फेरि भासियो मेची राजमार्ग, सवारी सञ्चालन असहज
१४ कार्तिक २०८२
•
३ मिनेट पाठ
फेरि भासियो मेची राजमार्ग, सवारी सञ्चालन असहज
कात्तिक १२ देखि निरन्तर परिरहेको पानीले मेची क्षेत्रको ‘लाइफ लाइन’ मेची राजमार्गमा फेरि क्षति भएको छ । इलाम नगरपालिका ९, राजदुवालीको मेची राजमार्ग खण्डमा अस्ति झरेको पहिरो दबिएका कारण सवारी चलाउन सकस भइरहेको छ ।  




राजमार्गमा शुक्रबार बिहानैदेखि सवारी सञ्चालन गर्ने अवस्था नभएपछि स्थानीय प्रशासनले यहाँ बिहानैदेखि सवारी आउ–जाउ बन्द गराएको थियो । राजमार्गको यो खण्ड मर्मत गरिएपछि दिउँसोबाट साँझसम्म साना सवारीका साधनलाई खुला गरिएको छ । ‘विशेषगरी शनिबार लोकसेवा आयोगको परीक्षा दिने विद्यार्थी सदरमुकाम आउने भएकाले उनीहरूका लागि र अत्यावश्यक सवारी साधनका लागि राजमार्ग साँझसम्मलाई खुलाइएको छ,’ सिडिओ सुनिता नेपालले भनिन् ।

बिहीबार साँझ ७ देखि शुक्रबार बिहान ६ बजेसम्म पनि मेची राजमार्गमा सवारी चलाउन रोक लगाइएको थियो । ‘राजदुवालीको पहिरोकै कारण जोखिम भएपछि रोक लगाइएकामा बिहान पुनः सडकको सतह भासिएका कारण सवारी चलाउन नसक्ने अवस्था थियो,’ उनले भनिन्, ‘आज पनि राति गाडी चलाउन जोखिम छ, अवस्था हेरेर अर्को सूचना गर्नेछौं ।’

प्रशासनले राजदुवालीको विकल्पका रूपमा खुलेको सिमलगोलाई–जोगमाई–तिल्केनी सडकमा पनि शुक्रबार बिहानदेखि सवारी सञ्चालनमा रोक लगाएको छ । जोगमाई खोलामा अस्ति भर्खरै हालिएको डाइभर्सन बाढीले क्षति गरेपछि यहाँबाट पनि सवारी सञ्चालन हुन सकेका छैनन् । मेची राजगमार्गसहित वैकल्पिक सडकसमेत बन्द भएपछि इलाममा सहज यातायात छैन ।  

इलाम–झापा फास्ट ट्र्याक (केचना–कञ्चनजंघा मार्ग)को माइखोलास्थित बेलासे पुल बाढीले बीचमै भाँचिएपनि मर्मत भएको छैन । अस्थायी डाइभर्सनसमेत नबनाउँदा सवारी अवरोध छ । यही सडकको पुवाखोलामा रहेको अर्को नयाँ बेली ब्रिजसमेत बाढीले बगाएको थियो । यहाँ काठको साँघु हालेर मोटरसाइकलसम्म वारपार भइरहेका छन् । तर, यो सडकमा पनि ठूला सवारी चलाउने अवस्था नहुँदा इलाम, पाँचथर र ताप्लेजुङमा मालबाहक गाडी पास हुन सकेका छैनन् ।

राजदुवालीको सडक पटक–पटक मर्मत गर्दा पनि अडिएको छैन । गतवर्षको असोजमा पनि यही ठाउँमा पहिरो गइ करिब २ साता सवारी अवरोध भएको थियो । अहिले पनि यो क्षेत्रमा धाँजा फाटेर सडक भासिँदैछ । सवारीका साधन चलाउन जोखिम भइरहेको छ । डिभिजन सडक कार्यालयले बेला–बेला मर्मत गर्दै भएपनि सवारीका साधन चलिरहेका छन् ।  

तर, पानी पर्नेबित्तिकै पुनः यहाँ थप जोखिम बढ्ने समस्या पटक–पटक छ । ‘अहिले यही खण्डलाई मर्मत गर्दामात्रै सकेसम्म छिटो सवारी चालु गर्न सकिने अवस्था छ,’ सडक डिभिजन प्रमुख पवन भट्टराई भन्छन्, ‘जोगमाईको डाइभर्सन चालु गर्न र बेलासेमा पनि डाइभर्सन हालेर अहिल्यै सवारी चलाउनभन्दा राजदुवाली मर्मत गर्दा नै छिटो चाहिँ हुन्छ ।’ उनले जिल्लाबासीले पटक–पटक राजदुवालीको विकल्प खोज्न भनिरहेको र डिभिजनले पनि त्यसैअनुसार विभागमा रिपोटिङ गरेको जनाए ।  

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रपात ‘मोन्था’का कारण इलामसहित कोशी प्रदेशका विभिन्न जिल्लाको मौसम प्रभावित हुने यसअघि नै सूचना जारी गरी जनाएका थिए । यसै सूचनाका आधारमा गत असोजसमेतको घटनालाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद गुरागाईंले बताए ।  

गत असोज १८ र १९ को बाढी–पहिरोले इलाममा ३९ जनाको मृत्यु भएको थियो । ठूलो धनजनको क्षतिपछि इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा गरिएको छ । संघीय सरकारले गरेको यो घोषणा ‘घोषणामै सीमित’ भएको भन्दै स्थानीयले गुनासो गरिरहेका छन् ।  

असोज १८ को वर्षाले मेची राजमार्गको राजदुवाली, मिलगोलाई, बञ्चरेगोलाईलगायत दर्जनौं ठाउँमा पहिरो झरेका थिए । पहिरो सोरसार गरी ती ठाउँमा एकतर्फी रूपमा सवारी सञ्चालनसम्म गरिएको छ । राजदुवाली खण्डमा चाहिँ मर्मत प्रभावकारी नहुँदा असोज ३१ देखिमात्रै एकतर्फी सवारी चल्ने बनाइएको थियो ।  

पछिल्लो झरीले इलाममा के कति क्षति गरेको छ भन्नेबारे यकिन विवरण संकलन भइसकेको छैन । तर, निरन्तर परिरहेको झरीका कारण पाकेको बाली नै धेरै क्षति भएको सूचना आइरहेका छन् । विवरण संकलन भइरहेको प्रकाशनले जनाएको छ । 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस