वैदेशिक रोजगारीका लागि जाने श्रमिकसँग ठगी गरी रकम संकलन गरेर गैरकानुनी रूपमा मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई थप २ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उपेन्द्र केशर खनालको इजलासमा भएको बहसपछि उनीहरूविरुद्ध २ दिन म्याद थप भएको हो।
अदालतका सूचना अधिकारी शिव खतिवडाले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई थुनामा राख्न म्याद थप गरिएको बताए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ। यसअघि अदालतले उनीहरूलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो। सीआईबीले काठमाडौं जिल्ला अदालतबाट मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।