जलवायु र प्रकृति जोगाउन जुम्लाको सामूहिक पहल
२३ जेष्ठ २०८३
•
३ मिनेट पाठ
जलवायु र प्रकृति जोगाउन जुम्लाको सामूहिक पहल
जलवायु परिवर्तनको बढ्दो चुनौतीबीच विश्व वातावरण दिवस २०८३ जुम्लामा वृक्षारोपण, जनचेतनामूलक सडक नाटक, चित्रकला तथा हाजिरीजवाफ प्रतियोगिताजस्ता कार्यक्रममार्फत मनाइएको छ।




‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित आयोजित कार्यक्रमले वातावरण संरक्षण केवल सरकारी अभियान नभई भावी पुस्ताको दायित्व भएको सन्देश दिएको छ।

डिभिजन वन कार्यालय जुम्लाको आयोजनामा सदरमुकाम खलंगास्थित चन्दननाथ माध्यमिक विद्यालय परिसरमा २५ वटा धुपीका बिरुवा रोपिएका छन् भने गुठिचौर गाउँपालिका–१ स्थित नायपानी सामुदायिक वन क्षेत्रमा ५३ वटा देवदारका बिरुवा रोपिएको डिभिजन वन कार्यालय जुम्लाका भरत बुढ्थापाले जानकारी दिए।

जुम्लाको जुगाडखोलामा पनि सरसफाइ गरिएको थियो। बढ्दो वन विनाश, तापक्रम वृद्धि र जलवायु परिवर्तनका असरबीच गरिएका यस्ता वृक्षारोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम गर्न टेवा पुग्ने विश्वास गरिएको छ।

दिवसको अवसरमा सदरमुकामको केन्द्र बालमन्दिर अगाडि सन्देशमूलक सडक नाटक प्रदर्शन गरिएको थियो। नाटकमार्फत वन विनाश, वातावरण प्रदूषण, जलवायु परिवर्तन र मानव जिम्मेवारीका विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिएको थियो।

उपस्थित सर्वसाधारणले वातावरण जोगाउने जिम्मेवारी राज्यको मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व भएको अनुभूति गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको सहकार्यमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा विद्यार्थीहरूले प्रकृति संरक्षण, स्वच्छ वातावरण, हरियाली प्रवर्द्धन र जलवायु परिवर्तनका विषयलाई सिर्जनात्मक रूपमा चित्रमा उतारेका थिए। 

माध्यमिक विद्यालयतर्फ चन्दननाथ माध्यमिक विद्यालयकी निभाश्री श्रेष्ठ प्रथम, जनता माध्यमिक विद्यालयकी रोशनी न्यौपाने द्वितीय तथा कर्णाली माध्यमिक विद्यालय अनामनगरका सुनिल कामी तृतीय भएका छन्। जनता माध्यमिक विद्यालयका प्रशान्त भण्डारीले सान्त्वना स्थान प्राप्त गरेका छन्।

आधारभूत विद्यालयतर्फ मालिका आधारभूत विद्यालय आचार्यबाडाका राजन सार्की प्रथम, भगवती आधारभूत विद्यालय जातिभिडका गोल्डेन रोकाया द्वितीय तथा मालिका आधारभूत विद्यालय आचार्यबाडाकी सरला सार्की तृतीय भएकी छन्। भगवती आधारभूत विद्यालयकी कृष्मा थापाले सान्त्वना स्थान हासिल गरेकी छन्।

चन्दननाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले वातावरणीय शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न विद्यालयस्तरबाटै सचेतना विस्तार गर्नुपर्ने बताए। उनका अनुसार वातावरण संरक्षणसम्बन्धी व्यवहारिक शिक्षा बिना दिगो विकासको परिकल्पना सम्भव छैन।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाका सुपर परियोजना अधिकृत ईश्वरा सुवेदीले विद्यार्थीहरूमा वातावरणप्रतिको सकारात्मक सोच, जिम्मेवारीबोध र संरक्षण संस्कृतिको विकास गर्न यस्ता सिर्जनात्मक प्रतियोगिता प्रभावकारी हुने बताइन्। 

प्रतियोगिताका विजेताहरूलाई शैक्षिक सामग्री, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

यसै अवसरमा चन्दननाथ माध्यमिक विद्यालयमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा चन्दननाथ माध्यमिक विद्यालय प्रथम, कनिकानिशा माध्यमिक विद्यालय द्वितीय तथा जनता माध्यमिक विद्यालय तृतीय भएको सुब्बा तेजेन्द्रबहादुर रावलले जानकारी दिए।

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँसहित शैक्षिक सामग्री प्रदान गरिएको थियो।

वृक्षारोपणदेखि सिर्जनात्मक प्रतिस्पर्धा र सडक नाटकसम्मका गतिविधिमार्फत जुम्लामा मनाइएको विश्व वातावरण दिवसले वातावरण संरक्षणको अभियानलाई कक्षाकोठाबाट समुदायसम्म विस्तार गर्ने सन्देश दिएको छ।

जलवायु संकट विश्वव्यापी चुनौतीका रूपमा उभिएको वर्तमान अवस्थामा प्रकृतिमैत्री विकास र वातावरणीय जिम्मेवारीलाई व्यवहारमा उतार्न सके मात्र समृद्ध भविष्यको आधार निर्माण हुने सरोकारवालाहरूले बताएका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस