सार्वजनिक जग्गा फिर्ता लिन नगरपालिकाको डोजर अभियान
१८ असार २०८३
•
२ मिनेट पाठ
सार्वजनिक जग्गा फिर्ता लिन नगरपालिकाको डोजर अभियान
सार्वजनिक जग्गामा बनेका घरटहरामाथि डोजर चलाउँदै चन्दननाथ नगरपालिका। तस्बिर: गोल्डेन बुढा / नागरिक
सार्वजनिक सम्पत्तिमाथिको वर्षौँदेखिको अतिक्रमण अन्त्य गर्ने अभियानअन्तर्गत चन्दननाथ नगरपालिकाले जुम्ला विमानस्थल आसपासको सार्वजनिक जग्गामा बनेका घरटहरामाथि डोजर चलाएको छ। पटकपटक सूचना र आग्रह गर्दा पनि अटेर गरेपछि नगरपालिकाले प्रहरी र प्रशासनको सहयोगमा पाँच वटा टहरा हटाएको हो।




डोजर चल्ने क्रममा आक्रोशित स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेका थिए। नगरप्रहरी र नेपाल प्रहरीको सुरक्षा घेराबीच संरचना हटाइएको नगरपालिकाले जनाएको छ।

चन्दननाथ नगरपालिका–१ स्थित विमानस्थल क्षेत्रमा रहेका पाँच वटा टहरा भत्काइएको छ भने थप तीन वटा संरचना १५ दिनभित्र खाली गर्न निर्देशन दिइएको वडा अध्यक्ष तिलकप्रसाद न्यौपानेले बताए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण हटाउने अभियान अब रोकिने छैन।

“सार्वजनिक जग्गा कुनै व्यक्ति वा संस्थाको निजी सम्पत्ति बन्न सक्दैन,” न्यौपानेले भने, “विमानस्थल क्षेत्रबाट सुरु भएको अभियान अब सार्वजनिक जग्गा अतिक्रमण भएका अन्य स्थानमा पनि विस्तार हुन्छ।”

यस अभियानमा नगर प्रमुख राजुसिंह कठायत र उपप्रमुख रामदेवी कठायतको पनि पूर्ण समर्थन रहेको बताइएको छ।

नगरपालिकाका अनुसार विमानस्थलको भगवती मन्दिर क्षेत्रदेखि माथिल्लो गेटसम्म सार्वजनिक जग्गामा बनेका सबै घरटहरा हटाइनेछन्। सहकारीले प्रयोग गरिरहेको एक टहरा पनि १५ दिनभित्र खाली गर्न निर्देशन दिइएको छ। नगरपालिकाका अनुसार उक्त सहकारीले डेढ वर्षदेखि मासिक तीन हजार रुपैयाँका दरले तिर्नुपर्ने भाडासमेत नतिरेको छ।

नगर क्षेत्रमा सार्वजनिक जग्गाको वास्तविक क्षेत्रफल, अतिक्रमणको अवस्था र बनेका संरचनाको विवरण संकलन भइरहेको छ। “पहिलो चरणमा पाँच वटा टहरा हटाइएको छ,” न्यौपानेले भने, “अब नापी कार्यालयका प्राविधिकबाट सार्वजनिक र निजी जग्गाको स्पष्ट सीमांकन गरेपछि मात्रै थप डोजर चलाइनेछ।”

डोजर लगाइएका संरचनामा चियापसल, किराना पसल र होटल सञ्चालनमा थिए। ती हटाइएका स्थानमा व्यवस्थित नमुना पार्किङ निर्माण गर्ने नगरपालिकाको योजना छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज जैशीका अनुसार गत वैशाख १७ गते बसेको चन्दननाथ नगरपालिकाको नवौँ कार्यपालिका बैठकले विमानस्थलको सौन्दर्य, सुरक्षा र सार्वजनिक उपयोगमा असर पुर्‍याइरहेका काठका टहरा तथा जीर्ण प्रतीक्षालय हटाई पार्किङ निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार संरचना प्रयोगकर्तालाई सात दिनभित्र खाली गर्न पत्राचार गरिएको र अटेर गरेपछि डोजर प्रयोग गरिएको हो।

यो अभियान पाँच टहरा भत्काउने कार्यमा मात्र सीमित छैन। चन्दननाथ नगरपालिकाले यसलाई सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण अन्त्य गर्ने सुरुआतका रूपमा प्रस्तुत गरेको छ। अब सार्वजनिक जग्गाको सीमांकनपछि अवैध रूपमा बनेका अन्य संरचनामाथि पनि क्रमिक रूपमा डोजर चलाइने नगरपालिकाको तयारी छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
५३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस