ताप्लेजुङ । चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई एक थान स्काभेटर अनुदानमा उपलब्ध गराएको छ। पालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङगामका अनुसार गाउँपालिकाको मागअनुसार चीन सरकारले स्काभेटर उपलब्ध गराएको हो।
स्काभेटर प्राप्त भएपछि गाउँपालिकाले यसलाई ग्रामीण सडक निर्माण, स्तरोन्नति तथा अन्य विकास पूर्वाधारका काममा प्रयोग गर्ने जनाएको छ। पालिका अध्यक्ष हाङगामले स्काभेटरले गाउँबस्ती जोड्ने सडक निर्माण र ग्रामीण विकासका काममा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
स्काभेटर उपलब्ध गराएकोमा अध्यक्ष हाङगामले चीन सरकारप्रति आभार व्यक्त गर्दै सहयोगका लागि समन्वय र सहजीकरण गर्ने फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पालाई धन्यवाद दिएका छन्।
वडाध्यक्ष शेर्पाले मेरिङदेन गाउँपालिकाको आग्रहअनुसार स्काभेटर उपलब्ध गराउन चीन सरकारसँग समन्वय र सहजीकरण गरेको बताए।