चट्याङले भेडा मार्यो, राज्यले किसानको पीडाको मूल्य १ हजार ८८६ रुपैयाँ तोक्यो
२८ असार २०८३
•
४ मिनेट पाठ
चट्याङले भेडा मार्यो, राज्यले किसानको पीडाको मूल्य १ हजार ८८६ रुपैयाँ तोक्यो
जुम्लाका पाटनमा चट्याङले भेडा मर्नु अब भेडापालक किसानका लागि हरेक वर्ष दोहोरिने विपत्ति बनेको छ।




गत वर्ष असार २३ गते गुठिचौर गाउँपालिका–५ धौलीगाडको ठूलो हाँका पाटनमा परेको चट्याङले मात्रै ७ किसानका १ सय ९७ वटा भेडा मरे। त्यसपछि विभिन्न पाटन र खर्कमा भएका घटनासहित चट्याङबाट मरेका भेडाको संख्या २ सय ६५ पुगेको छ। तर करोडौं रुपैयाँ बराबरको क्षति बेहोरेका किसानले सरकारले दिएको राहत भने प्रति भेडा १ हजार ८ सय ८६ रुपैयाँ मात्रै पाएका छन्।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार चट्याङबाट क्षति बेहोरेका १८ जना किसानलाई कर्णाली प्रदेश सरकारको प्राकृतिक प्रकोप राहत कार्यक्रमअन्तर्गत राहत वितरण गरिएको हो। चन्दननाथ नगरपालिका–३ का जंग खत्रीले ४६ वटा भेडा गुमाउँदा ८६ हजार ७ सय ५६ रुपैयाँ, हरिन्द्र बुढ्थापाले २१ वटा भेडाका ३९ हजार ६ सय ६ रुपैयाँ र विष्णुबहादुर भक्रीले १४ वटा भेडाका २६ हजार ४ सय ४ रुपैयाँ राहत पाए।

यस्तै सिंजा गाउँपालिका–६ का टक्क बुढाले २२ वटा भेडाका ४१ हजार ४ सय ९२ रुपैयाँ, बेल्कौरा बुढाले ११ वटा भेडाका २० हजार ७ सय ४६ रुपैयाँ, भोटे बुढाले १० वटा भेडाका १८ हजार ८ सय ६० रुपैयाँ पाए।भाडगाउँका धनबहादुर रावतले ३१ वटा भेडाका ५८ हजार ४ सय ६६ रुपैयाँ, राजबहादुर रावतले १३ वटा भेडाका २४ हजार ५ सय १८ रुपैयाँ, प्रेमबहादुर रावतले २२ वटा भेडाका ४१ हजार ४ सय ९२ रुपैयाँ तथा वृष रावतले ७ वटा भेडाका १३ हजार २ सय २ रुपैयाँ राहत बुझे।

यता हिमा गाउँपालिकाका टंकप्रसाद आचार्यका ५ वटा भेडाका ९ हजार ४ सय ३० रुपैयाँ, भीमबहादुर रावतका १४ वटाका २६ हजार ४ सय ४ रुपैयाँ र लोकबहादुर रावतका १० वटा मरेका थिए। १८ हजार ८ सय ६० रुपैयाँ पाए।तातोपानी गाउँपालिकाभित्रका लालसिंह रावतका २ वटाका ३ हजार ७ सय ७२ रुपैयाँ, सर्पजित रावतका २ वटाका ३ हजार ७ सय ७२ रुपैयाँ र अम्मरबहादुर रावतका १३ वटाका २४ हजार ५ सय १८ रुपैयाँ राहत पाएका छन्।

यस्तै गुठिचौर गाउँपालिकाभित्रका धनकृष्ण रोकायाका ६ वटा भेडाको ११ हजार ३ सय १६ रुपैयाँ र हिराबहादुर ऐडीका १६ वटा भेडा मरेका थिए। कुल ३० हजार १ सय १७ रुपैयाँ राहत पाएका छन्। पशु चिकित्सक डा. भीमप्रसाद तिमिल्सिनाका अनुसार जिल्ला दररेटअनुसार एउटा भेडाको मूल्य १५ देखि १७ हजार रुपैयाँसम्म पर्छ। प्रदेश सरकारको कार्यविधिमा प्रति भेडा २ हजार रुपैयाँ राहत दिने व्यवस्था भए पनि किसानले १ सय १४ रुपैयाँ कम अर्थात् १ हजार ८ सय ८६ रुपैयाँ मात्रै पाए।

गत आर्थिक वर्ष राहत कार्यक्रमका लागि पाँच लाख रुपैयाँ आएको थियाे। किसानलाई दिइसकेका छाैँ, चालु आर्थिक वर्ष चार लाख रुपैयाँ बजेट आएको उनले बताए। चन्दननाथ नगरपालिकाले भने आफ्ना क्षेत्रका तीन किसानलाई प्रति भेडा एक हजार रुपैयाँका दरले थप ९२ हजार रुपैयाँ राहत दिएको विपद् शाखाले जनाएको छ। राहत रकमप्रति किसानको तीव्र असन्तुष्टि पाेखेका छन्। ४६ वटा भेडा गुमाएका जंग खत्रीले आफ्नो क्षति कम्तीमा ७ लाख ८२ हजार रुपैयाँ बराबरको भए पनि सरकारले ८६ हजार रुपैयाँ मात्रै दिएको बताए।

'जुम्लामा एक किलो खसीको मासु १ हजार १ सय रुपैयाँ पर्छ। हाम्रो सम्पत्ति मर्दा सरकारले दिएको राहतले किसानको घाउमा मल्हम होइन, नुन छर्किएको छ,' उनले भने, 'मर्कामा परेका किसानका लागि राज्य छ भन्नु पनि लज्जास्पद भएको छ।'

सिंजा गाउँपालिका–६ का धनबहादुर रावतको पीडा अझ गम्भीर छ। चट्याङ लाग्दा उनी आफैं गम्भीर घाइते भए। उपचारका लागि काठमाडौं पुग्दा लाखौं रुपैयाँ खर्च भयो। उनका ३१ वटा भेडा मरे। 'पाँच लाखभन्दा बढीको भेडा गुमाएँ, आफैं अपांग भएँ। सरकारले प्रति भेडा १ हजार ८ सय ८६ रुपैयाँ दिएर दायित्व पूरा भएको ठान्यो,' उनले भने, 'परिवारको सबै खर्च भेडापालनबाट चल्थ्यो। अहिले शरीर पनि पहिलेजस्तो छैन, व्यवसाय पनि संकटमा छ।'

बेल्कौरा बुढाका अनुसार वन्यजन्तुको आक्रमण, चट्याङ र रोगका कारण हरेक वर्ष भेडा मर्ने गरेका छन्। 'खेतीले छ महिना पनि खान पुग्दैन। भेडापालन नै हाम्रो जीवन हो,' उनले ने।

भेडापालक किसानका अनुसार वर्षायाममा पानी पर्दा भेडा एउटै ठाउँमा ओत लागेर बस्ने भएकाले चट्याङ पर्दा ठूलो क्षति हुने गरेको छ। पशु बिमाको पहुँच नहुनु, स्थानीय तहले अनिवार्य बिमा नीति नल्याउनु र क्षतिपछि पर्याप्त राहत नपाउनुका कारण भेडापालन व्यवसाय संकटमा परेको पीडित किसान भोटे बुढा बताउँछन्। 

पशु अस्पताल तथा पशु सेवा कार्यालयकाे तथ्यांक अनुसार जुम्लामा १ हजार ७ सयभन्दा बढी भेडापालक किसान छन्। जिल्लामा ८८ हजार ३ सय ८८ भेडा, ४६ हजार ३ सय ६ बाख्रा र ६९ हजार हेक्टर चरन क्षेत्र रहेको तथ्यांक छ। पाटन र खर्कमा व्यवस्थित भेडीगोठको अभाव तथा चरण क्षेत्र व्यवस्थापन कमजोर हुँदा प्राकृतिक प्रकोपको जोखिम छ। 'खर्क सुधार, चरण क्षेत्र विस्तार र सुरक्षित गोठ निर्माणमा लगानी नगरेसम्म यस्तो क्षति दोहोरिइरहन्छ,' तिमिल्सिनाले भने।

कर्णाली प्रदेश सरकारले जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा ५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई मासिक १ हजार ५ सय रुपैयाँका दरले वार्षिक १८ हजार रुपैयाँ गोठालो भत्ता दिँदै आएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३७ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस