जुम्लामा विषादी प्रयोगमुक्त सप्ताह अभियान
२१ जेष्ठ २०८३
•
३ मिनेट पाठ
जुम्लामा विषादी प्रयोगमुक्त सप्ताह अभियान
१४ औँ जिल्ला परिषद्ले जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरेको दशक भयो। यहीँ पहिचानका कारण जुम्ली मार्सी चामल, स्याउ र स्थानीय कृषि उत्पादनले राष्ट्रिय बजारमा छुट्टै विश्वास र मूल्य पाएका छन्। तर, पछिल्ला वर्षहरूमा उत्पादन वृद्धि र बजारमुखी खेतीको दबाबसँगै खेतबारीमा रासायनिक विषादीको प्रयोग बढ्न थालेपछि जुम्लाको अर्गानिक पहिचान नै चुनौतीमा परेको छ।




यसलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारको कृषिजन्य उपजमा विषादी प्रयोग न्यूनीकरण कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालय जुम्लाले बुधबारदेखि ‘विषादी प्रयोगमुक्त’ सप्ताह अभियान सुरु गरेको छ। जुम्लाको सिंजा गाउँपालिका-३ नराकोटबाट सुरु भएको अभियान गाउँपालिकाको समन्वय र कृषि विकास कार्यालयको आयोजनामा सञ्चालन गरिएको हो।

पछिल्ला वर्षहरूमा स्याउ, मार्सीधान तथा तरकारी बालीमा रोग र किराको प्रकोप नियन्त्रणका नाममा रासायनिक विषादीको प्रयोग बढ्दै गएको कृषि क्षेत्रका सरोकारवालाहरू बताउँछन्। तत्काल उत्पादन जोगाउने उपायका रूपमा प्रयोग गरिने विषादीले दीर्घकालमा माटोको उर्वराशक्ति घटाउने, पानीका मुहान र जैविक विविधता नष्ट गर्ने तथा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने जोखिम बढाएको छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार अर्गानिक जिल्ला घोषणा गरिए पनि व्यवहारमा अझै लुकिछिपी विषादी प्रयोग भइरहेकाले सचेतना र नियन्त्रण दुवै आवश्यक बनेको छ। 'अर्गानिक भन्ने नामले मात्रै पुग्दैन, व्यवहारमा पनि त्यसलाई पुष्टि गर्नुपर्छ,' उनले भने, 'उत्पादन बढाउने नाममा विषादीको प्रयोग बढ्दै जाँदा जुम्लाको मौलिक पहिचान नै संकटमा पर्न सक्छ।'

उनका अनुसार रासायनिक विषादीको विकल्पका रूपमा प्राङ्गारिक मल, वनस्पतिजन्य जैविक विषादी र एकीकृत कीरा व्यवस्थापन प्रणालीलाई किसानस्तरमा विस्तार गर्नुपर्ने आवश्यकता छ। जुम्लाको कृषि अर्थतन्त्रमा मार्सीधानको विशेष स्थान छ। कृषि विकास कार्यालयका अनुसार जिल्लामा मार्सीधानसँगै चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धान खेती गरिन्छ।

कृषि अनुसन्धान केन्द्रले चन्दननाथ–१ र ३ सिफारिस गरिसकेको छ भने मार्सी–१८, २० र २२ परीक्षण चरणमा छन्।जुम्ली मार्सी चामलबाट मात्रै वार्षिक करिब तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। यस वर्ष ६ हजार १ सय २५ मेट्रिकटन उत्पादन भएको छ भने अघिल्लो वर्ष ५ हजार ९ सय ८७ मेट्रिकटन उत्पादन भएको थियो। उत्पादन २.३ प्रतिशतले बढे पनि रोपाइँ क्षेत्र भने घटेर २ हजार ८८ हेक्टरमा सीमित भएको कृषि कार्यालयको तथ्यांक छ।

कृषि विज्ञहरूका अनुसार जुम्ली मार्सीको बजार मूल्य र विश्वसनीयताको आधार नै यसको अर्गानिक छवि हो। यदि विषादीको प्रयोग बढ्दै जाने हो भने उत्पादन बढे पनि बजारमा स्थापित विश्वास कमजोर हुनसक्ने जोखिम छ। यही जोखिमलाई ध्यानमा राख्दै चालु आर्थिक वर्षमा कृषि विकास कार्यालयले जुम्ली मार्सीधान उत्पादन विशेष नमुना क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ। चन्दननाथ नगरपालिका, तातोपानी, हिमा र सिंजा गाउँपालिकामा लागू गरिएको कार्यक्रमका लागि ८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी पातारासी र तातोपानी गाउँपालिकामा मार्सीधान बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम सञ्चालन भइरहेको छ। १० लाख रुपैयाँ बजेट रहेको उक्त कार्यक्रममार्फत किसानलाई तालिम, प्राविधिक सहयोग, रोग नियन्त्रणसम्बन्धी जानकारी, बिउ, सिटबिन, त्रिपाल, मिनिटिलर तथा थ्रेसर मेसिन वितरण गरिएको छ।

प्राङ्गारिक मल उत्पादन र कम्बाइन मिल स्थापना गर्ने कामसमेत अघि बढाइएको कृषि कार्यालयले जनाएको छ। सप्ताहव्यापी अभियानअन्तर्गत जुम्लाका आठ वटै स्थानीय तहका  किसानसँग छलफल गोष्ठी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। सडक नाटकमार्फत पनि विषादी प्रयोगका असर र सुरक्षित खेतीका उपायबारे सन्देश प्रवाह गरिनेछ।अभियान २५ गतेसम्म सञ्चालन हुनेछ।

अभियानको अन्त्यमा किसानका अनुभव, सिकाइ र प्रतिबद्धता संकलन गरी विषादीमुक्त कृषि प्रणाली विस्तारका लागि थप पहल गरिने कृषि विकास कार्यालयले जनाएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस