गुठिचाैरमा सवारी चलाउन पास अनिवार्य
०९ चैत्र २०८२
•
२ मिनेट पाठ
गुठिचाैरमा सवारी चलाउन पास अनिवार्य
जुम्लाको गुठिचौर गाउँपालिकाले सरकारी सवारीसाधनको दुरुपयोग नियन्त्रण गर्न कडा नीति अघि सारेको छ।




गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले 'सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२' पारित गर्दै सबै सवारीका लागि अनिवार्य रूपमा लकबुक भर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि सुशासन अभियानअन्तर्गत सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। तर नयाँ कार्यविधि लागू भएसँगै मर्मतसम्भारपछि सवारी पुनः सञ्चालनमा ल्याउने बाटो खुलेको छ।

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार अब प्रत्येक सवारीको लकबुकमा प्रस्थान बिन्दु, गन्तव्य, सुरुको किलोमिटर र इन्धन भरेको परिमाण स्पष्ट रूपमा उल्लेख गरी चालकको हस्ताक्षर अनिवार्य गर्नुपर्नेछ। लकबुकबिना सञ्चालन गरिएका सवारीसाधनलाई अनाधिकृत मानिनेछ र त्यस्तो अवधिको इन्धन खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ।

कार्यविधिले कार्यालय समयबाहेक वा सार्वजनिक बिदामा सवारी प्रयोग गर्नुपरे प्रमुख प्रशासकीय अधिकृतबाट अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था पनि गरेको छ। पासबिना सवारी चलाउन नपाइने स्पष्ट प्रावधान राखिएको छ।यसैगरी, सवारीसाधनको बिमा र नवीकरण समयमै गर्नुपर्ने, ढिलाइ हुँदा लाग्ने जरिवाना सम्बन्धित कर्मचारी वा चालकको तलबबाट कट्टा गरिनेछ। प्रत्येक ६ महिनामा प्रमुख प्रशासकीय अधिकृतबाट सवारीको भौतिक अवस्था निरीक्षण गरिने व्यवस्था पनि समेटिएको छ।

कार्यविधिमा सवारीसाधन सफा राख्ने, न्यूनतम मर्मत खर्चमा प्रभावकारी सञ्चालन गर्ने र दुर्घटनारहित चालकलाई वार्षिक रूपमा उत्कृष्ट चालक पुरस्कार प्रदान गर्ने उल्लेख छ। साथै, सवारी प्रयोगका लागि निवेदन र वैध लाइसेन्स अनिवार्य पेस गर्नुपर्नेछ।इन्धन तथा मर्मतसम्बन्धी सीमा पनि निर्धारण गरिएको छ। दुई पांग्रे सवारीका लागि मासिक १० लिटर इन्धन उपलब्ध गराइनेछ भने चार पांग्रे सवारीमा लकबुकका आधारमा आवश्यक इन्धन दिइनेछ।

दुई पांग्रेको मर्मतका लागि २० हजार र पुराना सवारीका लागि अधिकतम २५ हजार रुपैयाँसम्म खर्च गर्न पाइनेछ। चार पांग्रे सवारीको हकमा १० हजार रुपैयाँभन्दा माथिको मर्मत गर्दा कार्यपालिकाको निर्णयसहित मेकानिकल इन्जिनियर वा आधिकारिक ग्यारेजको लागत अनुमान स्वीकृत गर्नुपर्नेछ। ५० हजार रुपैयाँभन्दा बढी मर्मत खर्च भने कार्यपालिकाको निर्णयबाट मात्र गर्न पाइने व्यवस्था गरिएको छ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाका अनुसार यस कार्यविधिले सरकारी सवारीसाधनको दुरुपयोग रोक्दै प्रभावकारी उपयोग सुनिश्चित गर्ने विश्वास लिइएको छ। उपाध्यक्ष शान्तिकुमारी (मल्ल) भण्डारीले चैत १५ गते बस्ने गाउँसभाबाट कार्यविधि अनुमोदन गरी छिट्टै कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिइन्।

सुशासन अभियानका क्रममा थन्किएका सवारीसाधनलाई पुनः सञ्चालनमा ल्याउने आधार यही कार्यविधिले तयार गरेको गाउँपालिकाको दाबी छ।
अर्को समाचार
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
१० मिनेट अघि
•
१ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
कपिलवस्तु । २४ घण्टे अल्टिमेटमलगत्तै लुम्बिनी विकास कोषले निषेधित क्षेत्रमा रहेका पसल र टहराहरू शनिबार हटाएको छ।




शुक्रबार कोषले २४ घण्टे समयसीमा दिएर निषेधित क्षेत्रका पसलहरू खाली गर्न सूचना जारी गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो।

गुरुयोजना क्षेत्रअन्तर्गत पर्ने पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा राखिएका पसलहरू हटाइएको हो। लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व, पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्नुका साथै गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चालिएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीको पवित्रता र मौलिक स्वरूप संरक्षणका लागि कोषले थालेको यस कदमलाई गुरुयोजना क्षेत्र व्यवस्थित बनाउन चालिएको कदमका रूपमा जनाइएको छ। आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल राख्न नपाइने र सूचनाविपरीत पसल सञ्चालन गरी राखिएका सामान हटाउन अटेर गरेमा प्रचलित कानुन तथा प्रक्रियाबमोजिम सामान जफत गरिने कोषले चेतावनी दिएको छ।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस