महँगो बन्यो जुम्लाः दैनिक गुजारा गर्नै धौँ धौँ
१५ वैशाख २०८३
•
३ मिनेट पाठ
महँगो बन्यो जुम्लाः दैनिक गुजारा गर्नै धौँ धौँ
जुम्लाको तातोपानी गाउँपालिका–२ की कोपिला हमाल विगत चार वर्षदेखि जुम्ला सदरमुकाम खलंगामा बस्छिन्। श्रम तथा मजदुरी गरेर जीवन धान्दै आएकी हमालका लागि पछिल्लो समय बढ्दो महँगी केवल आर्थिक समस्या मात्रै होइन, दैनिक अस्तित्वको सङ्घर्ष बन्दै गएको छ।  




उनी भन्छिन्, ‘७ महिना अगाडि १ सय १० रुपैयाँमा पाइने आधा लिटर स्वस्तिक तेल अहिले १ सय ६० रुपैयाँ पुगेको छ, यस्तो त कहिल्यै देखिएको थिएन।’ महँगीको यही तीव्र गतिले उनलाई मात्र होइन, जुम्लाका अधिकांश श्रमिक तथा न्यून आय भएका परिवारलाई गहिरो मारमा पारेको छ। नयाँ सरकारप्रति आशा व्यक्त गर्दै उनी थप्छिन्, ‘कम्तीमा खानेकुरा त सस्तो होस् भन्ने अपेक्षा छ।’  

यस्तै अवस्था जुम्लाको तिला गाउँपालिका–९ की बसन्ती बुढाको पनि छ। सदरमुकाममै ज्यालादारी काम गर्दै आएकी बुढा भन्छिन्, ‘महिना–महिनामा होइन, हप्तैपिच्छे भाउ बढिरहेको छ, कसरी गुजारा गर्ने?’ उनका अनुसार आम्दानी उही छ, तर खर्च निरन्तर बढ्दो छ, जसले गर्दा बचत त टाढाको कुरा, आधारभूत आवश्यकतासमेत धान्न कठिन बन्दै गएको छ।  

स्थानीय उपभोक्ताहरूका अनुसार खाने तेल मात्र होइन, चामल, साबुन, ग्यास लगायतका अत्यावश्यक वस्तुहरूमा समेत मूल्यवृद्धि उस्तै छ। २५ केजीको पाल्की चामल, जुन केही समयअघि एक हजार ८ सय रुपैयाँमा पाइन्थ्यो, अहिले दुई हजार दुई सयदेखि दुई हजार पाँच सयसम्म पुगेको छ। यसले दैनिक खानपानमै असर पुर्‍याएको उपभोक्ताहरू बताउँछन्।  

ग्यासको समस्या झनै जटिल देखिन्छ। १५ केजीको पूरा ग्यास अभाव भएपछि अहिले आधा सिलिन्डर (साढे ७ केजी) प्रयोगमा आएको छ, जसको मूल्य नै एक हजार तीन सय पचास रुपैयाँ पुगेको स्थानीय व्यापारी विमला हितान बताउँछिन्।  

ढुवानी खर्च बढेको भन्दै डिलरहरूले मूल्य वृद्धि जायज ठहर गरे पनि उपभोक्ताका लागि यो थप भार बनेको छ। जुम्लामा उपभोग्य वस्तुहरूको आपूर्ति मुख्यतः नेपालगञ्ज र सुर्खेतबाट हुने भएकाले ढुवानी लागत नै मूल्यवृद्धिको प्रमुख कारण मानिएको छ। तर, स्थानीयहरूका अनुसार मूल्यवृद्धि केवल ढुवानीसँग मात्र सीमित छैन, बजारमा अनुगमन कमजोर हुँदा अनियमितता र सम्भावित कालोबजारी पनि हुन सक्ने आशङ्का बढेको छ।

सामान्य वस्तुहरूमा समेत मूल्यवृद्धि स्पष्ट देखिन्छ। ५० रुपैयाँ पर्ने लुगा धुने साबुन अहिले ६० रुपैयाँ पुगेको छ। साना–साना खर्चहरू पनि जोडिँदा महिनाको कुल खर्च उल्लेख्य रूपमा बढेको स्थानीयहरूको अनुभव छ।  

महँगीको यही चापका बिच चिया पसलदेखि सार्वजनिक स्थानसम्म एउटै विषयमा बहस भइरहेको छ। सरकारले कहिले ध्यान दिने? स्थानीयहरू खुला रूपमा महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै आएका छन्।  

यता जिल्ला प्रशासन कार्यालय जुम्लाले भने बजार अनुगमनलाई केही सक्रिय बनाएको जनाएको छ। ग्यासमा कालोबजारी नहोस् भन्ने उद्देश्यले गत फागुन २९ गते अभिलेख राख्ने निर्णय गरिएपछि निगरानी बढाइएको निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावल बताउँछन्।  

एलपी ग्यासको कृत्रिम अभाव देखिन थालेपछि ग्यास डिलरहरूलाई किनेको र बेचेको ग्यासको विस्तृत अभिलेख राख्न निर्देशन दिएको थियो। ग्यास आपूर्ति व्यवस्थापनलाई पारदर्शी बनाउने र डिलरहरूलाई ग्यास किनेको र बेचेको स्पष्ट अभिलेख राख्न भनिएको थियो। उनका अनुसार अहिले आधा सिलिन्डर ग्यास सहज रूपमा उपलब्ध हुन थालेको छ, तर महँगी नियन्त्रणका लागि अझ कडा अनुगमन आवश्यक छ।  

महँगीको असर सदरमुकाममा मात्र सीमित छैन। गाउँ–गाउँमा झनै गहिरो प्रभाव परेको स्थानीयहरू बताउँछन्, जहाँ आयका स्रोत सीमित छन् तर उपभोग्य वस्तुको मूल्य अझ महँगो पर्ने गरेको छ। यस बिच जुम्लामा बढ्दो महँगी आर्थिक सूचक मात्र नभई सामाजिक चिन्ताको विषय बन्दै गएको छ।  

सर्वसाधारणको दैनिक जीवन नै प्रभावित हुने गरी बढिरहेको मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारको प्रभावकारी हस्तक्षेप अपरिहार्य देखिएको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४२ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस