भगवती सहकारीको २७ लाख बढी रकम गायब
३० चैत्र २०८२
•
३ मिनेट पाठ
भगवती सहकारीको २७ लाख बढी रकम गायब
भगवती सहकारी महिलाहरू। तस्बिर: गाेल्डेन/नागरिक
जुम्लामा सञ्चालित भगवती महिला बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणबाट संकलित २७ लाख २५ हजार रुपैयाँ हिनामिना भएको खुलासा भएको छ।




चन्दननाथ नगरपालिका–८ र ९ का महिलाहरूले मासिक एक सय रुपैयाँका दरले गरेको बचतको ९ वर्षदेखि कुनै हिसाबकिताब सार्वजनिक गरिएको छैन। स्थानीय महिलाहरूले आफूहरूले बचत गरेको रकमको विवरण माग गरिरहेका छन्। तर अहिले न सहकारी संस्था सञ्चालनमा छ, न त्यसका लागि निर्माण गरिएका संरचना नै बाँकी छन्। 'सहकारीको रकम हाकाहाकी हिनामिना भइरहेको छ,' सहकारीकी सदस्य बाँचु सेजुवाल भन्छिन्, 'कसले छानबिन गरिदेला?'

साबिक तलिउम गाविसका १ देखि ९ र हाल चन्दननाथ नगरपालिका–८ र ९ वडालाई कार्यक्षेत्र बनाएको उक्त सहकारीमा ६ सयभन्दा बढी महिला आबद्ध थिए। तत्कालीन महिला विकास कार्यालयले १२ लाख रुपैयाँ लगानी गरेर गाउँमै सहकारी भवन निर्माण गरिदिएको थियो। महिलाको सक्रियता पनि उल्लेख्य थियो। भवनमा आवश्यक फर्निचरसमेत थियो। तर अहिले सहकारीका कागजातदेखि महत्त्वपूर्ण फाइलहरू हराएका छन्।

पदाधिकारीहरू सम्पर्कविहीन हुँदा समस्या झन् जटिल बनेको स्थानीयको गुनासो छ। श्रीढुस्का, तलिउम, रोकायाबाडा, कोटिला, जातिभिड, बयालकाटीया र स्यालबाडा गाउँका महिलाहरूले सहकारीमा रकम जम्मा गरेका थिए। 'दाउरा बेचेर कमाएको पैसा बचत गर्यौं, अनाज र बस्तुभाउ बेचेर पनि सहकारीमै राख्यौं,' सेजुवालले भनिन्, 'तर बचतले पीडाबाहेक केही दिएन।'

अवधि पूरा भएपछि दोब्बर रकम पाउने आशा गरिएको भए पनि अहिले साँवा रकम फिर्ता पाउनै कठिन भएको उनीहरूको भनाइ छ। जुम्लाको चन्दननाथ नगरपालिका–७ की असौजी कामीले ७९ हजार रुपैयाँ बचत गरेकी छन्। उनको पासबुकमा २०७३ सालसम्म ब्याज चढाइएको देखिए पनि त्यसयता कुनै हिसाब अद्यावधिक गरिएको छैन। 'पदाधिकारी र कर्मचारीले दोब्बर रकम पाउने आश्वासन दिएका थिए,' उनले भनिन्, 'अहिले सहकारी त छैन, पदाधिकारी पनि भेट्न गाह्रो भएको छ।'

यस्तै स्थानीय बाँचे सुनारका अनुसार सहकारीका कर्मचारीले रकम जम्मा गरेपछि दोब्बर हुने आश्वासन दिएपछि धेरैले बचत गरेका थिए। 'रकम जम्मा गर्ने केही व्यक्ति त बितिसके,' उनले भनिन्, '३३ हजारदेखि एक लाख रुपैयाँसम्म बचत गरेका छन्।' सहकारीले महिलालाई पोसाक सिलाइदिने, कपडा सिलाउने र सिमी खरिद गर्ने जस्ता कार्यक्रम सञ्चालन गरेको थियो। अहिले भने भवन अलपत्र छ, कुर्सी, टेबल र फर्निचरसमेत हराइसकेका छन्। बचतकर्ता महिलाहरू रकम फिर्ता गराइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लासम्म पुगेका छन्।

चन्दननाथ नगरपालिकाको न्यायिक समितिमा गुहार गरे पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ। 'भवन अहिले सार्वजनिक शौचालयजस्तै भएको छ,' बाँचेले भनिन्, 'हाम्रो रकमको अत्तोपत्तो छैन।' सहकारीको नेतृत्व गोमा डाँगी, राजपुरा नेपाली हुँदै माया खत्रीले गरेका थिए। उपाध्यक्ष जयलक्ष्मी बोहरा, सचिव कमलदेवी रावल र कोषाध्यक्ष चैतु गिरी थिए।

कर्मचारीमा विष्णुबहादुर रावल र जुनकली सुनार कार्यरत थिए।रकम फिर्ता नभए सबै बचतकर्ता सडकमा उत्रिने चेतावनी दिएका छन्। यता चन्दननाथ नगरपालिका–८ का वडाध्यक्ष रूपबहादुर रोकायाले सहकारी पुरानो संस्था भएकाले यसको वर्तमान अवस्थाबारे आफूलाई पूर्ण जानकारी नभएको बताए। 'सहकारीको अवस्था, पदाधिकारीको स्थिति र अनियमितताबारे छलफल गर्नेछौं,' उनले भने।

स्थानीयले सहकारीमा कति बचत छ, कति ऋण लगानी गरिएको छ, सदस्यले कति ब्याज पाउने हुन् भन्ने सबै विवरण सार्वजनिक गर्न सरोकारवाला निकायसँग माग गरेका छन्। उक्त सहकारी २०६३ सालमा स्थापना भई २०७५ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो।

यो सहकारी कुनै साधारण वित्तीय संस्था थिएन, गाउँका महिलाहरूको आत्मनिर्भरता र आर्थिक सशक्तीकरणको आधार थियो। सहकारीका सदस्यहरूलाई दोब्बर रकमको आश्वासन दिइएको थियो, अब स्थानीय महिलाहरू आन्दोलनको तयारीमा छन्। उनीहरूको माग स्पष्ट छ,रकमको हिसाब सार्वजनिक गर, दोषीमाथि कारबाही गर, र बचत फिर्ता गर।

यदि यस्ता घटनामा समयमै छानबिन, कानुनी कारबाही र पीडितलाई राहतको व्यवस्था गरिएन भने, सहकारी अभियानप्रति जनविश्वास गुम्ने खतरा अझ बढ्नेछ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस