व्यापारिक केन्द्र कृष्णनगर बजारलाई स्वच्छ र हराभरा बनाउन कृष्णनगर नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई धमाधम कारबाही गर्न सुरु गरेको छ।
जथाभावी फोहर फाल्नाले व्यापारिक नगरी कृष्णनगर बजार दुर्गन्धित र कुरुप बनेपछि कृष्णनगर नगरपालिकाले जथाभावी फोहर फाल्ने सर्वसाधारण र व्यापारीलाई कारबाही थालिएको मेयर रजत प्रताप शाहले बताए। गत साउन २८ देखि नै जथाभावी फोहर फाल्ने विरुद्ध कारबाही अभियान नै थालिएको उनले बताए। नगरपालिका राजस्व शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार साउन २८ देखि भदौ ४ गतेसम्म ३१ जनालाई कारबाही गरी २६ हजार जरिवाना असुल गरिएको छ।
नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यविधि २०७५ अनुसार कारबाही गरिएको हो। नगरपालिकाले फोहर सङ्कलनका लागि दैनिक ट्र्याक्टर पठाउने गरेको छ। यस्तै सरसफाइकर्मी समेत परिचालन गरेको छ। तर अटेर गर्दै जथाभावी बाटो नालीमा फाल्ने गरिएकाले त्यस्तो कार्य रोक्न यो अभियान थालिएको मेयर शाहले बताए। सरसफाइको अनुगमन निरीक्षण र कडाइ गर्न बजार क्षेत्रमा ६ जना नगर प्रहरी समेत परिचालन गरिएको शाहले बताए। कार्यविधिअनुसार ५ देखि १५ हजार जरिवाना लिन पाउने प्रावधान रहेको छ।
तर पहिलो पटकका लागि ५ सय देखि एक हजार जरिवाना तोकिएको छ। फेरि त्यस्तो गरेको पाइए जरिवाना दोब्बर असुल्ने गरी सूचना जारी गरिएको छ। नगरपालिकाले फोहर व्यवस्थापनमा कडाइ गरेपछि अहिले कृष्णनगर बजार सफा देखिएको व्यापारीहरू बताउँछन्। नगरपालिको यो अभियानमा सबैले साथ दिनुपर्ने उनीहरूको भनाइ छ। उता कवाड व्यवसायीलाई समेत आफ्नो मालसामान व्यवस्थित राख्न र फोहर नगर्न नगरपालिकाले सूचना निकालेको छ। कवाड व्यवसायीले सार्वजनिक स्थलमा फोहर गरेको पाइए ५ हजार जरिवाना तिराउने जनाइएको छ।
पहिलो चरणमा कृष्णनगर बहादुरगञ्ज बजारलाई स्वच्छ र हराभरा बनाउन यो अभियान चलाइएको हो। अभियानलाई अन्य सहरी क्षेत्रमा विस्तार गरी लैजाने मेयर शाहले बताए। कृष्णनगर क्षेत्र देशकै प्रमुख १० भन्सार नाकामध्ये एक हो। यस्तै आन्तरिक राजस्व कार्यालय, विद्युत्, खानेपानी लगायतका कार्यालय समेत यहाँ छन्।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...