कमला पुलको कहर: जिन्दगी दाउमा राखेर नदी वारपार
०१ भदौ २०८२
•
५ मिनेट पाठ
कमला पुलको कहर: जिन्दगी दाउमा राखेर नदी वारपार
एक वर्षका छोरा आयांशलाई काखमा च्यापेर कविता धनुषाको लगमाबाट दुई घन्टा पैदल हिँडेर कमला नदीको पश्चिम किनारमा आइपुगिन् र नदी तर्न नाउ (डुंगा) कुरेर बसिन्। नदी तर्न थप मानिस जम्मा भए। भिड जम्मा भएपछि डुंगा किनारामा अड्काएर डुंगावालाले जोडले आवाज दिए, ‘ओहीपार जाइबाला सब अबै जाउ (पारि जानेहरू आउनुहोस्) ।’




बर्खामा कमला नदी वारपार गर्न पैसा तिरेर डुंगा चढ्नुपर्छ। सामान्य कामकाजदेखि दैनिक जीवनका लागि चाहिने सामान खरिदका लागि पनि कमला नदी वारपार गर्न डुंगाको सहारा लिनुपर्छ। डुंगाबाट नदी तरेर सिरहा नगरपालिका - ६ स्थित बसबिट्टा घाट आइपुगेकी कविताले भनिन्, ‘यी देशमे मनपर्दी छै (यो देशमा मनलाग्दी छ)। जेकरा जे मन लगैछै ओहे करैके छुट छै (जसलाई जे मन लाग्छ, त्यही गर्न छुट छ) ।’

मधेस समृद्धिको ‘जीवनरेखा’ मानिने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल तर्न बर्खामा डुंगाकै सहाराबाहेक विकल्प छैन। एक दशक लगाएर चार वर्षअघि निर्माण सम्पन्न भई पैदलयात्रीका लागि खुलासमेत गरिएको कमला नदीमाथिको पक्की पुल सामान्य बाढीको धक्काले भत्किएपछि यस भेगका जनताको यात्रा कष्टपूर्ण बनेको छ।

सिरहा र धनुषालाई कमला नदीले छुट्याएको छ। यो पुलले धनुषा र सिरहा जोडिन्छ। हुलाकी राजमार्गको द्रुत सम्पर्कको माध्यम पनि हो - कमला नदीको पुल। यो पुल बनेपछि हुलाकी राजमार्गमा द्रुत आवागमन मात्र हुँदैन, जनताको जीवनस्तर समेत द्रुत गतिमा उकासिन्छ। यो पुलसँग सिरहा र धनुषाको मात्र नभई सिंगो मधेस प्रदेशको समृद्धि जोडिएको छ ।

कमला पुलको कथा

२०६८ सालमा ठेक्का लागेर निर्माण सुरु भएपछि यस भेगका बासिन्दा पुल बन्नेमा ढुक्क भए। तीन वर्षमा बन्नुपर्ने पुल १० वर्षमा बन्यो। तर बनेको पुल प्रयोगमा नआउँदै भत्कियो। पुल भत्किएसँगै मधेसका बासिन्दाको आशा निराशामा परिणत भएको छ।

ठेक्का सम्झौता अनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुलको म्याद थपिँदै जाँदा निर्माणमा विलम्ब भयोे ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधबिचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

२०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते निर्माण पूरा गर्ने लेखिएको थियो। तर दुई पटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो। यो समयसीमाभित्र पुलको काम नभएपछि पुनः म्याद थपेर २०७८ असार मसान्तसम्म पु¥याइयो। पछिल्लो पटक म्याद थप्दा पप्पुलाई हटाएर लुम्बिनी विल्डर्सलाई काम गर्ने जिम्मेवारी दिइएको थियो ।

मधेसको ‘जीवनरेखा’ मानिने हुलाकी राजमार्ग अन्तर्गत कमला पश्चिम बाँध र सिरहाको बसबिट्टाको कमलापूर्वी बाँधबिच १२ सय मिटर दूरीमा ४ सय ७० मिटर लामो पुल निर्माण सकिएलगत्तै भत्केपछि पुलबाट नदी तर्ने यस भेगका जनताको सपना पनि तुहियो ।

कमला नदीमा पुल नहुँदा १२ सय मिटरको दूरी पार गर्न दुवैतिर (सिरहा र धनुषा) का बासिन्दाको सहारा फेरि डुंगा बनेको छ। कमलु लगायतका डुंगावालाले दुवैतिरका बासिन्दालाई नदी वारपार गराउँदै आएका छन्।

कमलु भन्छन्, ‘नदीमा पानीको बहाव बढेर बाढीको रूप लिँदा नाउ (डुंगा) चलाउन खतरा हुन्छ। एक दशकअघि कमलाको बाढीले नाउ पल्टाउँदा सातजनाको ज्यान गएको थियो ।’ 

धनुषाको हथमुण्डा, लक्कर, बरेबा, कठाल, बनरझुल्ला, लगमा, भलुवाहा, फुलबरिया, सगहारा लगायत गाउँका बासिन्दाको दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार सिरहा हो। यी गाउँका बासिन्दा किनमेल गर्न डुंगा चढेर सिरहा बजार आउँछन्। सामान किनमेल गरेर फेरि डुंगाबाटै कमला नदी पार गर्छन्।

धनुषा सगहाराकी सकिना खातुन भन्छिन्, ‘नदीमा पानीको बहाव कम हुँदासम्म नाउको यात्रा सुरक्षित नै हुन्छ तर बहाव बढ्दा भने जोखिम हुन्छ। दैनिक जीवन चलाउन सिरहा बजार नआई हुँदैन। जीवन दाउमा लगाएर नाउ चढ्छौं। नाउ चढ्दा कमला मैयाँ ढोगेर ज्यान सुरक्षाको कामना गर्छौं।’

पुल भत्किएसँगै पुलबाट नदी वारपार गर्ने वर्षौैदेखिको सपना पनि अधुरै रहेको उनले बताइन्। ‘पुल बनिसकेपछि नाउमा जोखिमपूर्ण यात्राको पिरलो दूर हुन्छ भनेर सोचेकी थिएँ,’ उनले भनिन्, ‘दस वर्षमा कमला पुल त बन्यो तर टिकेन। सामान्य बाढीले पुल बगाउँदा हाम्रो सपना पनि पुलसँगै बग्यो,’ उनले भनिन्, ‘पुल नभएर हामी पीडामा छौं तर सरकारलाई हाम्रो पीडाले पोल्दैन ।’

डुंगाबाट कमला नदी पार गरिरहेका धनुषा सगरहाराका विश्वनाथ मण्डलले भने, ‘यो पुलको हविगत यस्तो हुनुमा ठेक्केदार मात्र दोषी छैनन्, सरकार पनि दोषी छ,’ उनले भने।

राम्रो काम नगर्ने ठेकेदारलाई पटकपटक म्याद थपेर गुणस्तर परीक्षणबेगर रकम भुक्तानी दिनु नै सरकारको गल्ती भएको उनको बुझाइ छ। ‘सामान्य वर्षाको भेलले पुल बगाउँछ भने यसको दोष केवल ठेकेदारलाई मात्र कसरी दिन मिल्छ,’ उनले प्रतिप्रश्न गरे।

उपेक्षित जीवनरेखा

पूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग नाम दिइएको हो। तराई–मधेसका जिल्ला जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम नौ सय ७५ किमि फैलिएको छ। यो राजमार्गसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किमिका ३२ सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किमि पुगेको छ।

नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत भू–भाग ओगटेको तराई–मधेसलाई अन्नको भण्डार पनि मानिन्छ। जहाँको उत्पादनले मुलुकलाई पाल्न सक्छ, भनिन्छ। तर मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै घाटा भइरहेको यस क्षेत्रका बुद्धिजीवी बताउँछन्।

तराई–मधेसमा ५५ प्रतिशत खेतीयोग्य भूमि छ। ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहर यसै क्षेत्रमा छन्। स्रोत, साधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका बासिन्दा मानव विकास सूचकांकमा पनि पछाडि (गरिब) छन्।

पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरूसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्नसके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव रहेको सिरहा नवराजपुरका बुद्धिजीवी जयकिशोर यादव बताउँछन् ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४३ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस