विश्वकै उच्च स्थानको छुमचौर जिउलोमा रोपाइँ, हराउँदै मार्सी पहिचान
११ जेष्ठ २०८३
•
२ मिनेट पाठ
विश्वकै उच्च स्थानको छुमचौर जिउलोमा रोपाइँ, हराउँदै मार्सी पहिचान
जुम्लाको समुद्री सतहदेखि करिब दुई हजार ८ सय ५० मिटर उचाइमा फैलिएको छुमचौर जिउलो यतिबेला फेरि हरियो बन्न खोज्दैछ। हिलोमा खुट्टा गाडेर किसानहरू मार्सी धान रोपिरहेका छन्। तर यो रोपाइँ मात्र होइन, हराउँदै गएको पहिचान जोगाउने संघर्ष बनेको छ।




विश्वकै उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान कुनै सामान्य बाली होइन। छुमचौर जिउलोमा आइतबार फेरि रोपाइँ सुरु भयो। महिलाका हात हिलोमा चलिरहेका थिए, पुरुषहरू बीउ उखेलेर रोपाहारलाई दिइरहेका थिए, खेतभरि पुराना असारे भाका गुञ्जिरहेका थिए। यो जुम्लाको इतिहास, पहिचान, स्वाद, संस्कृति र हिमाली जीवनको जीवित किंवदन्ती हो। पञ्चायतकालमा यही मार्सी चामल हुलाकमार्फत राजामहाराजासम्म पुग्थ्यो। अहिले पनि स्वदेशदेखि विदेशसम्म यसको माग उच्च छ। तर उत्पादन घट्दो छ, खेत बाझिँदै छन्, किसानको भरोसा टुट्दै गएको छ।

पातारासी गाउँपालिका–३ छुम गाउँकी ललिता बुढा हिलोमा धान रोप्दै गर्दा भन्छिन्, ‘मार्सी हाम्रो चिनारी हो, तर अब किसानको मन मरेको छ।’ उनका अनुसार मरुवा रोग, असिना, बेमौसमी वर्षा र दाना झर्ने समस्याले किसानलाई निराश बनाएको छ। खेतमा मेहनत धेरै, उत्पादन कम भएपछि धेरै किसानले मार्सी छोडेर आलु, सिमी, मकै, कोदो र कागुनोतर्फ लागेका छन्। कहिल्यै लहलहाउने छुमचौरका फाँट अहिले सीमित खेतमा मात्र हरियाली देखिन्छ। पछिल्लो समय अधिकतम १५–२० वटा खेतमा मात्रै मार्सी रोपाइँ हुने गरेको स्थानीय बताउँछन्। बाँकी जमिन क्रमशः खाली हुँदै गएको छ।

उत्पादनले घर धान्न नसकेपछि यही मौसममा धेरै किसान यार्सा टिप्न पाटनतिर उक्लिन्छन्। यसले खेतीप्रतिको आकर्षण झन् कमजोर बनाएको छ। किसानहरू भन्छन्, ‘मार्सीले अब पेटभन्दा बढी सम्झना धानिरहेको छ।’ किसानहरूले निरोगी बीउ, आधुनिक प्रविधि र विशेष बजेटको माग गरिरहेका छन्। उनीहरू छुमचौरलाई कृषि पर्यटन क्षेत्र घोषणा गरेर व्यवस्थित संरक्षण गर्नुपर्ने बताउँछन्। स्थानीयको बुझाइमा मार्सी धान जोगाउनु खेती जोगाउनु होइन, जुम्लाको मौलिक सभ्यता जोगाउनु हो।

पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले मार्सी धानको जगेर्ना सबैको साझा दायित्व भएको बताए। ‘माग उच्च छ, मूल्य राम्रो छ। अब गुणस्तरीय उत्पादन र आधुनिकीकरणमा जानुपर्छ,’ उनले भने। यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाले पनि छुमचौरलाई ‘मार्सी पकेट क्षेत्र’ बनाएर विशेष योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।

चन्दननाथ–१ र ३ जात सिफारिस भइसकेका छन् भने मार्सी–१८, २० र २२ परीक्षणको चरणमा छन्। कृषि कार्यालयका अनुसार यस वर्ष ६ हजार १ सय २५ मेट्रिक टन उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो। तर खेती क्षेत्र भने घटेर २ हजार ८८ हेक्टरमा सीमित भएको छ। संख्या बढे पनि वास्तविक चुनौती खेत जोगाउने हो। किनकि खेत बाँझिएपछि अन्न हराउँदैन, पुस्तौँदेखि बाँचिरहेको सभ्यता पनि हराउन थाल्छ।

छुमचौर यतिबेला फेरि रोपाइँको गीतमा गुञ्जिएको छ। तर ती गीतभित्र किसानको चिन्ता पनि छ। बुढापाकाहरू भन्छन्, अहिले जोगाउन सकिएन भने, विश्वकै उच्च स्थानमा फल्ने मार्सी धान इतिहासका पानामा मात्रै सीमित हुन सक्छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस