ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एकैदिन ११ हजारभन्दा बढी दर्शनार्थी पुगेका छन्। कात्तिक महिनाको अन्तिम शनिबार ११ हजार २७२ जनाले मन्दिरको दर्शन गरेका हुन्। यो संख्या पछिल्लो तीन वर्षयताकै एकैदिन मन्दिर दर्शन गर्ने सबैभन्दा ठूलो संख्या हो।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार शनिबार मन्दिर पुगेका दर्शनार्थीको संख्याले यसअघि गत कात्तिक १७ गते कायम भएको अभिलेख तोडेको छ। उक्त दिन १० हजार ६१६ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए।
हाङवाङले आफू कार्यकारी निर्देशक नियुक्त भएपछि एकैदिन यति धेरै दर्शनार्थी मन्दिर पुगेको यो पहिलो पटक भएको बताए। चारवर्षे कार्यकालका लागि नियुक्त भएका उनको तीनवर्षे कार्यकाल गत कात्तिक २१ गते पूरा भएको छ।
दर्शनार्थीको संख्या उल्लेख्य बढेपछि आवास व्यवस्थापनमा समेत चाप परेको थियो। शुक्रबार राति अबेरसम्म पनि आवासको व्यवस्था हुन नसकेका तीर्थयात्रीलाई विभिन्न सार्वजनिक स्थलमा बसोबासको प्रबन्ध गरिएको थियो।
पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति, ताप्लेजुङ उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी र होटल व्यवसायी महासंघ जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू आवास व्यवस्थापनमा खटिएका थिए।
ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले दर्शनार्थीको चाप बढेपछि आवासको व्यवस्थापनमा कठिनाइ भोगिरहेका तीर्थयात्रीका लागि विभिन्न सार्वजनिक स्थलमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिए।
पाथीभरा क्षेत्र विकास समितिले काफ्लेपार्टी, माथिल्लो फेदी र मन्दिर क्षेत्रलगायत स्थानमा दर्शनार्थीको आवास तथा अन्य व्यवस्थापन कार्यमा सहजीकरण गरेको थियो।
पछिल्लो समय पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीको संख्या बढ्दै गएको छ। शनिबारको उपस्थितिले मन्दिर क्षेत्रमा दर्शनार्थीको चाप व्यवस्थापन र आवास सुविधाको आवश्यकता पनि थप बढाएको छ।