मोरङको विराटनगरमा रहेको बाल सुधारगृहमा रहेका बाल बिज्याइँकर्ता र इलाका प्रहरी कार्यालय पथरी तथा उर्लाबारीमा रहेका थुनुवाहरू फरार भएका छन्।
विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहबाट बुधबार बिहान २ सयभन्दा बढी बाल बिज्याइँकर्ताहरू फरार भएका हुन्। मोरङ प्रहरीले जनाएको छ, २५५ जना रहेका बालहरू मध्ये करिब ५० जनाले सुधार गृहभित्रै बसेका छन्, बाँकी अन्य फरार भएका हुन्।
प्रहरीका अनुसार, ‘भागेकाहरूले सुधार गृहको मुख्य गेटमा लगाइएको चाबी एक्कासि फुटाएर भागेका हुन्। उनीहरूले सुधार गृहको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लछारछपार पार्दै फरार भएका छन्।’ सुधार गृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो।
फरारमध्ये करिब ६० जनालाई नियन्त्रणमा लिइसकिएको छ। भागेकालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। स्थानीयवासीहरूले पनि केही फरारलाई नियन्त्रणमा लिएर सुरक्षाकर्मीलाई जिम्मा लगाएका छन्। नियन्त्रणमा लिइएका बालहरू सुधार गृहभित्र राखिएका छन्।
त्यसैगरी, विभिन्न मुद्दामा थुनुवामा रहेका पथरी र उर्लाबारीका कैदीहरू पनि फरार भएका छन्। इलाका प्रहरी कार्यालय पथरीमा १४ र उर्लाबारीमा १९ जना थुनुवा फरार भएका छन्।