वा गराउन हुँदैन भनी ऐनमा स्पष्ट व्यवस्था गरिएको छ। कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा अखाद्य पदार्थ वा न्यून गुणस्तरको खाद्य पदार्थ मिसावट गरी उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई, बिक्रीवितरण तथा उत्पादन गर्न नपाउने व्यवस्था कानुनमा छ।

खाद्यसामग्री उत्पादन गर्दा सर्वसाधारणले बुझ्ने गरी नेपालभित्र उत्पादन भएका खाद्य पदार्थ भए उत्पादक तथा प्रशोधनकर्ताले र निकासी वा पैठारी गरिने खाद्य पदार्थ भए निकासी वा पैठारीकर्ताले नेपाली वा अंग्रेजी भाषामा लेख्नुपर्नेछ व्यवस्था ऐनमा छ। ऐनमा लेखिएको छ, ‘नेपाली वा अंग्रेजी भाषाका अतिरिक्त अन्य कुनै भाषामा पनि त्यस्तो विवरण लेख्न सकिने छ।’




अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस