जुम्लाको तिला गाउँपालिकाका स्थानीयले वन्यजन्तु रतुवा (मृग) को उद्धार गरेका छन्। स्थानीयहरूले शुक्रबार (आज) ५ बजेर ५० मिनेटको समयमा रतुवाको उद्धार गरेका हुन्।
तिला गाउँपालिका ३ कुडारीमा पर्ने तिला नदीमा बगेर आएकाे मृगलाई स्थानीयले उद्धार गरेका हुन्। स्थानीय मुनप्रसाद भट्टराईले बगेर आएकाे देखेपछि उद्धार गरेका थिए।
लगत्तै प्रहरी चाैकी कुडारीमा खबर गरेका थिए। प्रहरी सहायक निरीक्षक उत्तम कुमार बाेहाेराकाे नेतृत्वको टाेलीले उद्धार गरि तातोपानी गाउँपालिका सब-डिभिजन वन कार्यालयका अधिकृत रवीन्द्रकुमार अधिकारीलाई सकुशल बुझाएका थिए।
वन कार्यालयका कर्मचारी, प्रहरी प्रतिनिधि, वडा जनप्रतिनिधि र स्थानीय बासिन्दाको रोहबरमा रतुवालाई तिला गाउँपालिका–३ अन्तर्गत पर्ने खड्का पातल सामुदायिक वन क्षेत्रमा छाडिएको हो। उक्त वन क्षेत्र पूर्वमा सुन्दर सामुदायिक वन, पश्चिममा राष्ट्रिय वन, उत्तरमा राँका गाउँ र दक्षिणमा त्रिवेणी गाउँसँग सीमाना जोडिएको छ।
रतुवा उद्धार तथा पुनः स्थापनाको कार्यमा वन अधिकृत रवीन्द्रकुमार अधिकारी, तातोपानी सब-डिभिजन वनका सहायक तेस्रो चन्द्र बहादुर हमाल, प्रहरी प्रतिनिधि उत्तम कुमार बोहरा, राजन कार्की, वडा सदस्य मैद्यनाथ योगी, स्थानीय समाजसेवी सरस्वती पाण्डे र महिला जागरण जुम्लाका संवाददाता तथा पत्रकार निराजन गौतमको उल्लेखनीय सहभागिता रहेको थियो।
सरोकारवालाहरू तथा स्थानीयवासीहरूले रतुवाको सकुशल उद्धार र सुरक्षित स्थानमा पुनः स्थापनामा प्रसन्नता व्यक्त गरेका छन्।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...