अधिकांश ई-रिक्सा चालक लाइसेन्सविहीन, चालक र यात्रु दुवै जोखिममा
०५ मंसिर २०८२
•
३ मिनेट पाठ
अधिकांश ई-रिक्सा चालक लाइसेन्सविहीन, चालक र यात्रु दुवै जोखिममा
नेपालका तराई क्षत्रका प्रमुख शहरहरूमा सञ्चालन भइरहेका ई-रिक्सा चालक मध्ये अधिकांश चालक अझै पनि लाइसेन्सविहीन रहेको एक अध्ययनले देखाएको छ। विकल्प एन अल्टरनेटिभ संस्थाले नेपालका तराई क्षेत्रका मुख्य शहरहरूमा गरेको अध्ययनले यस्तो देखाएको हो।




संस्थाले विराटनगर, इटहरी, दमक, जनकपुर, वीरगञ्ज, सिद्धार्थनगर र नेपालगञ्जका ९६३ चालकहरूमाथि गरेको २०२५ को सर्वेक्षणअनुसार ७७.९९ प्रतिशत चालकसँग लाइसेन्स नभएको पाइएको छ। बहुसंख्यक चालक अनौपचारिक रूपमा सडकमा सवारी चलाइरहे पनि नियमनकारी निकायहरूले पर्याप्त ध्यान दिन नसकेको अध्ययनले निष्कर्ष निकालेको अभियन्ता तथा विकल्प एन अल्टरनेटिभ संस्थाका संस्थापक बसन्त अधिकारीले बताए। 

उनका अनुसार विराटनगरमा केवल १५.९७ प्रतिशत चालकको मात्रै लाइसेन्स छ। दमकमा २०.६३ प्रतिशत र जनकपुरमा १९.०८ प्रतिशत मात्र चालकले लाइसेन्स पाएका छन्। इटहरीमा दर केही राम्रो भए पनि त्यहाँ पनि करिब तीन-चौथाइ चालकले अनियमित रूपमा सिटी रिक्सा सञ्चालन गरिरहेका छन्। वीरगञ्जमा ४२.०३ प्रतिशत चालकले लाइसेन्स पाएका छन्, तर अझै पनि आधाभन्दा धेरै चालक अनुमतिबिना ई-रिक्सा चलाइरहेका छन्। सबैभन्दा गम्भीर अवस्था सिद्धार्थनगरमा देखिएको छ, जहाँ ई-रिक्सा चालकहरूमध्ये मात्र ३.९७ प्रतिशतको मात्रै इजाजतपत्र छ।  बाँकी ९६ प्रतिशतभन्दा बढी चालकले लाइसेन्स प्राप्त गरेका छैनन्।  

सर्वेक्षणले शैक्षिक स्तर र लाइसेन्स प्राप्तिको सम्भावना बीचको सम्बन्ध पनि प्रष्ट पारेको छ। विद्यालय कहिल्यै नपुगेका चालकहरूमा करिब ९० प्रतिशतले लाइसेन्स लिन सकेका छैनन्। प्राथमिक तह पूरा गर्नेहरूमा पनि यो संख्या ८५ प्रतिशत नजिकै छ। एसईई पास गरेका चालकहरूको लाइसेन्स लिने दर बढी भए पनि आधाभन्दा बढी चालक अझै लाइसेन्सविहीन छन्। लिखित परीक्षामा आधारित इजाजतपत्र प्रणालीले कम शैक्षिक पृष्ठभूमि भएका चालकलाई सिधै पछाडि पारेको अध्ययनको प्रतिवेदनमा उल्लेख छ। जसका कारण हजारौँ चालक प्रणालीबाट स्वतः बाहिरिएका छन्।

अनुभवका आधारमा पनि इजाजतपत्र दरमा ठूलो अन्तर नदेखिएको अध्ययनले बताउँछ।  छ महिनाभन्दा कम अनुभव भएका चालकमध्ये ९.७ प्रतिशतले मात्र लाइसेन्स लिएका छन्। पाँच वर्षभन्दा बढी अनुभव भएका चालकहरूमा इजाजतपत्र प्राप्ति ३२ प्रतिशतसम्म पुगे पनि, दुई-तिहाइभन्दा बढी चालक अझै पनि अनौपचारिक नै छन्। यसले अनुभवले होइन, संरचनागत अवरोध नै मुख्य समस्या भएको पुष्टि गर्छ।  

लाइसेन्स नभएपछि चालकहरू तेस्रो पक्ष बीमा दाबी गर्न योग्य हुँदैनन्। जसले दुर्घटना हुँदा सम्पूर्ण आर्थिक भार उनीहरूकै काँधमा पर्छ। उपचार खर्च, सवारी मर्मतदेखि क्षतिपूर्ति भुक्तानीसम्मको दायित्व पूरा गर्नुपर्ने परिस्थितिले धेरै चालकलाई महिनौँको कमाइभन्दा धेरै घाटामा धकेल्ने गरेको छ। आर्थिक झट्काले परिवारहरूलाई समेत गहिरो असर पारिरहेको पाइएको छ। आय अभावका कारण बालबालिकालाई विद्यालय छाड्न बाध्य पारिनु, स्वास्थ्य उपचार रोकिनु, उच्च ब्याजदरमा ऋण लिनु जस्ता समस्या व्यापक देखिएका छन्। दीर्घकालीन तनावले परिवारको मनोसामाजिक अवस्थामासमेत नकारात्मक प्रभाव पारिरहेको अध्ययनले संकेत गर्छ।  

यही समस्यालाई सम्बोधन गर्न कोशी प्रदेश सरकारले २०८२ मा नियम संशोधन गर्दै ई-रिक्सा चालकका लागि लिखित परीक्षा हटाएर व्यावहारिक तालिम केन्द्रित प्रणाली लागू गर्ने निर्णय गरेको छ। अब चालकहरूले ३० मिनेटदेखि एक घण्टासम्मको ट्राफिक संकेत, सुरक्षा र सवारी मेकानिक्ससम्बन्धी तालिम अनिवार्य रूपमा लिनुपर्नेछ। नपढेका वा कम शैक्षिक योग्यता भएका चालकलाई लक्षित यो नीति समावेशी लाइसेन्स प्रक्रियातर्फको महत्वपूर्ण कदम भएको अधिकारीको भनाइ छ।

जबसम्म स्थानीय र संघीय निकायले मिलेर पहुँचयोग्य, सरल र व्यावहारिक लाइसेन्स प्रणाली निर्माण गर्दैनन्, तबसम्म तराईका शहरहरूमा हजारौँ ई-रिक्सा चालक र यात्रुहरू कानुनी तथा भौतिक रूपमा जोखिमको यात्रा गर्न बाध्य हुने अध्ययनको निष्कर्ष रहेको अधिकारीले बताए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२१ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस