वन्यजन्तु जोगाउन चितवन निकुञ्जमा नयाँ कृत्रिम पोखरी निर्माण
१९ चैत्र २०८२
•
३ मिनेट पाठ
वन्यजन्तु जोगाउन चितवन निकुञ्जमा नयाँ कृत्रिम पोखरी निर्माण
नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संरक्षणका लागि नयाँ कृत्रिम पोखरी निर्माण गरिएको छ । 




वि.सं.२०३० असोज ४ गते स्थापना भएको यो निकुञ्ज बाघ, हात्ती, गैंडालगायत वन्यजन्तुको महत्वपूर्ण बासस्थानका रुपमा परिचित छ । मानवलाई जस्तै वन्यजन्तुलाई बाच्नका लागि पनि आहार र पानीको आवश्यकता पर्छ । थर पछिल्लो समय घाँसे मैदान र सिमसार क्षेत्र मासिदै गएपछि वन्यजन्तु संरक्षणमा चुनौति थपिदै गइरहेको छ । यही समस्यालाई ध्यानमा राखेर घाँसे मैदान र सिमसार क्षेत्रको व्यवस्थापनमा निकुञ्ज लागि परेको छ ।

यो आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले सुखीभार पोष्ट नजिकै कृतिम पोखरी निर्माण गरेको छ । सुख्खायाममा पानीको अभावलाई पूर्ति गर्न ९७ मिटर लम्बाई र २५ मिटर चौडाईको सौर्य उर्जा जडानसहितको पोखरी निर्माण गरिएको छ । ‘कृत्रिम पोखरी नजिकै एक सय मिटर पर वर्षभरि बग्ने खोल्सोबाट सोलार बोरिङ जडान गरिएको छ, घाम लागेको बेला सोलारबाट पम्पिङ भएर पानी पोखरीमा आइपुग्छ’ चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रविन पौडेलले भने, ‘प्राकृतिक स्रोतबाट मात्रै सम्भव नभएपछि सुख्खायाममा पानीको अभावलाई पूर्ति गर्न यस्तो किसिमको मानव निर्मित पानी पोखरी निर्माण गरिएको हो ।’

चालु आर्थिक वर्षमा कृत्रिम पोखरी निर्माण गरिएको यो पहिलो पोखरी हो । निकुञ्जले तराई भू–परिधि कार्यक्रमको सहकार्यमा करिव ९ लाख रुपैयाँ लागतमा यो पोखरी निर्माण गरिएको उनले बताए । यी तालमा दुई महिना अघिबाट सञ्चालनमा आएको हो । अहिले पोखरी वन्यजन्तुले प्रयोग गर्न थालिसकेको उनले बताए ।

यस्तो खालको पोखरी निकुञ्जको मुख्यालय कसरा नजिकै पनि निर्माण गरिएको छ । त्यसअघि भिम्ले पोष्ट नजिकै पनि सोलारसहितको पोखरी निर्माण गरिएको थियो । केही कृत्रिम पोखरी निर्माण गरिए पनि निकुञ्ज भित्र रहेका तालतलैयाको संरक्षणमा भने निकुञ्जले कठिनाई भोग्दै आइरहेको उनको भनाई छ । ताल संरक्षणका लागि आवश्यक बजेट नहुँदा नन्द भाउजु, देवी ताललगायतका सिमसार क्षेत्र अहिले संकटमा छ ।

वन्यजन्तुको संख्या बढाउन व्यवस्थित बासस्थानको निकै महत्व हुन्छ । घाँसे मैदान र सिमसार क्षेत्र राम्रो नहुँदा वन्यजन्तु व्यवस्थापनमा कठिनाई हुन्छ । त्यसैका लागि चितवन राष्ट्रिय निकुञ्जले कृतिम सिमसार क्षेत्र निर्माण गर्न थालेको छ । यसवर्ष थप सिमसार क्षेत्र निर्माण गरिएको छ । तर पुराना सिमसार क्षेत्रको संरक्षणमा भने कठिनाई भइरहेको छ ।  

तालतलैया संरक्षणका लागि यसपटक सरकारी र नीजि क्षेत्रबाट नआउँदा सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर गणेश पन्तले बताए ।

‘हामीसँग तालतलैया संरक्षणका लागि यसपटक सरकारी बजेट पनि भएन, दाताहरुबाट पनि आएन। बजेट नहुँदा सिमसार क्षेत्रको संरक्षणमा चुनौति थपिएको छ, आगामी वर्ष दाताहरुकै सहयोगमा संकटमा परेका सिमसार क्षेत्र संरक्षणका लागि कार्यक्रम तयार पार्दैछौं’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले भने । संरक्षणकै अभावमा लगभग लोप हुने अवस्थामा पुगेको तमोर ताल, लामी तालले अहिले पुनः जीवन पाएको छ । पछिल्लो वर्षमा गरिएका सरसफाइले यी तालहरु जोगिएका छन् । तर, बजेट अभावका कारण विगतमा चर्चित रहेको नन्द भाउजु ताल, देवि ताल मुन्ना ताललगायतका सिमसार क्षेत्र अझै संकटमा परेको सूचना अधिकारी अभिनास थापामगरले जानकारी दिए ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस