गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै लालबन्दीका लोप्चन
२६ साउन २०८३
•
४ मिनेट पाठ
गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै लालबन्दीका लोप्चन
सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश पलायनले थिलथिलो बनाएको समाजमा सीप र मेहनतले जुनसुकै पेसा गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्नु भएको छ।




लालबन्दी नगरपालिका–२, जुटपानी निवासी ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर मनग्य आम्दानी गरिररहेका हुन्।

चौध वर्षदेखि घरमै सञ्चालन गरेको फर्मबाट उत्पादन गरेको जैविक र गड्यौला मल बेचेर उनले विदेशको भन्दा धेरै आम्दानी गर्न सफल भएका छन्।

‘मिहेनत गर्ने हिम्मत र हातमा सीप भए एक दुई लाख कमाउन विदेश जानु पर्दैन’, लोप्चनले भने। धमाधम मल प्याकिङ गरिरहेका भएको लोप्चनले किसानहरूको मागअनुसार मल दिन नसकेको बताए।

जैविक मल बोट बिरुवाको लागि निकै उपयोगी मानिन्छ। यहाँ उत्पादन भएको मल गाउँ घरमा गमलामा फूल रोप्नदेखि नर्सरीमा बिरुवा उत्पादन गर्न र व्यावसायिक तरकारीखेती गर्ने किसानले बेर्ना निकाल्न प्रयोग गर्ने गर्दछन्।

सुरुमा जैविक तथा गड्यौला मल बोटबिरुवाको लागि रासायनिक मलखादभन्दा राम्रो हुन्छ भन्ने विश्वास दिलाउन निकै सास्ती भएको उनको कथन छ। ‘अहिले उहाँहरु आफैँ मल खोज्दै आउनहुन्छ, खुसी लाग्छ’, लोप्चनले सुनाए।

साना बेर्ना तथा बोट बिरुवामा रासायनिक मलखाद प्रयोग गर्न नमिल्ने हुँदा जैविक तथा गड्यौला मलको माग उच्च रहेको उनले सुनाए।

गड्यौला मल कृषि बजारमा कालो हीरा (ब्ल्याक डाइमण्ड) को रुपमा बिक्री वितरण हुने गरेको छ। लोप्चनले २०६९ सालतिर कृषि ज्ञान केन्द्रले दिएको जैविक तथा गड्यौला मल उत्पादनसम्बन्धी सात दिनको तालिम लिएका थिए।

तालिम लिएर आएपछि उत्पादन सुरु गरेका उनले बजार खोज्दाको सास्ती अझै भुलेकाछनन्। गाउँमा तरकारीखेती गर्ने किसानले भारतबाट बिरुवामा हाल्ने मन ल्याउने चलन थियो।

‘मैले धेरै अनुरोध गरी सम्झाए बुझाएँ’, उनले भने, ‘आफ्नो गाडीले १०/१० बोरा मल निःशुल्क खेतमा लगेर दिएर प्रयोग गर्न अनुरोध गरेँ। खेती राम्रो भएपछि किसानहरु आफैँ मल खोज्दै आउन थाल्नुभयो।’

तरकारीमा आलु, प्याज, काउली, टमाटरखेतीको लागि सर्लाहीको लालबन्दी निकै चर्चित ठाउँ हो। त्यसपछि बजारले आफूलाई खोज्न थालेको उनले सुनाए।

तालिमबाट आधारभूत ज्ञान र एक हजार वटा गड्यौला पाएपछि सुरु गरेको मल उत्पादन अहिले उनको मनग्य आम्दानीको बाटो बनेको छ।

लालबन्दी–२, जुटपानी घरैमा उनले लोप्चन गाई फर्म तथा भार्मिङ कम्पोस्ट दर्ता गरी सञ्चालन गरिरहेका छन्। सोही फर्मको नाममा बोरामा २५ किलोको दरले प्याक गरेको जैविक तथा गड्यौला मल काठमाडौं, ललितपुर, भक्तपुर, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीका एग्रोभेटहरूसम्म पुग्ने गरेको छ।

जिल्लाका गमलामा फूल सजाउने बगैँचाको सौखिनदेखि व्यावसायिक तरकारी उत्पादन गर्ने किसान र अहिले अन्य अन्नबाली लगाउने किसान समेत यस मलप्रति आकर्षित भएका छन्।

पच्चीस किलोको एउटा बोरा मलको रु ३२५ पर्छ। ‘धेरै उत्पादन हुँदा स्थानीय किसानलाई बेचेर महिनाको दुई ट्रक मल काठमाडौं पठाउने गरेको थिए’, उनले भने, ‘भएनभन्दा पनि महिनामा एक ट्रक पठाउने गरेको छु। उता पनि आफ्ना ग्राहक छन्।’

ट्रकमा ४०० बोराका दरले मल जान्छ। लोप्चनले छ सन्तानलाई यसैको कमाइले शिक्षादीक्षा र लालनपालन गरे। अहिले दुई छोरा एउटा युरोप र अर्को मलेसियामा छन्।

उसलाई विदेश पठाउन लागेको ठूलो धनराशि यसैबाट जुटाएको उनको भनाइ छ। लोप्चनले तीन सन्तानको पठनपाठन र लालनपालनको दायित्व अझै यसैको आम्दानीबाट पूरा गरिरहेका छन्। चार मजदुर र उनी र श्रीमती नियमित काममा लाग्ने गरेका छन्।

काठमाडौंमा गरेको किराना पसलको व्यापार बिग्रिएपछि लोप्चन परिवारलाई दैनिक गुजारामा समेत धौधौ भयो। त्यसपछि उनी भएको थोरै जग्गामा खनिखोस्री गर्छु भनेर गाउँ फर्किएका थिए।

गाउँमा किसान समूह गठन गरेका थिए। समूहमा विभिन्न तरकारीका बीउबिजन लिएर कृषि ज्ञान केन्द्रका कर्मचारी आउने जाने गरिरहन्थे। उनीहरुले दिएका ज्ञानबाट यो पेसामा लग्न प्रेरित गरेको बताउछन्।

अहिले वार्षिक ४० देखि ४५ लाखसम्मको जैविक तथा गड्यौला मल बिक्री गरेर रु २० देखि २२ लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ।

सुरुमा गड्यौला समेत बिक्री गरेर आम्दानी गर्ने गरेको भए पनि अहिले मल उत्पादनमा जोड दिए। गड्यौला बिक्रीले मल उत्पादनमा कमी हुने भएकाले गड्यौला बिक्री गर्न छाडेको उनले बताए।

यहाँ गड्यौला मात्र प्रतिगोटा दुई रुपैयाँमा बिक्री हुन्छ। यसबाट समेत ठूलो रकम आम्दानी गर्न सकिने उनको सुझाव छ। गाउँघर र वनमा कुहिएर रहेका पातपतिङ्गर, पराललगायतका वनस्पति र गोबर मल जम्मा गरेर जैविक तथा गड्यौला मल तयार गर्ने गरिएको लोप्चनले बताए।

गड्यौला मलको लागि गोबर मल प्रति ट्रेलर तीन हजार र ढुवानी र मजदुर खर्च १५ सय लगानी पर्ने उनको भनाइ छ।

‘जैविक घाँसपात र गोबर जम्मा गरेर गड्यौलालाई दिएपछि गड्यौलाले खाएर मल तयार गरिदिन्छ’, उनले भने, ‘यसरी गड्यौलाले खाएर मलको रुपमा निकालेको धुलो छानेर प्याकिङ गरेर बजार पठाउने गरिन्छ।’

लगानीको झण्डै ५० प्रतिशतसम्म फाइदा बस्ने भएकाले यसमा दुःख, फोहर र मोहर यसैमा रहेको उनी बताउँछन्।

कम्पोष्ट मलको प्रयोगले जमिनको उर्बर शक्ति वृद्धि हुने भएकाले निकै राम्रो हुने कृषि जेटिए सुरज खनालले बताए।

रासायनिक मलका कारण जमिनमा उत्पादन शक्ति ह्रास हुँदै जाने र मानव स्वास्थ्यमा समेत यसले प्रत्यक्ष असर गर्ने भएकाले जैविक तथा गड्यौला मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस