नयाँ आशा, नयाँ गति : कोलदेखि आधुनिक कोहलपुरसम्म
१४ असार २०८३
•
५ मिनेट पाठ
नयाँ आशा, नयाँ गति : कोलदेखि आधुनिक कोहलपुरसम्म
बाँकेको कोहलपुर कुनै समय सुनसान, जङ्गलबिचको सानो बस्ती थियो। नजिकै रहेको नेपालगन्ज पुरानै समयदेखि व्यापारिक र प्रशासनिक केन्द्रका रूपमा गुलजार भइरहँदा कोहलपुर भने यात्रुहरूका लागि बाटो पर्ने स्थान मात्र थियो। 




तर, आज स्थिति पूर्ण रूपमा बदलिएको छ। योजनाबद्ध विकास, पूर्वाधार विस्तार र रणनीतिक स्थानका कारण कोहलपुर पश्चिम नेपालको उदीयमान सहरका रूपमा स्थापित छ।

कोहलपुरको विकासको जग तत्कालीन राजा वीरेन्द्रको पहलमा राखिएको मानिन्छ। बहुदल आउनुअघि नै यहाँ व्यवस्थित सहर बसाल्ने लक्ष्यसहित टाउन प्लानिङ गरिएको थियो। करिब ८० बिघा सरकारी जमिनमा गरिएको प्लानिङले भविष्यको कोहलपुरको स्वरूप निर्धारण गर्यो।

सुरुमा प्लट बिक्री भए पनि तत्काल घर निर्माण नहुँदा सहर विस्तारले गति लिन सकेको थिएन। तर समय क्रममा स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रको विकाससँगै कोहलपुरले नयाँ गति पायो। विशेष गरी २०५२ सालमा मेडिकल कलेज स्थापना भएपछि कोहलपुरमा बसोबास र आर्थिक गतिविधि तीव्र रूपमा बढ्न थाले। यससँगै आवासीय घर, व्यापारिक संरचना र सेवा क्षेत्र विस्तार हुँदै गए।

आज टाउन प्लानिङ क्षेत्र पूर्ण रूपमा भरिएको छ भने बाहिरी क्षेत्रमा समेत बस्ती तीव्र गतिमा फैलिएको छ। कोहलपुर अब आवासीय सहर मात्र नभई व्यावसायिक केन्द्रका रूपमा पनि विकसित भइरहेको छ।

कोहलपुरको विकासमा सबैभन्दा ठुलो योगदान यातायात पूर्वाधारको छ। पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग र नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्गको संगमस्थल भएकाले यो सहर रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण छ।

मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लामा जाने मुख्य प्रवेशद्वारका रूपमा कोहलपुर परिचित छ। यही कारण यहाँ व्यापार, यातायात र सेवा क्षेत्र द्रुत गतिमा विस्तार भएका छन्।

हाल रुपैडिहा–नेपालगन्ज–कोहलपुरसम्म चार लेन सडक छ। यो सडक कोहलपुरलाई भारतीय बजार र नेपालगन्ज सहरलाई झनै नजिक ल्याएको छ। यसले भविष्यमा महानगरको अवधारणालाई समेत बल पुर्याएको छ। सडक पूर्वाधारको यो विस्तारले कोहलपुरलाई क्षेत्रीय ‘ट्रान्जिट हब’का रूपमा स्थापित गरेको छ।

यातायात पूर्वाधारकै अर्को महत्त्वपूर्ण उपलब्धि आधुनिक बसपार्क निर्माण हो। करिब ३० करोडभन्दा बढी लागतमा निर्माण गरिएको अत्याधुनिक बसपार्क अहिले कोहलपुरको पहिचान नै बनेको छ। पाँच बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको यस बसपार्कमा लामो तथा छोटो दूरीका सयौँ यात्रु दैनिक आवतजावत गर्छन्।

बसपार्कमा व्यवस्थित पार्किङ, फरक फरक प्लेटफर्म, टिकट काउन्टर, व्यापारिक सटर, प्रतीक्षालय, स्तनपान कक्ष, शौचालयजस्ता सुविधा उपलब्ध छन्। यात्रुको सहजताका लागि विद्युतीय सवारी चार्जिङ स्टेसनसमेत निर्माण गरिएको छ। धूम्रपान नियन्त्रण, सुरक्षाकर्मीको व्यवस्था र राति उज्यालोका लागि हाइमास्ट लाइटले यसलाई आधुनिक र व्यवस्थित बनाएको छ।

यस बसपार्कले यातायात व्यवस्थापन मात्र सुधार गरेको छैन, कोहलपुरको समग्र सहरी छविलाई पनि उकासेको देखिन्छ। पर्यटन पूर्वाधारतर्फ पनि कोहलपुरले फड्को मारेको छ।

गोलपार्क क्षेत्रमा निर्माण गरिएको भ्यु टावर सहरको अर्को आकर्षण बनेको छ। करिब ५ करोड ८८ लाख लागतमा निर्माण गरिएको १० तले टावरले काठमाडौंको धरहराको झल्को दिन्छ। यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।

सहरी योजना अनुसार राजमार्ग किनारमा घर निर्माण रोकिएकोले कोहलपुरका सडक फराकिला र आकर्षक देखिन्छन्। यो अन्य धेरै सहरका लागि सिकाइको विषय बनेको छ। व्यवस्थित प्लानिङका कारण यहाँको आवासीय क्षेत्र पनि सुन्दर र सन्तुलित देखिन्छ।

कोहलपुर टाउन प्लानिङ क्षेत्र व्यवस्थित सहरी विकासको उदाहरणका रूपमा देखिन्छ। यहाँ फराकिला र चिल्ला सडक निर्माण गरिएको छ, जसले यातायात आवागमनलाई सहज बनाएको छ। सडकका बिचबिचमा राखिएका हरियालीयुक्त पार्कहरूले सहरको सौन्दर्य मात्र बढाएको छैन, वातावरणीय सन्तुलनमा पनि योगदान पुर्याएको छ।

योजनाबद्ध बसोबास र पूर्वाधार निर्माणका कारण यो क्षेत्र अन्य सहरी क्षेत्रभन्दा फरक र आकर्षक देखिन्छ। खुला स्थान, व्यवस्थित प्लटिङ र हरियाली संरचनाले कोहलपुरलाई आधुनिक सहरको पहिचान दिएको छ। यसले यहाँको जीवनशैलीलाई पनि व्यवस्थित र सहज बनाउँदै कोहलपुरलाई पश्चिम नेपालको उदीयमान सहरी केन्द्रका रूपमा स्थापित गरिरहेको छ।

साथै, सरकारी कार्यालयका लागि छुटाइएको जग्गा, सिटी सेन्टरको अवधारणा, पार्क र घण्टाघर निर्माणका योजना जस्ता पहलहरूले कोहलपुरलाई दीर्घकालीन रूपमा व्यवस्थित सहर बनाउने दिशामा अघि बढाएको छ।

यद्यपि, चुनौतीहरू पनि उत्तिकै छन्। टाउन प्लानिङ क्षेत्र बाहिरको विस्तार अझै पनि योजनाविहीन देखिन्छ। अव्यवस्थित बसोबास, अनियन्त्रित प्लटिङ र पूर्वाधार अभावले भविष्यमा समस्या निम्त्याउन सक्ने देखिन्छ।

विज्ञहरूका अनुसार सहर विस्तारलाई व्यवस्थित गर्न स्थानीय सरकार अझै ‘भिजनरी’ हुन आवश्यक छ। नेपालगन्ज र कोहलपुर बिचको बढ्दो निकटताले क्षेत्रीय सहरीकरणलाई नयाँ मोड दिएको छ। दुई सहर जोडिएर ठुलो महानगर बन्ने सम्भावना बढ्दै गएको छ। तर यसका लागि सरसफाइ, ट्राफिक व्यवस्थापन, वातावरण संरक्षण र दीर्घकालीन योजना अपरिहार्य छन्।

तुलनात्मक रूपमा कोहलपुर सफा, व्यवस्थित र कम प्रदूषित देखिए पनि तीव्र सहरीकरणसँगै यसले पनि नयाँ चुनौती भोग्नुपर्नेछ। समग्रमा हेर्दा, कोहलपुरको पूर्वाधार विकास पश्चिम नेपालको सहरीकरणको सफल उदाहरणका रूपमा देखा परेको छ।

सडक, बसपार्क, आवासीय योजना, पर्यटन संरचना र सेवा क्षेत्रको विस्तारले यस सहरलाई नयाँ उचाइमा पुर्याएको छ। यदि योजनाबद्ध विकासलाई निरन्तरता दिन सकियो भने, कोहलपुर भविष्यमा क्षेत्रीय केन्द्र मात्र होइन, राष्ट्रिय स्तरकै प्रमुख सहरका रूपमा स्थापित हुने सम्भावना प्रबल देखिन्छ।

इतिहास र पहिचान बोकेको कोहलपुर आज विकासको नयाँ यात्रामा अघि बढिरहेको छ। ‘कोल’बाट नामकरण भएको यात्रा अहिले आधुनिक सहरसम्म पुगेको छ। पछिल्ला वर्षमा कोहलपुरले भौतिक पूर्वाधारतर्फ उल्लेखनीय फड्को मारेको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस