मुग्लिन बजार नजिक नारायणगढतर्फ सडकमाथिबाट पहिरो झर्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार आज राति ८ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म सो सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालन बन्द रहनेछन् । रातिको समयमा यात्रा गर्दा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रशासकीय अधिकृत अन्तिम सिंजालीले जारी गरिएको सूचनामा भनिएको छ ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक योजना बनाएर यात्रा गर्न र सम्बन्धित निकायको सूचना पालना गर्न आग्रह गरेको छ। थप जानकारी वा आपत्कालीन सहयोगका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (११४४) तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
यस्तै मुग्लिन नारायणगढ सडक खण्डको खहरे खोला मुग्लिन बजार नजिकै फेरी पहिरो खसेको छ । आज बिहान ७ः३० बजे सुख्खा पहिरो जाँदा अवरुद्ध बनेको सडक करिब ५ घण्टापछि संचालनमा आएको थियो । करिब डेढ घण्टा नबित्दै पुनः उक्त ठाउँमा सुख्खा पहिरो जाँदा करिब १ घण्टापछि आवागमन पुनः संचालनमा आएको थियो । अहिले साँझ ६ बजेतिर पुनः तेस्रोपटक पहिरो झर्दा आवागमन अवरुद्ध बनेको सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ ।
सम्बन्धित स्थानमा ईन्जिनियर सहितको टोलि खटिई सडक आवागमन छिटोभन्दा छिटो खुलाउने प्रयास भइरहेको इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । उनका अनुसार पहिरो हटाउन लगभग १र२ घण्टा लाग्ने अनुमान गरिएको छ । यस क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले सुरक्षाको दृष्टिकोणले सकभर रातको समयमा यात्रा नगर्न समेत आह्वान गरिएको छ ।
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।
भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।
अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।
पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।
अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।
पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...